Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

बेलायतद्वारा सिरियासँगको कुटनीतिक सम्बन्ध पुनःस्थापित


एजेन्सी। सिरिया र बेलायतले शनिवार आधिकारिक रूपमा कुटनीतिक सम्बन्ध नविकरण गरेका छन् ।

बेलायती विदेश सचिव डेभिड लामीको दमास्कस भ्रमणको अवसरमा यो घोषणा गरेका हुन् । सिरियाका विदेश मामिला अधिकारीहरूले एक विज्ञप्तिमा भ्रमणको क्रममा बेलायती अधिकारीले सिरियाली विदेश मामिला प्रमुख असाद अल शिबानीलाई लण्डन भ्रमणको लागि औपचारिक निमन्त्रणा दिए । दुई पक्षले लण्डनमा सिरियाली दुतावास पुनः खोल्ने र सिरियाली ब्रिटिश आर्थिक परिषद् स्थापना गर्ने काम गर्ने सम्झौतामा पुगेको बताएका छन् ।

लामीले सिरियाको कृषि र शिक्षा क्षेत्रलाई सहयोग गर्ने बेलायतको प्रतिवद्धतालाई पुष्टि गरे । बेलायती सरकारका अनुसार लामीको भ्रमणले सिरियाको अर्थतन्त्रको पुनर्निर्माण र समावेशी राजनीतिक संक्रमण सुनिश्चित गर्न बेलायतको सिरियालाई सहयोग गर्ने मनशायलाई जोड दिन्छ । भ्रमणको क्रममा लामीले मानवीय राहत प्रदान गर्न, सिरिया भित्र शिक्षा र जीविकोपार्जनलाई समर्थन गर्न र सिरियाली शरणार्थीहरूलाई आश्रय दिने देशहरूलाई सहयोग गर्न ९४.५ मिलियन युरो (१११.३ मिलियन अमेरिकी डलर) सहायता प्याकेजको घोषणा गरे । बेलायती विदेश सचिवले क्षेत्रीय र घरेलु सुरक्षा दुवैलाई सुदृढ पार्ने र अनियमित बसाइँसराइलाई सम्बोधन गर्ने आफ्नो देशको लक्ष्य दोहोर्याएका छन् । लामीले सिरियाका अन्तरिम नेता अहमद अल शारासँग पनि भेटघाट गरे ।


प्रकाशित मिति: २२ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?