Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

बेलायतद्वारा सिरियासँगको कुटनीतिक सम्बन्ध पुनःस्थापित


एजेन्सी। सिरिया र बेलायतले शनिवार आधिकारिक रूपमा कुटनीतिक सम्बन्ध नविकरण गरेका छन् ।

बेलायती विदेश सचिव डेभिड लामीको दमास्कस भ्रमणको अवसरमा यो घोषणा गरेका हुन् । सिरियाका विदेश मामिला अधिकारीहरूले एक विज्ञप्तिमा भ्रमणको क्रममा बेलायती अधिकारीले सिरियाली विदेश मामिला प्रमुख असाद अल शिबानीलाई लण्डन भ्रमणको लागि औपचारिक निमन्त्रणा दिए । दुई पक्षले लण्डनमा सिरियाली दुतावास पुनः खोल्ने र सिरियाली ब्रिटिश आर्थिक परिषद् स्थापना गर्ने काम गर्ने सम्झौतामा पुगेको बताएका छन् ।

लामीले सिरियाको कृषि र शिक्षा क्षेत्रलाई सहयोग गर्ने बेलायतको प्रतिवद्धतालाई पुष्टि गरे । बेलायती सरकारका अनुसार लामीको भ्रमणले सिरियाको अर्थतन्त्रको पुनर्निर्माण र समावेशी राजनीतिक संक्रमण सुनिश्चित गर्न बेलायतको सिरियालाई सहयोग गर्ने मनशायलाई जोड दिन्छ । भ्रमणको क्रममा लामीले मानवीय राहत प्रदान गर्न, सिरिया भित्र शिक्षा र जीविकोपार्जनलाई समर्थन गर्न र सिरियाली शरणार्थीहरूलाई आश्रय दिने देशहरूलाई सहयोग गर्न ९४.५ मिलियन युरो (१११.३ मिलियन अमेरिकी डलर) सहायता प्याकेजको घोषणा गरे । बेलायती विदेश सचिवले क्षेत्रीय र घरेलु सुरक्षा दुवैलाई सुदृढ पार्ने र अनियमित बसाइँसराइलाई सम्बोधन गर्ने आफ्नो देशको लक्ष्य दोहोर्याएका छन् । लामीले सिरियाका अन्तरिम नेता अहमद अल शारासँग पनि भेटघाट गरे ।


प्रकाशित मिति: २२ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?