Trending
>>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन >>   संसदीय अधिवेशन कानून निर्माण र जनजीविकामा केन्द्रित रह्योः सांसद ढकाल >>   ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित >>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

सकारात्मक सोचका साथ अघि बढौँ, सबै सम्भव छः मन्त्री चौधरी


काठमाडौँ। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गरेका छन् ।

शनिवार काठमाडौंमा स्व. गिरिजाप्रसाद कोईरालाको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पञ्चायती र राणा शासन भन्दा अहिले धेरै कुरामा परिवर्तन आएको दाबी गरे । शिक्षा, स्वास्थ्य, बैंकिङ क्षेत्र, दूरसञ्चार हरेक क्षेत्रमा नेपाल अघि बढेको बताए । सकारात्मक सोच राख्दा हरेक क्षेत्रमा परिवर्तन गर्न सकिने बताए । सकारात्मक सोचले सामाजिक, राजनीतिक, आर्थिक परिवर्तन हुने बताएका छन् ।

मन्त्री चौधरीले भने, ‘पञ्चायती र राणा शासन भन्दा धेरै कुरामा परिवर्तन भएको छ । शिक्षा, स्वास्थ्य, बैंकिङ क्षेत्र, दूरसञ्चार हरेक क्षेत्रमा नेपाल अघि बढेको छ । तर एउटै कुरा बाटोघाटो हुँदा, चिया पिउँदा पोजेटिभ सोच राखिदिनुस् । केही पनि भएन, यो पनि भएको छैन, यस्तो पनि भएको छैन, त्यस्तो पनि भएको छैन भन्ने छ । पोजेटिभ सोच भए हरेक चिजमा परिवर्तन हुनसक्छ । सामाजिक, राजनीतिक, आर्थिक परिवर्तन हुन्छ । यही देशमा केही गर्नुपर्छ, यही देशमा गरेर खान सकिन्छ भन्ने सोच राख्नुपर्छ । खेलाडीहरुलाई यो सरकार आइसकेपछि यति पुरस्कार बाँडेका छौँ ।’

मन्त्री चौधरीले नेपालमा क्रान्ति र शान्ति ल्याउन गिरिजाप्रसाद कोईरालाको भुमिका महत्वपूर्ण रहेको बताए ।


प्रकाशित मिति: २१ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?