Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

सकारात्मक सोचका साथ अघि बढौँ, सबै सम्भव छः मन्त्री चौधरी


काठमाडौँ। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गरेका छन् ।

शनिवार काठमाडौंमा स्व. गिरिजाप्रसाद कोईरालाको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पञ्चायती र राणा शासन भन्दा अहिले धेरै कुरामा परिवर्तन आएको दाबी गरे । शिक्षा, स्वास्थ्य, बैंकिङ क्षेत्र, दूरसञ्चार हरेक क्षेत्रमा नेपाल अघि बढेको बताए । सकारात्मक सोच राख्दा हरेक क्षेत्रमा परिवर्तन गर्न सकिने बताए । सकारात्मक सोचले सामाजिक, राजनीतिक, आर्थिक परिवर्तन हुने बताएका छन् ।

मन्त्री चौधरीले भने, ‘पञ्चायती र राणा शासन भन्दा धेरै कुरामा परिवर्तन भएको छ । शिक्षा, स्वास्थ्य, बैंकिङ क्षेत्र, दूरसञ्चार हरेक क्षेत्रमा नेपाल अघि बढेको छ । तर एउटै कुरा बाटोघाटो हुँदा, चिया पिउँदा पोजेटिभ सोच राखिदिनुस् । केही पनि भएन, यो पनि भएको छैन, यस्तो पनि भएको छैन, त्यस्तो पनि भएको छैन भन्ने छ । पोजेटिभ सोच भए हरेक चिजमा परिवर्तन हुनसक्छ । सामाजिक, राजनीतिक, आर्थिक परिवर्तन हुन्छ । यही देशमा केही गर्नुपर्छ, यही देशमा गरेर खान सकिन्छ भन्ने सोच राख्नुपर्छ । खेलाडीहरुलाई यो सरकार आइसकेपछि यति पुरस्कार बाँडेका छौँ ।’

मन्त्री चौधरीले नेपालमा क्रान्ति र शान्ति ल्याउन गिरिजाप्रसाद कोईरालाको भुमिका महत्वपूर्ण रहेको बताए ।


प्रकाशित मिति: २१ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?