Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

नेपाली महिला खेलाडीसँग प्रधानमन्त्रीले भने :आजको खेल जित्नैपर्छ


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले उज्वेकिस्तानविरुद्धको खेल नेपालले जित्नैपर्ने बताएका छन् ।

शनिवार ‘एएफसी महिला एशियन कप छनोट’ मा उज्वेकिस्तानसँग प्रतिष्पर्धा गर्नुअघि भर्चुअल माध्यमबाट कुराकानी गर्दै प्रधानमन्त्री ओलीले जितको शुभकामना दिएका हुन् । उनले आजको खेल नेपालले जित्नैपर्ने र नेपाली महिला खेलाडीहरुको मनोबल र मानसिकता पनि जित्नै किसिमको नै रहेको बताए । महिला फुटबलरहरुले नेपालको खेल क्षेत्रको गौरव बढाएको र नेपालको प्रतिष्ठा र परिचय वृद्धि गरेको बताएका छन् ।

‘प्रधानमन्त्री ओलीले भने, यो खेल नेपालले जित्नैपर्छ । तपाईंहरुले मनोबल र मानसिकता जित्नै नै देखेको छु । म खुशी व्यक्त गर्न चाहन्छु । खेलको क्षेत्रबाट तपाईंहरुले ४० वर्षको इतिहासलाई एउटा उचाईमा पु¥याएर नेपालको खेल क्षेत्रको गौरव थप्नुभएको छ । नेपालको प्रतिष्ठा र परिचय वृद्धि गर्नुभएको छ । फुटबल खेलतर्फ नेपालको र नेपालको मात्र नभइ बाहिरसम्मको ध्यान खिच्नुभएको छ । हामी तपाईंहरुको खेलसँगै हुनेछौँ । तपाईंहरुको मनोबल बढीरहेका हुनेछौँ ।’

प्रधानमन्त्री ओलीले नेपाल सरकार खेलकुदको क्षेत्रलाई अघि बढाउने पक्षमा रहेको बताए । आजको खेलले नेपाललाई नयाँ सिँढीमा उठाउने बताएका छन् ।


प्रकाशित मिति: २१ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?