Trending
>>   म्यादी प्रहरीको कपडा खरिद प्रकरणमा लेखा समितिको मौनताप्रति खगेन्द्र सुनारको प्रश्न >>   नेपाल एयरलाइन्स अब बिग्रिने ठाउँ नै छैन, निजी कम्पनी हुन्थ्यो भने बन्द भैसक्थ्यो:पर्यटनमन्त्री >>   नेपाल वायुसेवा निगमको लज्जास्पद अवस्था अन्त्य गर्न आवश्यकःएमाले सांसद कार्की >>   संकटको घेरामा नेपाल वायुसेवा निगम: महँगो ऋण र जहाज अभावले थलिए राष्ट्रिय ध्वजावाहक >>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड >>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

नेपाली महिला खेलाडीसँग प्रधानमन्त्रीले भने :आजको खेल जित्नैपर्छ


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले उज्वेकिस्तानविरुद्धको खेल नेपालले जित्नैपर्ने बताएका छन् ।

शनिवार ‘एएफसी महिला एशियन कप छनोट’ मा उज्वेकिस्तानसँग प्रतिष्पर्धा गर्नुअघि भर्चुअल माध्यमबाट कुराकानी गर्दै प्रधानमन्त्री ओलीले जितको शुभकामना दिएका हुन् । उनले आजको खेल नेपालले जित्नैपर्ने र नेपाली महिला खेलाडीहरुको मनोबल र मानसिकता पनि जित्नै किसिमको नै रहेको बताए । महिला फुटबलरहरुले नेपालको खेल क्षेत्रको गौरव बढाएको र नेपालको प्रतिष्ठा र परिचय वृद्धि गरेको बताएका छन् ।

‘प्रधानमन्त्री ओलीले भने, यो खेल नेपालले जित्नैपर्छ । तपाईंहरुले मनोबल र मानसिकता जित्नै नै देखेको छु । म खुशी व्यक्त गर्न चाहन्छु । खेलको क्षेत्रबाट तपाईंहरुले ४० वर्षको इतिहासलाई एउटा उचाईमा पु¥याएर नेपालको खेल क्षेत्रको गौरव थप्नुभएको छ । नेपालको प्रतिष्ठा र परिचय वृद्धि गर्नुभएको छ । फुटबल खेलतर्फ नेपालको र नेपालको मात्र नभइ बाहिरसम्मको ध्यान खिच्नुभएको छ । हामी तपाईंहरुको खेलसँगै हुनेछौँ । तपाईंहरुको मनोबल बढीरहेका हुनेछौँ ।’

प्रधानमन्त्री ओलीले नेपाल सरकार खेलकुदको क्षेत्रलाई अघि बढाउने पक्षमा रहेको बताए । आजको खेलले नेपाललाई नयाँ सिँढीमा उठाउने बताएका छन् ।


प्रकाशित मिति: २१ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?