Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२५ माघ २०८२, आईतवार
२५ माघ २०८२, आईतवार

सहकारीलाई अब केही समय नियन्त्रण, सन्तुलन अनि स्वतन्त्रताः मन्त्री अधिकारी


काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीले तोडेको स्वनियमनको पद्धतिलाई ठिक ठाउँमा ल्याउन केही समय नियन्त्रण र सन्तुलन कायम गर्नुपर्ने बताएका छन् ।

शनिवार ललितपुरमा १०३ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कमजोरीहरु सबै ठाउँबाट भएको बताउँदै अब विगतमा भएका कमजोरीलाई सच्याएर अघि बढ्न जरुरी रहेको बताए । उनले सहकारी नियमन गर्नको निम्ति सहकारी नियमन प्राधिकरण बनाउनुपर्यो भनेर माग आए बमोजिम नै प्राधिकरण बनाइएको बताए । उनले नियमन प्राधिकरण बनेसँगै काम नै शुरुवात नभइ नियन्त्रण खबरदार भन्ने गरिएको बताए । उनले बिग्रिएको कुरालाई नियन्त्रण नगर्ने हो भने त्यो ठिक ठाउँमा आउन नसक्ने जिकिर गरेका छन् । आचरणहिन भइसकेको कुरालाई आचरणभित्र ल्याउन नियन्त्रण गर्नैपर्ने जरुरी रहेको बताएका छन् । सरकार सहकारी नियन्त्रण गर्नेतर्फ नरहेको बताउँदै स्वनियमनमा छोडिदिँदा स्वनियमनको पद्धति तोडेको आरोप लगाए । स्वनियमनको पद्धति ठिक ठाउँमा ल्याउन केही समय नियन्त्रण, सन्तुलन अनि स्वतन्त्रता जरुरी भएको बताए ।

मन्त्री अधिकारीले भने ‘कमजोरी सबै ठाउँबाट भएको छ । अब त्यो कमजोरीलाई सच्याएर अघि जान जरुरी छ । यहाँहरुकै माग हो की यो सहकारी नियमन गर्नको निम्ति सहकारी नियमन प्राधिकरण बनाउनुप¥यो भनेर यहाँहरुले नै आवाज उठाउनुभएको होइन ? यहाँहरुले आन्दोलन गर्नुभएको होइन, यहाँहरुले माग राख्नुभएको होइन ? अहिले त्यही नियमन प्राधिकरण बनेको छ । उसले कसरी काम गर्छ, कस्तो विधि बनाउँछ, भन्नेकुरा शुरुवात नहुँदै नियन्त्रण खबरदार भन्न थालिएको छ । बिग्रिएको कुरालाई नियन्त्रण नगर्ने हो भने त्यो ठिक ठाउँमा आउँदैन । कुनैपनि कुराहरु बिग्रिएको छ भने आचरणहिन भइसकेको छ, भने आचरणभित्र ल्याउन नियन्त्रण गर्नैपर्छ । हामी सहकारी नियन्त्रण गरेर जाने भन्दैनौँ । सरकारले भनेको पनि छैन । स्वनियमको आधारमा चल्ने भनियो । स्वनियमताको आधारमा हामीले पद्धति तोड्यौँ । अहिले त्यो पद्धति ठिक ठाउँमा ल्याउन केही समय नियन्त्रण, सन्तुलन अनि स्वतन्त्रता । यसरी जानुपर्छ ।’

मन्त्री अधिकारीले सहकारी ठिक रहेको र सहकारी नै राष्ट्रको मेरुदण्ड भएको बताए ।


प्रकाशित मिति: २१ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?