Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकुलता खोज्न जरुरीः प्रधानन्यायाधीश राउत


काठमाडौँ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकुलता खोज्न जरुरी रहेको बताएका छन् ।

शनिवार काठमाडौंमा सुनेको शासनः भोगेको प्रशासनको लोकार्पण गर्दै उनले यस्तो बताएका हुन् । मुलुकमा कुनै काम गर्नलाई जताततै प्रतिकुलता, असहजता, विघ्नवाधा देखिने गरेको भन्दै उनले प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकुलता खोज्न जरुरी रहेको बताए । उनले प्रबुद्ध वर्गहरुले नियतबारे सधैँ हेक्का राख्नुपर्ने बताएका हुन् । उनले अवसरहरु वरपर नै घुमिरहेको तर त्यसलाई चिन्न सक्नुपर्ने बताए । अवसर गुम्यो भने देश र जनताको बेहाल हुने जिकिर गरे । त्यसैले आफ्नो वरपर रहेका अवसरहरुलाई सुक्ष्म दृष्टिले नियाल्न जरुरी रहेको बताए । अब पनि अवसरहरु नियाल्न ढिलो गरे मुलुकले ठूलो मूल्य चुकाउनुपर्ने बताए । शासन र प्रशासन भन्ने दुई वटा शब्दबाट सुशासन बन्ने बताए ।

प्रधानन्यायाधीश राउतले भने, ‘प्रबुद्ध वर्गहरुले हेक्का राख्नुपर्ने कुरा के छ भने तपाईंहरुले नियतको परख गर्नैपर्छ । यो बहुत ठूलो कुरा छ । यो मान्छेको अस्मितासँग जोडिएको कुरा हो । प्रधानन्याायधीशको प्रश्न उठ्दा मैले जिम्मा लिन्छु भनेकै हो । म लिन्छु, कुनैपनि हिसावले मैले मुकर गर्दिन । जुडिसियरीको एउटा पिपुलियर क्यारेक्टर हुन्छ । त्यहाँ न्यायाधीश न्यायधीश बीचमा बसेर न्यायिक निरुपण गर्नुप¥यो भने त्यहाँ डिक्टेड गर्न पाइँदैन । मुलुकमा कुनै काम गर्नलाई जताततै के अनुभुति हुन्छ भने प्रतिकुलता, असहजता, विघ्नवाधा देखिन्छ । प्रतिकुलता, असहजता, विघ्नवाधामा पनि अनुकुलता भेटिन्छ भन्ने मेरो अविचलित विचार हो । संकल्प बोकेर हिँडेको छु म । अवसरहरु हाम्रा वरिपरी नाचिरहेका छन् । हाम्रो अकर्मण्यताले हो, उदासिनताले हो, असक्षमताले हो, चिन्न पो सकिएन की ? देख्न पो सकिएन की, समात्न पो सकिएन की ? अवसरले हामीलाई कहिल्यै पर्खिंदैन । अवसर गुमे मुलुक र जनताको बेहाल हुन्छ । त्यसैले हाम्रा वरपर रहेका अवसरहरुलाई हाम्रा सुक्ष्म दृष्टिले, चेतनाका ति प्रतिविम्वहरुले नियाल्न अब पनि ढिलो भयो भने मुलुकले ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ । म अहिलेको लागि मात्रै भन्दिनँ । यो अवसर कसरी गुम्यो भन्ने सबैलाई थाहा छ । शासन र प्रशासन भन्ने दुई वटा शब्दबाट सुशासन भन्ने कुरा आउँछ ।’

प्रधानन्यायाधीश राउतले मोती बाहिरबाट चम्किने तर पुस्तक अन्तःस्करणबाट नै चम्किने जिकिर गरेका छन् ।


प्रकाशित मिति: २१ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?