Trending
>>   म्यादी प्रहरीको कपडा खरिद प्रकरणमा लेखा समितिको मौनताप्रति खगेन्द्र सुनारको प्रश्न >>   नेपाल एयरलाइन्स अब बिग्रिने ठाउँ नै छैन, निजी कम्पनी हुन्थ्यो भने बन्द भैसक्थ्यो:पर्यटनमन्त्री >>   नेपाल वायुसेवा निगमको लज्जास्पद अवस्था अन्त्य गर्न आवश्यकःएमाले सांसद कार्की >>   संकटको घेरामा नेपाल वायुसेवा निगम: महँगो ऋण र जहाज अभावले थलिए राष्ट्रिय ध्वजावाहक >>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड >>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकुलता खोज्न जरुरीः प्रधानन्यायाधीश राउत


काठमाडौँ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकुलता खोज्न जरुरी रहेको बताएका छन् ।

शनिवार काठमाडौंमा सुनेको शासनः भोगेको प्रशासनको लोकार्पण गर्दै उनले यस्तो बताएका हुन् । मुलुकमा कुनै काम गर्नलाई जताततै प्रतिकुलता, असहजता, विघ्नवाधा देखिने गरेको भन्दै उनले प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकुलता खोज्न जरुरी रहेको बताए । उनले प्रबुद्ध वर्गहरुले नियतबारे सधैँ हेक्का राख्नुपर्ने बताएका हुन् । उनले अवसरहरु वरपर नै घुमिरहेको तर त्यसलाई चिन्न सक्नुपर्ने बताए । अवसर गुम्यो भने देश र जनताको बेहाल हुने जिकिर गरे । त्यसैले आफ्नो वरपर रहेका अवसरहरुलाई सुक्ष्म दृष्टिले नियाल्न जरुरी रहेको बताए । अब पनि अवसरहरु नियाल्न ढिलो गरे मुलुकले ठूलो मूल्य चुकाउनुपर्ने बताए । शासन र प्रशासन भन्ने दुई वटा शब्दबाट सुशासन बन्ने बताए ।

प्रधानन्यायाधीश राउतले भने, ‘प्रबुद्ध वर्गहरुले हेक्का राख्नुपर्ने कुरा के छ भने तपाईंहरुले नियतको परख गर्नैपर्छ । यो बहुत ठूलो कुरा छ । यो मान्छेको अस्मितासँग जोडिएको कुरा हो । प्रधानन्याायधीशको प्रश्न उठ्दा मैले जिम्मा लिन्छु भनेकै हो । म लिन्छु, कुनैपनि हिसावले मैले मुकर गर्दिन । जुडिसियरीको एउटा पिपुलियर क्यारेक्टर हुन्छ । त्यहाँ न्यायाधीश न्यायधीश बीचमा बसेर न्यायिक निरुपण गर्नुप¥यो भने त्यहाँ डिक्टेड गर्न पाइँदैन । मुलुकमा कुनै काम गर्नलाई जताततै के अनुभुति हुन्छ भने प्रतिकुलता, असहजता, विघ्नवाधा देखिन्छ । प्रतिकुलता, असहजता, विघ्नवाधामा पनि अनुकुलता भेटिन्छ भन्ने मेरो अविचलित विचार हो । संकल्प बोकेर हिँडेको छु म । अवसरहरु हाम्रा वरिपरी नाचिरहेका छन् । हाम्रो अकर्मण्यताले हो, उदासिनताले हो, असक्षमताले हो, चिन्न पो सकिएन की ? देख्न पो सकिएन की, समात्न पो सकिएन की ? अवसरले हामीलाई कहिल्यै पर्खिंदैन । अवसर गुमे मुलुक र जनताको बेहाल हुन्छ । त्यसैले हाम्रा वरपर रहेका अवसरहरुलाई हाम्रा सुक्ष्म दृष्टिले, चेतनाका ति प्रतिविम्वहरुले नियाल्न अब पनि ढिलो भयो भने मुलुकले ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ । म अहिलेको लागि मात्रै भन्दिनँ । यो अवसर कसरी गुम्यो भन्ने सबैलाई थाहा छ । शासन र प्रशासन भन्ने दुई वटा शब्दबाट सुशासन भन्ने कुरा आउँछ ।’

प्रधानन्यायाधीश राउतले मोती बाहिरबाट चम्किने तर पुस्तक अन्तःस्करणबाट नै चम्किने जिकिर गरेका छन् ।


प्रकाशित मिति: २१ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?