Trending
>>   म्यादी प्रहरीका लागि कपडा खरिदसम्बन्धी प्रकरणः मनिष झाको संयोजकत्वमा अध्ययन समिति गठन >>   म्यादी प्रहरीको कपडा खरिद प्रकरणमा लेखा समितिको मौनताप्रति खगेन्द्र सुनारको प्रश्न >>   नेपाल एयरलाइन्स अब बिग्रिने ठाउँ नै छैन, निजी कम्पनी हुन्थ्यो भने बन्द भैसक्थ्यो:पर्यटनमन्त्री >>   नेपाल वायुसेवा निगमको लज्जास्पद अवस्था अन्त्य गर्न आवश्यकःएमाले सांसद कार्की >>   संकटको घेरामा नेपाल वायुसेवा निगम: महँगो ऋण र जहाज अभावले थलिए राष्ट्रिय ध्वजावाहक >>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड >>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

पर्यटन क्षेत्रलाई व्यवस्थित गर्न जरुरीः उपाध्यक्ष पाण्डे


काठमाडौँ। नेकपा एमाले उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेले नेपालको पर्यटन क्षेत्रलाई व्यवस्थित गर्न जरुरी रहेको बताएका छन् ।

शनिवार काठमाडौंमा अर्थतन्त्र डटकमको अर्थतन्त्र दशक जर्नल सार्वजनिक तथा पर्यटनमा बजेट प्राथमिकता, कार्यान्वयन र उपलब्धीबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले ठमेल, पोखरा, सौरहा लगायतका पर्यटकहरु लोभिने क्षेत्र राति ९ बजेपछि बन्द गर्नुले पर्यटकहरुको आकर्षण घट्ने बताए । पर्यटकहरु विदेशबाट राति ९ बजेदेखि सुत्नका लागि नआउने भन्दै पर्यटकहरुका लागि पर्यटन क्षेत्रहरु २४ सै घण्टा खुला गर्नुपर्ने बताए । यसले रोजगारी, व्यवसाय बढ्ने बताएका छन् ।

उनले भने, ‘९ बजे होटल बन्द गर्छन् । ९ बजे सुत्नको लागि विदेशी त नेपाल आएको हुँदैनन् । सुत्न नपाएर नेपाल आएको पनि होइन । पुलिस जान्छ सेक्युरिटी छैन भन्छ । त्यो स्पेशल पुलिस राख्नुपर्छ । किन ९ बजे नै बन्द गर्ने ? त्यसलाई विस्तार गर्नुपर्छ । मजदुरले काम पाउँछन् । व्यवसायीको विक्री हुन्थ्यो, समग्र अर्थतन्त्रमा सहयोग पुग्छ । भारतबाट नेपालमा विवाह गर्न आउनेहरुको ठूलो सम्भावना छ । तर व्यवस्थापन राम्रोसँग गर्नुपर्छ ।’

उपाध्यक्ष पाण्डेले पर्यटन क्षेत्रले नेपालको अर्थतन्त्रलाई अघि बढाउने ठूलो पुलको काम गर्ने उल्लेख गरेका छन् ।


प्रकाशित मिति: २१ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?