Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

स्थानीय तहमा एमालेले सत्ता गठबन्धनको न्युनतम शिष्टाचार पनि पालना गरेनः सांसद निधी


काठमाडौँ। नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधीले स्थानीय तहमा नेकपा एमालेले सत्ता गठबन्धनको न्युनतम शिष्टाचार पनि पालना नगरेको आरोप लगाएका छन् ।

जनकपुरमा शनिवार पार्टीका नेता, कार्यकर्ताहरुसँगको भेटका क्रममा उनले यस्तो आरोप लगाएका हुन् । उनले नेपाली काँग्रेस सहमति र सामुहिक अभियानको लागि सधैँ तयार रहेको तर एमाले भने सहमति र सामुहिक अभियानमा जोडिन नखोजेको बताए । एमालेले नगरपालिकाको बजेट ल्याउन समस्या सिर्जना गरिरहेको उनको आरोप छ । मेयरको अधिकार कटौति गर्नेगरी कार्यविधि बनाउन दिने भन्दै कतिपय नगरपालिकाहरुमा अवरोध गरेको आरोप लगाए ।

सांसद निधीले भने, ‘नेपाली काँग्रेस सहमति र सामुहिक अभियानको लागि सधैँ तयार छ । एमाले आउँदैन त के गर्ने ? समस्या त यही भइरहेको छ । नारायण नगरपालिकामा एमालेले बजेट पारित गर्न दिएको छैन, बैठक बस्न दिइरहेको छैन । मेयरको अधिकार कटौति गर्नेगरी कार्यविधि बनाउनुस् रे । प्रधानमन्त्रीको अधिकार कटौति हुनेगरी क्याबिनेटको नियम बनाउँदा मान्छ । सत्ता गठबन्धनको न्युनतम शिष्टाचार पनि पालना भइरहेको छैन । सामुहिक सरोकारको विषयमा अवरोध भइरहेको छ ।’

सांसद निधीले राजनीतिक प्रतिशोधका कारण नेताहरु एउटाले ल्याएका योजनाहरु ल्याउन नदिने वा अवरोध गर्ने काममा लागेको आरोप लगाए ।


प्रकाशित मिति: २१ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?