Trending
>>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन >>   संसदीय अधिवेशन कानून निर्माण र जनजीविकामा केन्द्रित रह्योः सांसद ढकाल >>   ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित >>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

विधेयकमा गहन अध्ययन गरेर मात्रै संशोधन हालौँः सांसद कार्की


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले संसदमा प्रश्तुत हुने विधेयकमा गहन अध्ययन गरेर मात्रै संशोधन हाल्नुपर्ने बताएकी छिन् ।

प्रतनिधि सभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा शनिवार बोल्दै उनले यस्तो बताएकी छिन् । उनले नीति निर्माण गर्न गाह्रो हुने भन्दै उनले संसदमा प्रश्तुत गरिएका विधेयकमा संशोधन गर्नका लागि धेरै समय दिइएको हुने र त्यसमा गहन अध्ययन गरेर मात्रै संशोधन हाल्दा राम्रो नीति निर्माण गर्न सकिने बताईन् । राज्य व्यवस्था तथा सुशासन समितिमा कुलिङ पिरियड हेरफेरको विषय उठाउँदै उनले यसबाट पाठ सिकेर अघि बढ्न जरुरी रहेको बताएकी छिन् । यसबाट सांसदहरु झस्किएको र सबै दफाहरुको अध्ययन गरेर मात्रै अघि बढ्नुपर्ने बताईन् ।

उनले , ‘नीति निर्माण गर्दा संसदमा जुन विधेयक प्रश्तुत हुन्छ, त्यो विधेयक प्रश्तुत गर्दा समय दिइएको हुन्छ, संशोधन गर्न । त्यो समय संशोधन गर्दा धेरै गम्भीर भएर संशोधन हाल्नुपर्छ । त्यो स्थिति हामीले देख्यौँ । त्यसमा अलि अध्ययन गरेर, आफ्नै पार्टीलाई पनि सबै कानूनव्यक्ता छैनौँ । पार्टीमा नै कुरा गरेर छलफल गरेर बुझेर मात्रै संशोधन हालौँ । अस्ति राज्य व्यवस्था तथा सुशासन समितिमा हेरफेरको जुन कुरा आयो । सांसदहरु झनै झस्किएका छन् । त्यो दफा दफामा हेर्नुपर्छ । यसबाट हामीले पाठ सिक्नुपर्छ । हाम्रो भुमिका विधायिका बनाउने हो ।’

समितिको बैठकमा शनिवार ऐन कार्यान्वयन मापन सम्बन्धमा छलफल भएको हो ।


प्रकाशित मिति: २१ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?