Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

२०६८—०७८ मा खेतीयोग्य जमिन १६.६ प्रतिशत घट्योः १०-१७ वर्षसम्मका बालबालिकाको श्रमशक्ति सहभागितादर ३२.१ प्रतिशत


काठमाडौँ। २०७८ को जनगणनाअनुसार नेपालमा अक्सर खेतीयोग्य भूमिमा शहरीकरण हुने गरेको पाइएकोे छ । नेपालमा २०६८ देखि २०७८ सम्म खेतीयोग्य जमिन १६.६ प्रतिशत (२२ लाख हेक्टरबाट १८ लाख हेक्टर) ले घटेको छ । सबैभन्दा धेरै खेतीयोग्य भूमि सुदूरपश्चिम प्रदेशमा घटेको छ । सुदूरपश्चिममा ९.१ प्रतिशत, गण्डकीमा ७ प्रतिशत र कर्णालीमा ५.४ प्रतिशत मा उब्जाउ भूमि न्युन भएको छ ।

नेपालको श्रम बजारको स्थिति

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख रहेको छ । कुल जनसंख्यामध्ये २ करोड ३९ लाख (८२.२प्रतिशत) व्यक्ति १० वा सो भन्दा माथिको उमेर समूहमा पर्दछन् । ती मध्ये १ करोड ५७ लाख (६५.५प्रतिशत) व्यक्तिहरुलाई आर्थिक रुपले सक्रिय जनसंख्या मानिएको छ । कुल श्रमशक्तिमध्ये ८२ लाख पुरुष र ७५ लाख म्हिला रहेका राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।

प्रदेशहरुमध्ये आर्थिक रुपले सक्रिय जनसंख्या सबैभन्दा धेरै (३४ लाख) वागमती प्रदेशमा रहेको छ । कर्णाली प्रदेशमा सबैभन्दा कम (९ लाख ५० हजार) मात्र रहेका छन् । भौगोलिक क्षेत्रअनुसार तराईमा सबभन्दा धेरै (७८लाख) आर्थिक रुपले सक्रिय जनसंख्या छ । हिमाली क्षेत्रमा सबैभन्दा कम (१०लाख) छन् ।

नेपालमा १० वर्ष वा सो भन्दा माथिको जनसंख्याको श्रम सहभागिता दर ६५.५ प्रतिशत रहेको छ । जसमा पुरुषतर्फ ७१.३ प्रतिशत र महिलातर्फ ६०.४ प्रतिशत रहेको छ ।

नेपालमा १० वा सो भन्दा माथिको उमेर समूहमा अक्सर बेरोजगारी व्यक्तिहरुको संख्या ७ लाख ६७ हजार ६ सय ५८ रहेको छ । जसमा ४ लाख ९ सय २८ पुरुष छन् भने ३ लाख ६६ हजार ७ सय ३० महिला रहेका छन् ।

राष्ट्रिय जनगणना २०७८ अनुसार, रोजगारको स्थिति चार प्रमुख श्रेणीहरुमा वर्गीकरण गरिएको तथ्यांक कार्यालयले जनाएको छ । जसमा ४२ लाख(२८.६प्रतिशत) अरुको काम गर्ने, २ लाख (१.४प्रतिशत) रोजगारदाता, ८२ लाख (५५.३प्रतिशत) आफ्नै काम गर्ने र २१ लाख (१४.५प्रतिशत) परिवारलाई सघाउने देखिएका छन् ।

कुल श्रमशक्तिको सबैभन्दा ठूलो (८५लाख, ५७.३प्रतिशत) हिस्सा प्राथमिक क्षेत्र (कृषि, वन र मत्स्यपालन) मा संलग्न रहेको पाइएको छ । नेपालको १० वर्ष र माथिका कुल जनसंख्यामा केवल १ करोड ३ लाख (४२.९प्रतिशत) व्यक्तिहरु अक्सर रोजगार रहेका छन् । १० देखि १७ वर्षसम्मका बालबालिकाको श्रमशक्ति सहभागितादर ३२.१ प्रतिशत रहेको छ । जसमा पुरुष ३१.९ प्रतिशत र महिला ३२.२ प्रतिशत छन् ।


प्रकाशित मिति: २१ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?