Trending
>>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन >>   संसदीय अधिवेशन कानून निर्माण र जनजीविकामा केन्द्रित रह्योः सांसद ढकाल >>   ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित >>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

पाँच सयका भारतीय नोटबारे संसदीय समितिमा बहस, के भन्छ राष्ट्र बैंक ?


काठमाडौँ। अर्थ समितिका पछिल्ला बैठकमा भारतीय नोटबारे गर्मागर्मी बहस हुन थालेका छन् ।

गभर्नर सम्मिलित बैठकमै खासगरी भारतबाट नेपाल आउँदा भारु नोट कम ल्याउन दिइएको कारण नेपालमा आउने भारतीय पर्यटकहरुले खर्च गर्न नपाएको भन्दै समिति बैठकमा सांसदहरुले प्रश्न उठाए । अर्थ समितिको बिहीवारको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले नेपाल आउने भारतीयलाई भारु नोट ल्याउन कडाइ गरिएकै कारण धेरै होटलहरुमा चहलपहल घटेको बताए ।

प्रमुख सचेतक शाहीले भने– ‘नेपालमा होटल खोलेको धेरैभन्दा धेरै जसो हाम्रो छिमेकी राष्ट्र भारतबाट पर्यटक आउछन भनेर हो । यहाँ मान्छेहरुले ठूलाठूला होटलहरुमा करोडौं लगानी गरिएका छन् । बोर्डर साइटमा पूर्वको धुलाबारीदेखि पश्चिमको दोधारा चाँदनीसम्म हरेक पाँच किमिमा थ्री स्टार लेभलका होटलहरु चलाइएका छन् । ति होटल किन खोलिएका हुन भने भारतीय पर्यटकहरु आउन र खर्च गरुन भनेरै हो । तर नेपाल राष्ट्र बैंकको नियम एउटा सीमा राखेर भारु नोट ल्याउन पाउने नीति बन्यो । त्यो नीतिका कारण नेपालका व्यवसाय ठप्प भयो । नोट ल्याउन नपाउने भन्नेमा संवैधानिक व्यवस्थामा कुनै अड्चन पनि छैन । कुनै नेपालमा ऐन पनि बनेको देखिन्न । यो नेपाल राष्ट्र बैंकका गभर्नरले एउटा निर्देशिका जारी गरेकै भरमा रोकिएको छ । यसले नेपालको इकोनोमि ठप्प पार्न थालिसक्यो । यो के भएको हो हामीलाई जानकारी चाहियो ।

भारु नोटबारे शाहीले मात्रै प्रश्न सोध्नुभएन, अर्का सत्ताघटक एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीले समेत प्रश्न गरे । उनले नेपालको नीतिका कारण भारुमा ल्याउन नपाएको र पर्यटन क्षेत्र प्रभावित भएको बताए ।

एमाले सांसद् थापाले भने–‘पर्यटकहरुलाई आकर्षित गर्ने र अर्थतन्त्रलाई त्यसले महत्वपूर्ण टेवा पुर्याउने गरी पोलिसिका बारेमा हामी छलफल गछौं । तर तीन वर्ष भो हामी कहाँ आउने भारतीय पर्यटकले खर्च गर्न रकम ल्याउन नपाउने स्थीति रह्यो । हाम्रा कानूनका कारणले यो स्थीतिको अन्त्य गर्नुपर्छ । हाम्रा पोलिसिले कन्टोल गरेको छ र इकोनोमिले क्षती गरेको छ भने एक्सन लिनुपर्छ ।’

शाही र थापाको प्रश्नको जवाफ दिन अर्थसमिति सभापति सन्तोष चालिसेले गभर्नर विश्वनाथ पौडेललाई निर्देशन दिए । तर उनले दिन चाहनु भएन । बैठकमा सहभागि राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललाई गभर्नर पौडेलले जवाफ दिन आग्रह गरे । कार्यकारी निर्देशक पौडेलले भारतीय नागरिकहरुले भारतमा आयआर्जन गरेको रकम नेपाल ल्याउँदा एकसय भन्दा माथिका ठूला नोटहरु ल्याउन नपाइने बताए ।

कार्यकारी निर्देशक पौडेलले भने– ‘भारतीय नागरिकहरुले भारतमा आयआर्जन गरेको रकम नेपाल ल्याउँदा एक सय भन्दा माथिका ठूला नोटहरु ल्याउन पाइँदैन । एउटा पनि पाइदैन । त्यो भनेको नेपाल र भारतको आफ्नो नीतिगत व्यवस्थाले गर्दा हो । तर ५ हजार डलर बराबरको भारतीय रुपैँया भन्सार जाँचपास गराएर ल्याउन सकिन्छ । त्यो भनेको सय त्यो भन्दा तलका साना नोट ल्याउनुपर्छ । पाँच हजार डलर त्यो भनेको करिब ४ लाख भारुसम्म ल्याउन सकिन्छ । स्पष्ट पार्न चाहन्छु ।’

कार्यकारी निर्देशक पौडेलकाअनुसार ५ हजार डल भन्दा बढि वा सो बराबरको अन्य विदेशी मुद्रा ल्याउनु पर्दा भन्सार जाँचपास गराएर ल्याउनुपर्छ । १० लाख नेपाली रुपैँया भन्दा बढिको क्यास लिएर आवाज जावत गर्न विशेष कारण परेको बेलामा मात्रै पाइन्छ । अन्यबेला नपाइने उनले बताए ।

 शाहीले पाँच सयका भारु नोट नेपालमा के कारणले प्रतिवन्ध गरियो भन्दै प्रश्न तेस्र्याए । उनले भारतमा २ हजारका नोट पनि चल्ने तर नेपालमा पाँच सयका भारु नोट नचल्ने त्यस्तो हुन नसक्ने बताए ।

समिति सभापतिले समेत शाहीको प्रश्न सही भएको भन्दै पाँच सयको नोट कुन कानूनले ल्याउन नपाउने हो जवाफ दिन राष्ट्र बैंकका निर्देशक पौडेललाई फेरि रुलिङ गरे । जवाफमा पौडेलले नेपालका बैंकहरुसँग एक सय र पाँचसयका धेरै नोटहरु रहँदा रहँदै जब भारतमा रातारात पाँचसयका नोटमा प्रतिबन्ध लगाइएको त्यसबाट औपचारिक रुपमा ती नोट भारतलाई विक्री गर्ने अवस्था नरहेको बताए । उनका अनुसार धेरैपटक भारतलाई आग्रह गर्दा पनि अहिले पनि पुराना नोट नसाटिदाँ थ्रुपै भारतीय नोट यथावत छन् । बिचमा भारतसँग एउटा छलफल भएको उनले बताउँदै भारतीय पक्षले एक सयभन्दा बढिका भारु नोट नेपालमा ल्याउन पाइने तर नागरिकले बोकेर लैजान नपाउने कुराकानी भयो । सोही नियम भारतमा लागू गरियो । नागरिकले ठूला भारतीय नोट बोकेर हिँड्दा ती नोटले नेपाली नोटलाई बिस्थापित गर्नसक्ने अर्को जोखिम भएकाले त्यसमा राष्ट्र बैंकले पनि कडाइ गर्न बाध्य भएको उनले बताए ।

भारतीय नोटका बारेमा अर्गसमितिको शुक्रवारको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जवाफ दिएका छन् । उनका अनुसार नेपालका कारणले मात्रै नभई भारतीय कारणले कडाइ भइरहेको बताए । उनका अनुसार भन्सारमा घोषणा नगरी ४ लाख र घोषणा गरेर ६ लाख भारू ल्याउन सकिन्छ । क्युआर कोड र कार्डबाट भुक्तानी गर्न सकिन्छ । ५०० भारूको नोटबारे नेपालको मात्र निर्णयले मात्रै भारतमा फिर्ता हुने अवस्था नरहेको स्पष्ट पारे ।


प्रकाशित मिति: २० असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?