Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

धर्तीको एक जनाले पनि माधव नेपालले भ्रष्टाचार गरेको प्रमाण देओस्, जुनसुकै बलिदान दिन तयार छुः अध्यक्ष नेपाल


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूले भ्रष्टाचार गरेको छ भनेर प्रमाण प्रश्तुत गरे जुनसुकै बलिदान दिन तयार रहेको बताएका छन् ।

पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा शुक्रवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नबिराउनु, नडराउनु भन्ने आफ्नो एउटा मान्यता रहेको बताए । बिराएको छैन भने डराउनुपर्ने कुनै आवश्यकता नरहेको उनको भनाइ छ । उनले यो धर्तीका एक जना मान्छेले पनि माधव नेपालले भ्रष्टाचार गरेको छ भनेर तथ्य प्रमाण प्रश्तुत गरे जुनसुकै बलिदान गर्न आफू तयार रहेको घोषणा गरे । आफू सधैँ अनुशासन, नियम, विधिको पालना गर्ने, प्रक्रियालाई सम्मान गर्ने व्यक्ति भएको बताए ।

अध्यक्ष नेपालले भने, ‘मेरो एउटा मान्यता छ, नबिराउनु, नडराउनु । बिराएको छैन भने डराउनुपर्ने कुनै आवश्यकता छैन । यस धर्तीका एक जना मान्छेले पनि माधव नेपालले भ्रष्टाचार गरेको छ भनेर तथ्य प्रमाण प्रश्तुत गरोस्, जुनसुकै बलिदान गर्न म तयार हुनेछु । म अनुचित कुराको कहिल्यै पनि पक्षमा रहन्न । म जहिले पनि अनुशासन, नियम, विधिको पालना गर्ने, प्रक्रियालाई सम्मान गर्ने, राम्रो संस्कृति र संस्कारमा जोड दिने, कहिले पनि बदलाको भावनाबाट नहिँड्ने सकेसम्म सबैलाई समेटेर लैजाने सोच भएको मान्छे हुँ ।’

अध्यक्ष नेपालले जीवनमा चुनौतिहरुको सामना गर्ने आँटका साथ अघि बढ्नुपर्ने बताए ।


प्रकाशित मिति: २० असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?