Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

धर्तीको एक जनाले पनि माधव नेपालले भ्रष्टाचार गरेको प्रमाण देओस्, जुनसुकै बलिदान दिन तयार छुः अध्यक्ष नेपाल


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूले भ्रष्टाचार गरेको छ भनेर प्रमाण प्रश्तुत गरे जुनसुकै बलिदान दिन तयार रहेको बताएका छन् ।

पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा शुक्रवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नबिराउनु, नडराउनु भन्ने आफ्नो एउटा मान्यता रहेको बताए । बिराएको छैन भने डराउनुपर्ने कुनै आवश्यकता नरहेको उनको भनाइ छ । उनले यो धर्तीका एक जना मान्छेले पनि माधव नेपालले भ्रष्टाचार गरेको छ भनेर तथ्य प्रमाण प्रश्तुत गरे जुनसुकै बलिदान गर्न आफू तयार रहेको घोषणा गरे । आफू सधैँ अनुशासन, नियम, विधिको पालना गर्ने, प्रक्रियालाई सम्मान गर्ने व्यक्ति भएको बताए ।

अध्यक्ष नेपालले भने, ‘मेरो एउटा मान्यता छ, नबिराउनु, नडराउनु । बिराएको छैन भने डराउनुपर्ने कुनै आवश्यकता छैन । यस धर्तीका एक जना मान्छेले पनि माधव नेपालले भ्रष्टाचार गरेको छ भनेर तथ्य प्रमाण प्रश्तुत गरोस्, जुनसुकै बलिदान गर्न म तयार हुनेछु । म अनुचित कुराको कहिल्यै पनि पक्षमा रहन्न । म जहिले पनि अनुशासन, नियम, विधिको पालना गर्ने, प्रक्रियालाई सम्मान गर्ने, राम्रो संस्कृति र संस्कारमा जोड दिने, कहिले पनि बदलाको भावनाबाट नहिँड्ने सकेसम्म सबैलाई समेटेर लैजाने सोच भएको मान्छे हुँ ।’

अध्यक्ष नेपालले जीवनमा चुनौतिहरुको सामना गर्ने आँटका साथ अघि बढ्नुपर्ने बताए ।


प्रकाशित मिति: २० असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?