Trending
>>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग >>   जनताका प्रश्नको उत्तर नपाएरै रित्तो हात फर्किनुपर्‍योः सांसद राई >>   म्यादी प्रहरीका लागि कपडा खरिदसम्बन्धी प्रकरणः मनिष झाको संयोजकत्वमा अध्ययन समिति गठन >>   म्यादी प्रहरीको कपडा खरिद प्रकरणमा लेखा समितिको मौनताप्रति खगेन्द्र सुनारको प्रश्न >>   नेपाल एयरलाइन्स अब बिग्रिने ठाउँ नै छैन, निजी कम्पनी हुन्थ्यो भने बन्द भैसक्थ्यो:पर्यटनमन्त्री >>   नेपाल वायुसेवा निगमको लज्जास्पद अवस्था अन्त्य गर्न आवश्यकःएमाले सांसद कार्की >>   संकटको घेरामा नेपाल वायुसेवा निगम: महँगो ऋण र जहाज अभावले थलिए राष्ट्रिय ध्वजावाहक >>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

निजामति विधेयक राष्ट्रिय सभाबाट गायब पार्न खोजिएको आशंका छः सांसद भुसाल


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)का सांसद डा. वेदुराम भुसालले प्रतिनिधि सभाबाट सन्देशसहित आएको संघीय निजामति सेवा विधेयकको प्रतिवेदन अझै वितरण नगरिएको भन्दै आपत्ति जनाएका छन् ।

शुक्रवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद भुसालले १८ असारमा विधेयक सभामा टेबुल भएको भएपनि अहिलेसम्म प्रतिवेदन वितरण नहुनु गम्भीर विषय भएको बताएका हुन् । उनले विधेयकको प्रतिवेदन राज्य व्यवस्था तथा सुशासन समितिको निर्णयअनुसार नबनेको विषयमा गम्भीर विवाद उठेकाले विधेयकलाई लिएर आशंका थपिएको बताए । उनले विधेयकको प्रतिवेदन वितरण नगर्नुको कारण के हो ? भन्दै प्रश्न समेत गरे ।

उनले भने, ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको संघीय निजामति सेवा विधेयक १८ असारमा यो सदनमा प्रश्तुत भएको थियो । तर आजसम्म पनि त्यस विधेयकको प्रतिवेदन हामीलाई वितरण गरिएको छैन । यो प्रतिवेदन नै राज्य व्यवस्था तथा सुशासन समितिको निर्णयअनुसार बनेन भनेर गम्भिर रुपमा विवाद उठेको र शंका भएको यो अवस्थामा हामीलाई प्रतिनिधि सभाबाट सन्देशसहित आएको विधेयकको प्रतिवेदन किन वितरण गरिएको छैन ? यसले अर्को आशंका जन्माएको छ । विधेयक गायब पार्न खोजिएको हो कि भन्ने शंका छ ।’

उनले विधेयकको प्रतिवेदन वितरण नगरिनुले गायब पार्न खोजिएको हो कि भन्ने आशंका रहेको बताए ।


प्रकाशित मिति: २० असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?