Trending
>>   चन्द्रागिरीका विपन्न विद्यार्थीलाई पूर्व प्रशासक श्रेष्ठकाे पहलमा ट्रयाक सुट वितरण >>   मान्छे नमार्ने थारु हत्यारा भयो, मान्छे मारेको स्वीकार गर्नेहरु सरकारसँगै छन् : रेशम चौधरी >>   अहिलेको संघीय संरचना भत्काउनुपर्छः अध्यक्ष यादव >>   काभा मेन्स च्याम्पियन्स लिग जित्ने लक्ष्यमा हेल्प नेपाल >>   अहिले परोपकारी काम गरौँ, मर्दा मानिसले केही लैजाँदैनः प्रधानमन्त्री ओली >>   समाज रुपान्तरणको लागि विचार सबैभन्दा महत्वपूर्ण छः पूर्वराष्ट्रपति भण्डारी >>   एमाले अहिले पनि नौजवान पार्टी होः सचिव भट्टराई >>   आधुनिक लोकतन्त्रको विकल्प छैनः सभामुख घिमिरे >>   राजनीतिक दलहरु बलियो हुँदा मात्रै राज्य बलियो हुन्छः उपमहासचिव बस्नेत >>   देशमा राजनीतिक दलहरु सर्वशक्तिमान भएः महामन्त्री बुर्लाकोटी
Logo
२८ असार २०८२, शनिबार
२८ असार २०८२, शनिबार

नेपालको शहरी जनसंख्या २७ प्रतिशत, काठमाडौं उपत्यकामा इन्टरनेटको पहुँच ७८ प्रतिशत


काठमाडौँ। नेपालमा शहरी जनसंख्या २७ प्रतिशत रहेको छ ।

शुक्रवार राष्ट्रिय तथ्यांक कार्यालयले एक कार्यक्रम आयोजना गर्दै यसबारेमा जानकारी गराएको हो । शहरी जनसंख्या वागमती प्रदेशमा सबैभन्दा बढी ५६ प्रतिशत शहरी जनसंख्या बसोवास गर्ने गरेको छ । काठमाडौं उपत्यकामा ९१.७ प्रतिशत शहरी क्षेत्रमा बसोवास गर्दछन् । शहरीकरण प्रँयः खेतीयोग्य जग्गामा भइरहेको तथ्यांकले देखाएको छ । सुदूरपश्चिममा झन्डै १७ प्रतिशत खेतीयोग्य जग्गा शहरीकरणका कारणले घटेको जनसंख्या शाखाका निर्देशक राजन सिलवालले बताए । सुदूरपश्चिम, गण्डकी, कर्णाली प्रदेशमा खेतीयोग्य जग्गा थोरै भएको र भविष्यमा ठूला ठूला शहरीकरणका सम्भावनाहरु यि प्रदेशमा कम हुनसक्ने आँकलन गरिएको बताएका छन् । महानगरहरुमा भाडामा बसोवास गर्नेहरुको संख्या धेरै (करिव ४३ प्रतिशत) रहेको बताए । गाउँपालिकामा भाडाका घरमा बसोवास गर्ने परिवार संख्या २.६ प्रतिशत मात्रै रहेको तथ्यांकले देखाएको बताएका छन् ।

शहरी क्षेत्रमा इन्टरनेटको पहुँच

इन्टरनेटको पहुँच काठमाडौं उपत्यकामा झन्डै ७८ प्रतिशत भन्दा माथि रहेको देखिएको छ । शहरीकरण हुँदै जाँदा व्यक्तिहरुको इन्टरनेटमा पहुँच पनि विस्तर हुँदै गइरहेको तथ्यांकले देखाएको बताए । आर्थिक रुपमा सक्रिय जनसंख्या पनि विस्तारै बढ्दै गएको उनले बताएका हुन् । शहरीकरणसँगै आफ्नै घरमा बस्ने भन्दा भाडका घरमा बस्ने परिवारहरुको संख्या बढी रहेको छ । शहरीकरण वागमती, कोशी, मधेस र लुम्बिन्धी प्रदेशमा क्रमशः बढी रहेको छ । जनगणना २०७८ अनुसार प्रत्येक ४ वटा नगरपालिकामध्ये एउटामा ऋणात्मक जनसंख्या वृद्धि रहेको पाइएको छ ।


प्रकाशित मिति: २० असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?