Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

नेपालको शहरी जनसंख्या २७ प्रतिशत, काठमाडौं उपत्यकामा इन्टरनेटको पहुँच ७८ प्रतिशत


काठमाडौँ। नेपालमा शहरी जनसंख्या २७ प्रतिशत रहेको छ ।

शुक्रवार राष्ट्रिय तथ्यांक कार्यालयले एक कार्यक्रम आयोजना गर्दै यसबारेमा जानकारी गराएको हो । शहरी जनसंख्या वागमती प्रदेशमा सबैभन्दा बढी ५६ प्रतिशत शहरी जनसंख्या बसोवास गर्ने गरेको छ । काठमाडौं उपत्यकामा ९१.७ प्रतिशत शहरी क्षेत्रमा बसोवास गर्दछन् । शहरीकरण प्रँयः खेतीयोग्य जग्गामा भइरहेको तथ्यांकले देखाएको छ । सुदूरपश्चिममा झन्डै १७ प्रतिशत खेतीयोग्य जग्गा शहरीकरणका कारणले घटेको जनसंख्या शाखाका निर्देशक राजन सिलवालले बताए । सुदूरपश्चिम, गण्डकी, कर्णाली प्रदेशमा खेतीयोग्य जग्गा थोरै भएको र भविष्यमा ठूला ठूला शहरीकरणका सम्भावनाहरु यि प्रदेशमा कम हुनसक्ने आँकलन गरिएको बताएका छन् । महानगरहरुमा भाडामा बसोवास गर्नेहरुको संख्या धेरै (करिव ४३ प्रतिशत) रहेको बताए । गाउँपालिकामा भाडाका घरमा बसोवास गर्ने परिवार संख्या २.६ प्रतिशत मात्रै रहेको तथ्यांकले देखाएको बताएका छन् ।

शहरी क्षेत्रमा इन्टरनेटको पहुँच

इन्टरनेटको पहुँच काठमाडौं उपत्यकामा झन्डै ७८ प्रतिशत भन्दा माथि रहेको देखिएको छ । शहरीकरण हुँदै जाँदा व्यक्तिहरुको इन्टरनेटमा पहुँच पनि विस्तर हुँदै गइरहेको तथ्यांकले देखाएको बताए । आर्थिक रुपमा सक्रिय जनसंख्या पनि विस्तारै बढ्दै गएको उनले बताएका हुन् । शहरीकरणसँगै आफ्नै घरमा बस्ने भन्दा भाडका घरमा बस्ने परिवारहरुको संख्या बढी रहेको छ । शहरीकरण वागमती, कोशी, मधेस र लुम्बिन्धी प्रदेशमा क्रमशः बढी रहेको छ । जनगणना २०७८ अनुसार प्रत्येक ४ वटा नगरपालिकामध्ये एउटामा ऋणात्मक जनसंख्या वृद्धि रहेको पाइएको छ ।


प्रकाशित मिति: २० असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?