Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

मध्य सिरियामा विस्फोटमा ४ जनाको मृत्यु


एजेन्सी। सिरियाको मध्य शहर हामाको पूर्वमा रहेको जब्रीन गाउँमा विस्फोट हुँदा चार जना सर्वसाधारणको मृत्यु भएको छ । साथै नौ जना घाइते भएको सिरियाली स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

स्थानीय आपतकालीन अधिकारीहरूले भग्नावशेषमुनि फसेको विश्वास गरिएका जीवित व्यक्तिहरूको खोजीमा सिरियाली नागरिक रक्षा टोलीहरूले उद्धार कार्य जारी राखेको बताएका छन् । विस्फोटको कारण स्पष्ट छैन । कुनैपनि समूहले जिम्मेवारी लिएको छैन । विस्फोटको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ।


प्रकाशित मिति: २० असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?