Trending
>>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड >>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

हवाई सेवा देशको कुटनीति र देशको छवि होः सांसद किराँती


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराँतीले हवाई सेवा देशको कुटनीति र देशको छवि भएको बताएका छन् ।

शुक्रवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । शुक्रवार नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल भइरहेको छ । जसबारे बोल्दै सांसद किराँतीले नेपाल नागरिक उड्डयनलाई प्रभावकारी सेवा र विकासको लागि विधेयक धेरै महत्वपूर्ण रहेको बताए । नेपाल कालोसूचिबाट नहट्दा नेपाल कामै नगर्ने देश हो भनेर अन्तर्राष्ट्रिय स्तरमा सन्देश गइरहेको बताए ।

उनले भने, ‘हवाई सेवा देशको कुटनीति र देशको छवि हो । अब यो प्रभावकारी सेवा र विकासको लागि यो अति नै आवश्यक नै विधेयक हो । तर हामीले १२ वर्ष बढी बिताइसक्यौँ, यो विधेयक टुंगिएको छैन । कालोसूचिमा नेपाल परेको छ, युरोपियन युनियनको । यसलाई प्रत्यक्ष प्रभाव पर्नेगरी नेपाल वायुसेवा निगमलाई मात्रै हो । अरुसँग त जहाँज छैन । अरु विदेशी जहाँज त रोकेको पनि छैन । नेपाल ध्वजावाहकलाई मात्रै रोकेको हो । हिमालयनसँग त्यो जहाँज छैन । यति ठूलो यसले क्षति गरिरहेको छ । नेपाल कामै नगर्ने देश हो भनेर अन्तर्राष्ट्रिय सन्देश गइरहेको छ ।’

सांसद किराँतीले विधेयकलाई हतार गर्ने नाममा त्रुटीपूर्ण बनउन नहुने बताए ।


प्रकाशित मिति: २० असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?