Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
४ पुष २०८२, शुक्रबार
४ पुष २०८२, शुक्रबार

हवाई सेवा देशको कुटनीति र देशको छवि होः सांसद किराँती


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराँतीले हवाई सेवा देशको कुटनीति र देशको छवि भएको बताएका छन् ।

शुक्रवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । शुक्रवार नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल भइरहेको छ । जसबारे बोल्दै सांसद किराँतीले नेपाल नागरिक उड्डयनलाई प्रभावकारी सेवा र विकासको लागि विधेयक धेरै महत्वपूर्ण रहेको बताए । नेपाल कालोसूचिबाट नहट्दा नेपाल कामै नगर्ने देश हो भनेर अन्तर्राष्ट्रिय स्तरमा सन्देश गइरहेको बताए ।

उनले भने, ‘हवाई सेवा देशको कुटनीति र देशको छवि हो । अब यो प्रभावकारी सेवा र विकासको लागि यो अति नै आवश्यक नै विधेयक हो । तर हामीले १२ वर्ष बढी बिताइसक्यौँ, यो विधेयक टुंगिएको छैन । कालोसूचिमा नेपाल परेको छ, युरोपियन युनियनको । यसलाई प्रत्यक्ष प्रभाव पर्नेगरी नेपाल वायुसेवा निगमलाई मात्रै हो । अरुसँग त जहाँज छैन । अरु विदेशी जहाँज त रोकेको पनि छैन । नेपाल ध्वजावाहकलाई मात्रै रोकेको हो । हिमालयनसँग त्यो जहाँज छैन । यति ठूलो यसले क्षति गरिरहेको छ । नेपाल कामै नगर्ने देश हो भनेर अन्तर्राष्ट्रिय सन्देश गइरहेको छ ।’

सांसद किराँतीले विधेयकलाई हतार गर्ने नाममा त्रुटीपूर्ण बनउन नहुने बताए ।


प्रकाशित मिति: २० असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?