Trending
>>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग >>   जनताका प्रश्नको उत्तर नपाएरै रित्तो हात फर्किनुपर्‍योः सांसद राई >>   म्यादी प्रहरीका लागि कपडा खरिदसम्बन्धी प्रकरणः मनिष झाको संयोजकत्वमा अध्ययन समिति गठन >>   म्यादी प्रहरीको कपडा खरिद प्रकरणमा लेखा समितिको मौनताप्रति खगेन्द्र सुनारको प्रश्न >>   नेपाल एयरलाइन्स अब बिग्रिने ठाउँ नै छैन, निजी कम्पनी हुन्थ्यो भने बन्द भैसक्थ्यो:पर्यटनमन्त्री >>   नेपाल वायुसेवा निगमको लज्जास्पद अवस्था अन्त्य गर्न आवश्यकःएमाले सांसद कार्की >>   संकटको घेरामा नेपाल वायुसेवा निगम: महँगो ऋण र जहाज अभावले थलिए राष्ट्रिय ध्वजावाहक >>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

वर्षौंसम्म कानून विहीन ढंगले मुलुकलाई वन्धक बनाउन मिल्दैनः सांसद आचार्य


काठमाडौँ। नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले कानूनहरु फास्ट ट्रयाकमै बनाउनुपर्ने बताएका छन् ।

शुक्रवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले संसदमा विधेयक ल्याउने प्रतिवद्धता गरेका विधेयकहरु चालु अधिवेशनबाटै पारित गर्नुपर्ने धारणा राखे । उनले पास हुन नसकेका र महत्वपूर्ण रहेका विधेयकहरु अध्यादेशमार्फत ल्याउनुपर्ने माग गरे । वर्षौंसम्म कानून विहीन ढंगले मुलुकलाई वन्धक बनाउन नसकिने र नमिल्ने बताए ।

उनले भने, ‘कानूनहरु सबै फास्ट ट्रयाकमै बनाऔँ भन्ने मान्छे हो । संसदमा बोल्दा पनि मैले भनेको छु, जति पनि विधेयक ल्याउँछौँ भनेका छौँ, त्यो नीति कार्यक्रम, बजेट, अन्यत्र त्यो यही अधिवेशनमा पास गरौँ भन्ने हो । केही गरी यही अधिवेशनमा पास हुन नसके र महत्वपूर्ण छ भने अध्यादेबाट ल्याएर पनि काम अघि बढाउनुपर्छ । वर्षौंसम्म कानून विहीन ढंगले मुलुकलाई वन्धक बनाउन सकिँदैन, मिल्दैन ।’

सांसद आचार्यले कानून पूर्ण रुपमा राम्रो बनाउनुपर्ने बताए । छिटो गर्ने नाममा छलफल नै नगरी लैजान नमिल्ने बताए ।


प्रकाशित मिति: २० असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?