Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

वर्षौंसम्म कानून विहीन ढंगले मुलुकलाई वन्धक बनाउन मिल्दैनः सांसद आचार्य


काठमाडौँ। नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले कानूनहरु फास्ट ट्रयाकमै बनाउनुपर्ने बताएका छन् ।

शुक्रवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले संसदमा विधेयक ल्याउने प्रतिवद्धता गरेका विधेयकहरु चालु अधिवेशनबाटै पारित गर्नुपर्ने धारणा राखे । उनले पास हुन नसकेका र महत्वपूर्ण रहेका विधेयकहरु अध्यादेशमार्फत ल्याउनुपर्ने माग गरे । वर्षौंसम्म कानून विहीन ढंगले मुलुकलाई वन्धक बनाउन नसकिने र नमिल्ने बताए ।

उनले भने, ‘कानूनहरु सबै फास्ट ट्रयाकमै बनाऔँ भन्ने मान्छे हो । संसदमा बोल्दा पनि मैले भनेको छु, जति पनि विधेयक ल्याउँछौँ भनेका छौँ, त्यो नीति कार्यक्रम, बजेट, अन्यत्र त्यो यही अधिवेशनमा पास गरौँ भन्ने हो । केही गरी यही अधिवेशनमा पास हुन नसके र महत्वपूर्ण छ भने अध्यादेबाट ल्याएर पनि काम अघि बढाउनुपर्छ । वर्षौंसम्म कानून विहीन ढंगले मुलुकलाई वन्धक बनाउन सकिँदैन, मिल्दैन ।’

सांसद आचार्यले कानून पूर्ण रुपमा राम्रो बनाउनुपर्ने बताए । छिटो गर्ने नाममा छलफल नै नगरी लैजान नमिल्ने बताए ।


प्रकाशित मिति: २० असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?