Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

मुलुकको कमजोर आर्थिक अवस्थाका कारण सुरक्षार्कीको सेवा–सुविधामा वृद्धि गर्न सकिएनः रक्षामन्त्री राई


काठमाडौँ। रक्षामन्त्री मानवीर राईले सुरक्षाकर्मीहरूको सेवा सुविधा न्युन रहेको स्वीकार गर्दै आगामी दिनमा राज्यको आर्थिक अवस्था मजबुत हुँदै गएपछि वृद्धि गर्ने कुरामा सरकार सकारात्मक रहेको बताएका छन् ।

बुधवार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री राईले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सेवा सुविधा अपेक्षाकृत कम रहे पनि मुलुकको कमजोर आर्थिक अवस्थाका कारण वृद्धि गर्न नसकेको बताएका हुन् । उनले मुलुकको अर्थतन्त्रले विस्तारै लय समात्दै गएको उल्लेख गर्दै अगामी दिनमा सुरक्षाकर्मीको सेवा सुविधामा वृद्धि हुने विश्वास समेत दिलाए । उनले मुलुकको उत्पादन क्षेत्रको अवस्था हेरेर भविष्यमा नेपाली सेनालाई थप जिम्मेवारी दिने कुरामा पनि सरकार गम्भिर रहेको बताए ।

उनले भने, ‘अगामी दिनमा उत्पादन क्षेत्रको अवस्था हेरेर नेपाली सेनालाई जिम्मेवारी दिएर अगाडि बढाउन सकिन्छ । नेपाली सेना लगायत सुरक्षाकर्मीको सेवा सुविधा अलि कम भयो भन्ने कुरा पनि उठाउनु भएको छ । मलाई पनि लाग्छ, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको सेवा सुविधा कम र निजामति कर्मचारीहरुको, शिक्षकहरुको सेवा सुविधा कम भएको छ भन्ने मलाई पनि लागेको छ । तर मुलुकको एउटै समस्या के हो भने हामी अर्थतन्त्रमा जति माथि आउनुपर्ने हो त्यति आइरहेका छैनौँ । अहिले केही लयहरु समात्न थालेको कुराहरु अर्थमन्त्रीज्युबाट स्पष्ट भएको छ । अगामी दिनमा यो सेवा सुविधालाई राज्य बलियो हुँदै जाँदा बढाउने कुरामा रक्षा मन्त्रालय र म सकारात्मक छु ।’

उनले नेपाली सेनाले निर्माण गरिरहेका पूर्वाधार योजनाहरु समेत अन्तिम चरण रहेको उल्लेख गरे ।


प्रकाशित मिति: १८ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?