Trending
>>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह >>   जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) >>   टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम >>   सन् २०१३ को रेहानली बम विष्फोटका मुख्य योजनाकार टर्कीमा पक्राउ >>   किर्गिस्तानले अन्तरिक्षमा पठायो पहिलो राष्ट्रिय भू–उपग्रह >>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

मुलुकको कमजोर आर्थिक अवस्थाका कारण सुरक्षार्कीको सेवा–सुविधामा वृद्धि गर्न सकिएनः रक्षामन्त्री राई


काठमाडौँ। रक्षामन्त्री मानवीर राईले सुरक्षाकर्मीहरूको सेवा सुविधा न्युन रहेको स्वीकार गर्दै आगामी दिनमा राज्यको आर्थिक अवस्था मजबुत हुँदै गएपछि वृद्धि गर्ने कुरामा सरकार सकारात्मक रहेको बताएका छन् ।

बुधवार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री राईले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सेवा सुविधा अपेक्षाकृत कम रहे पनि मुलुकको कमजोर आर्थिक अवस्थाका कारण वृद्धि गर्न नसकेको बताएका हुन् । उनले मुलुकको अर्थतन्त्रले विस्तारै लय समात्दै गएको उल्लेख गर्दै अगामी दिनमा सुरक्षाकर्मीको सेवा सुविधामा वृद्धि हुने विश्वास समेत दिलाए । उनले मुलुकको उत्पादन क्षेत्रको अवस्था हेरेर भविष्यमा नेपाली सेनालाई थप जिम्मेवारी दिने कुरामा पनि सरकार गम्भिर रहेको बताए ।

उनले भने, ‘अगामी दिनमा उत्पादन क्षेत्रको अवस्था हेरेर नेपाली सेनालाई जिम्मेवारी दिएर अगाडि बढाउन सकिन्छ । नेपाली सेना लगायत सुरक्षाकर्मीको सेवा सुविधा अलि कम भयो भन्ने कुरा पनि उठाउनु भएको छ । मलाई पनि लाग्छ, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको सेवा सुविधा कम र निजामति कर्मचारीहरुको, शिक्षकहरुको सेवा सुविधा कम भएको छ भन्ने मलाई पनि लागेको छ । तर मुलुकको एउटै समस्या के हो भने हामी अर्थतन्त्रमा जति माथि आउनुपर्ने हो त्यति आइरहेका छैनौँ । अहिले केही लयहरु समात्न थालेको कुराहरु अर्थमन्त्रीज्युबाट स्पष्ट भएको छ । अगामी दिनमा यो सेवा सुविधालाई राज्य बलियो हुँदै जाँदा बढाउने कुरामा रक्षा मन्त्रालय र म सकारात्मक छु ।’

उनले नेपाली सेनाले निर्माण गरिरहेका पूर्वाधार योजनाहरु समेत अन्तिम चरण रहेको उल्लेख गरे ।


प्रकाशित मिति: १८ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?