Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

विद्युत पहुँच दुई वर्षभित्र शतप्रतिशत पुर्याउने सरकारको लक्ष्य


काठमाडौँ। उर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आगामी दुई वर्षभित्र देशभर विद्युत पहुँच शतप्रतिशत पुर्याउने सरकारको लक्ष्य रहेको बताएका छन् ।

बुधवार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री खड्काले यस्तो बताएका हुन् । उनले दुई वर्षपछि वार्षिक प्रतिव्यक्ति विद्युत खपत १५०० युनिट पुग्ने लक्ष्यका साथ कार्यक्रमहरु अगाडि बढाइएको बताए । उनले यो लक्ष्य हासिल भएमा मुलुक उर्जा निर्यात गर्ने राष्ट्रको रूपमा स्थापित र ८८ अर्ब ८६ करोड रुपैयाँ राजस्व संकलन हुने विश्वास व्यक्त गरे । उनले विद्युत पूर्वाधार तथा आयोजना निर्माणका क्रममा ८ लाख ६५ हजार १ सय ८८ जनाले प्रत्यक्ष रोजगारी पाउने दाबी गरे ।

उनले भने, ‘विद्युत पहुँच अबको दुई वर्षभित्रमा शतप्रतिशत गर्नेगरी लक्ष्य राखेर काम गरिराखेका छौँ । वार्शिक प्रतिव्यक्ति विद्युत खपत १५०० युनिट यो दश वर्षमा पुर्याइने भन्ने लक्ष्यका साथ काम भइरहेको छ । यसले मुलुकलाई उर्जा निर्यात गर्ने देशको रुपमा स्थापित गर्ने कुरा पनि म निवेदन गर्न चाहान्छु । यो लक्ष्यलाई हासिल गर्दैगर्दा राजश्व ८८.८६ अर्ब संकलन हुनेछ । कुल अनुमानित रोजगारी सिर्जना आठ लाख ६५ हजार एक सय ८८ जनाले प्रत्यक्ष रोजगारी पाउने छन् । यसले अप्रत्यक्ष रुपमा पनि लाखौँ रुपमा सिर्जना गर्नेछ । यो लक्ष्यलाई कार्यान्वयन गर्नेगरी सरकारले आफ्नो कामकारबाही अगाडि बढाएको छ ।’

सरकारले सन् २०३५ भित्रमा २८ हजार पाँच सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको र सोहीअनुसार कार्यक्रम अघि बढाइएको पनि मन्त्री खड्काले बताएका छन् ।


प्रकाशित मिति: १८ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?