Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

विद्युत पहुँच दुई वर्षभित्र शतप्रतिशत पुर्याउने सरकारको लक्ष्य


काठमाडौँ। उर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आगामी दुई वर्षभित्र देशभर विद्युत पहुँच शतप्रतिशत पुर्याउने सरकारको लक्ष्य रहेको बताएका छन् ।

बुधवार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री खड्काले यस्तो बताएका हुन् । उनले दुई वर्षपछि वार्षिक प्रतिव्यक्ति विद्युत खपत १५०० युनिट पुग्ने लक्ष्यका साथ कार्यक्रमहरु अगाडि बढाइएको बताए । उनले यो लक्ष्य हासिल भएमा मुलुक उर्जा निर्यात गर्ने राष्ट्रको रूपमा स्थापित र ८८ अर्ब ८६ करोड रुपैयाँ राजस्व संकलन हुने विश्वास व्यक्त गरे । उनले विद्युत पूर्वाधार तथा आयोजना निर्माणका क्रममा ८ लाख ६५ हजार १ सय ८८ जनाले प्रत्यक्ष रोजगारी पाउने दाबी गरे ।

उनले भने, ‘विद्युत पहुँच अबको दुई वर्षभित्रमा शतप्रतिशत गर्नेगरी लक्ष्य राखेर काम गरिराखेका छौँ । वार्शिक प्रतिव्यक्ति विद्युत खपत १५०० युनिट यो दश वर्षमा पुर्याइने भन्ने लक्ष्यका साथ काम भइरहेको छ । यसले मुलुकलाई उर्जा निर्यात गर्ने देशको रुपमा स्थापित गर्ने कुरा पनि म निवेदन गर्न चाहान्छु । यो लक्ष्यलाई हासिल गर्दैगर्दा राजश्व ८८.८६ अर्ब संकलन हुनेछ । कुल अनुमानित रोजगारी सिर्जना आठ लाख ६५ हजार एक सय ८८ जनाले प्रत्यक्ष रोजगारी पाउने छन् । यसले अप्रत्यक्ष रुपमा पनि लाखौँ रुपमा सिर्जना गर्नेछ । यो लक्ष्यलाई कार्यान्वयन गर्नेगरी सरकारले आफ्नो कामकारबाही अगाडि बढाएको छ ।’

सरकारले सन् २०३५ भित्रमा २८ हजार पाँच सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको र सोहीअनुसार कार्यक्रम अघि बढाइएको पनि मन्त्री खड्काले बताएका छन् ।


प्रकाशित मिति: १८ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?