Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

धार्मिक पर्यटकलाई विशेष प्राथमिकता दिनुपर्छः सांसद ढकाल


काठमाडौँ। नेकपा एमाले सांसद एकनाथ ढकालले नेपालले धार्मिक पर्यटकलाई विशेष प्राथमिकता दिएर अघि बढ्न जरुरी रहेको बताएका छन् ।

बुधवारको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिले भइरहेको चुनौतिहरु समाधान गर्नेगरी पर्यटन प्रवद्र्धनमा लाग्न जरुरी रहेको बताए । विमानस्थलबाट बौद्ध धर्मावलम्वी पर्यटकहरुलाई छुट्टै काउण्टर निर्माण गरी फास्ट ट्रयाकमा आउन दिनुपर्ने बताए । विमानस्थलदेखि नै पर्यटकमैत्री वातावरण निर्माण गर्न जरुरी रहेको बताएका छन् । धार्मिक आस्थामा आउने पर्यटकहरु धेरै अनुशासित हुने बताए । धार्मिक पर्यटकका लागि पर्यटन बोर्डले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।

उनले भने, ‘हाम्रो भगवान गौतम बुद्ध जन्मेको देश नेपाल, हामी जहिले पनि भन्छाँै । सगरमाथा भएको देश नेपाल । एयरपोर्टमा एउटा काउण्टरबाट फास्ट ट्रयाकमा आउन दिनलाई के हुन्छ ? सबै बौद्धमार्गी देशमा फास्ट ट्रयाकमा आउन दिन्छन् । उनीहरुलाई सम्मानको रुमपा दिएको हुन्छ । मैले बोले पनि त्यो हुन सकेको छैन । एयरपोर्टबाट नै पर्यटकमैत्री वातावरण सिर्जना गर्नुपर्छ । देशमा पर्यटनमैत्री वातावरणको निर्माण गर्नुपर्छ । नेपालको सन्दर्भमा हामीले धार्मिक पर्यटकलाई नै प्राथमिकता दिनुपर्छ ।’

सांसद ढकालले चीन र भारतको सम्बन्ध नेपालमा विशेष रहेको र धार्मिक आस्थाका हिसावले पनि आउने गरेको बताएका हुन् ।


प्रकाशित मिति: १८ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?