Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

धार्मिक पर्यटकलाई विशेष प्राथमिकता दिनुपर्छः सांसद ढकाल


काठमाडौँ। नेकपा एमाले सांसद एकनाथ ढकालले नेपालले धार्मिक पर्यटकलाई विशेष प्राथमिकता दिएर अघि बढ्न जरुरी रहेको बताएका छन् ।

बुधवारको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिले भइरहेको चुनौतिहरु समाधान गर्नेगरी पर्यटन प्रवद्र्धनमा लाग्न जरुरी रहेको बताए । विमानस्थलबाट बौद्ध धर्मावलम्वी पर्यटकहरुलाई छुट्टै काउण्टर निर्माण गरी फास्ट ट्रयाकमा आउन दिनुपर्ने बताए । विमानस्थलदेखि नै पर्यटकमैत्री वातावरण निर्माण गर्न जरुरी रहेको बताएका छन् । धार्मिक आस्थामा आउने पर्यटकहरु धेरै अनुशासित हुने बताए । धार्मिक पर्यटकका लागि पर्यटन बोर्डले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।

उनले भने, ‘हाम्रो भगवान गौतम बुद्ध जन्मेको देश नेपाल, हामी जहिले पनि भन्छाँै । सगरमाथा भएको देश नेपाल । एयरपोर्टमा एउटा काउण्टरबाट फास्ट ट्रयाकमा आउन दिनलाई के हुन्छ ? सबै बौद्धमार्गी देशमा फास्ट ट्रयाकमा आउन दिन्छन् । उनीहरुलाई सम्मानको रुमपा दिएको हुन्छ । मैले बोले पनि त्यो हुन सकेको छैन । एयरपोर्टबाट नै पर्यटकमैत्री वातावरण सिर्जना गर्नुपर्छ । देशमा पर्यटनमैत्री वातावरणको निर्माण गर्नुपर्छ । नेपालको सन्दर्भमा हामीले धार्मिक पर्यटकलाई नै प्राथमिकता दिनुपर्छ ।’

सांसद ढकालले चीन र भारतको सम्बन्ध नेपालमा विशेष रहेको र धार्मिक आस्थाका हिसावले पनि आउने गरेको बताएका हुन् ।


प्रकाशित मिति: १८ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?