Trending
>>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह >>   जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) >>   टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम >>   सन् २०१३ को रेहानली बम विष्फोटका मुख्य योजनाकार टर्कीमा पक्राउ >>   किर्गिस्तानले अन्तरिक्षमा पठायो पहिलो राष्ट्रिय भू–उपग्रह >>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

रारालाई लेक सिटीको रुपमा विकास गरौँः सांसद जबरा


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद डा. धवलसमशेर जबराले रारालाई लेक सिटीको रुपमा विकास गर्न माग गरेका छन् ।

बुधवारको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो प्रश्ताव गरेका हुन् । उनले नेपालमा धेरै अवसर रहेको बताउँदै रारा क्षेत्रलाई लेक सिटी क्षेत्रको रुपमा विकास गर्न जरुरी रहेको बताए । रारालाई लेक सिटीको रुपमा विकास गर्नसके कर्णालीको कायापलट हुने जिकिर गरे । उनले भारतीय पर्यटकहरुलाई नेपालमा चोरको जस्तो व्यवहार गर्ने गरेको बताए ।

उनले भने, ‘कति अपच्र्युनिटी छ । रारालाई हामीले एउटा लेक सिटी डेभलप गर्न डिपिआर त गरौँ । अनि न इन्भेष्टरहरु आउँछ । यस्ता लङ टर्मकुराहरु धेरै असर पर्ने कुराहरु त्यो लेक सिटी रारा भयो भने त कर्णालीको कायापलट हुन्छ । ट्राइ त गरौँ । यस्तो ठूलो भिजनरी कुराहरु गर्नुपर्छ । हामी टुरिजम फ्रेण्ड्ली हामी छैनौँ । भारतीय गाडी चढेर नेपाल आउनुस् त डाका आए जस्तो गर्दछन् । चोर्न आएको जस्तो गर्दछन् ।’

सांसद जबराले भारत र चीनका पर्यटक भित्र्याउनसके अन्य देशहरुलाई हेर्न नपर्ने बताएका छन् ।


प्रकाशित मिति: १८ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?