Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

रारालाई लेक सिटीको रुपमा विकास गरौँः सांसद जबरा


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद डा. धवलसमशेर जबराले रारालाई लेक सिटीको रुपमा विकास गर्न माग गरेका छन् ।

बुधवारको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो प्रश्ताव गरेका हुन् । उनले नेपालमा धेरै अवसर रहेको बताउँदै रारा क्षेत्रलाई लेक सिटी क्षेत्रको रुपमा विकास गर्न जरुरी रहेको बताए । रारालाई लेक सिटीको रुपमा विकास गर्नसके कर्णालीको कायापलट हुने जिकिर गरे । उनले भारतीय पर्यटकहरुलाई नेपालमा चोरको जस्तो व्यवहार गर्ने गरेको बताए ।

उनले भने, ‘कति अपच्र्युनिटी छ । रारालाई हामीले एउटा लेक सिटी डेभलप गर्न डिपिआर त गरौँ । अनि न इन्भेष्टरहरु आउँछ । यस्ता लङ टर्मकुराहरु धेरै असर पर्ने कुराहरु त्यो लेक सिटी रारा भयो भने त कर्णालीको कायापलट हुन्छ । ट्राइ त गरौँ । यस्तो ठूलो भिजनरी कुराहरु गर्नुपर्छ । हामी टुरिजम फ्रेण्ड्ली हामी छैनौँ । भारतीय गाडी चढेर नेपाल आउनुस् त डाका आए जस्तो गर्दछन् । चोर्न आएको जस्तो गर्दछन् ।’

सांसद जबराले भारत र चीनका पर्यटक भित्र्याउनसके अन्य देशहरुलाई हेर्न नपर्ने बताएका छन् ।


प्रकाशित मिति: १८ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?