Trending
>>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर >>   भक्तपुरको दुवाकोटमा पनि काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पताल >>   विशेष महाधिवेशनको नाममा भएको ५ महिने झगडा नै काँग्रेस पराजयको मुख्य कारकः नेता घिमिरे >>   राष्ट्रिय परिचय पत्र र नागरिकता प्रणालीबीच अन्तरआवद्धता शुरु, अब छुट्टाछुट्टै फारम भर्नु नपर्ने
Logo
८ चैत्र २०८२, आईतवार
८ चैत्र २०८२, आईतवार

राष्ट्रिय ट्रमा सेन्टरमा आईसियु सेवा थप र एमआरआई जडान गर्न सरकारको ध्यानाकर्षण


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)का सांसद घनश्याम रिजालले राजधानीस्थित राष्ट्रिय ट्रमा सेन्टरमा आईसियु सेवा विस्तार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रिय सभाको बुधवारको बैठकमा बोल्दै सांसद रिजालले ट्रमा सेन्टरमा आईसियु सेवा विस्तार तथा एमआरआई सेवा संचालन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले अन्तर्राष्ट्रिय प्रोटोकलअनुसार ट्रमा अस्पतालमा बेड क्षमताको कम्तीमा ३० प्रतिशत आईसियु सेवा उपलब्ध हुनुपर्नेमा ट्रमा सेन्टरमा उक्त मापदण्डको पालना नगरिएको बताए । उनका अनुसार ट्रमा अस्पतालमा हाल २०० बेडमध्ये १० वटा मात्रै आईसियु कक्ष संचालनमा छन् । उनले ट्रमा सेन्टरमा अहिले कार्यरत जनशक्तिले नै थप ५० आईसियु सेवा दिनसक्ने सम्भावना रहेको भन्दै तत्काल सेवा विस्तार र एमआरआई जडानका लागि सरकारसँग माग गरे ।

उनले भने, ‘ट्रमा अस्पतालको प्रोटोकलअनुसार अस्पतालको बेड क्षमताको ३० प्रतिशत आईसियु सेवा उपलब्ध हुनुपर्छ भन्ने छ । नेपाल सरकारको एकमात्र विशिष्टकृत ट्रमा सेन्टरमा दुई सय बेडको क्षमता भएपनि जम्मा १० बेडमात्र आईसियु सेवा रहेको छ । यो अस्पतालमा अति आवश्यक पर्ने एमआरआई सेवा समेत नरहेको अवस्था छ । चिकित्सककाअनुसार ट्रमा बिरामीहरुलाई चार घण्टाभित्र उपचार सेवा दिनुपर्ने हुन्छ । तर त्यहाँ आईसियु सेवा नहुँदा विरामीहरुलाई अन्यत्र निजी अस्पतालमा लैजानुपर्ने बाध्यता छ । कतिपय अवस्थामा विरामीको मृत्यु समेत हुने गरेको छ । अस्पताल प्रशासनका अनुसार राष्ट्रिय ट्रमा अस्पतालमा अहिले भएको जनशक्तिले नै प्रोटोकलअनुसारको थप ५० आईसियु दिनसक्ने भएकाले त्यहाँ तत्काल आईसियु सेवा विस्तार गर्न र एमआरआई सेवा समेत तत्काल व्यवस्था गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु ।’

उनले ट्रमा बिरामीहरुले आईसियुको अभावमा अन्यत्र जानुपर्ने तथा अकालमै ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराए ।


प्रकाशित मिति: १८ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?