Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

एसईई दिएका विद्यार्थीहरूलाई निः शुल्क सिमकार्ड दिँदै टेलिकम, कसरी लिने ? के-के पाइन्छ सुविधा ?


२४ चैत, काठमाडाैँ । एसईई दिएका विद्यार्थीहरूलाई नेपाल टेलिकमले निः शुल्क सिमकार्ड उपलब्ध गराउने भएको छ । एसईई अफर-२०७९ अन्तर्गत टेलिकमले निः शुल्क सिमकार्ड उपलब्ध गराउने भएको हो ।

विद्यार्थीहरू निः शुल्क पाएको सिममा थप सुविधा समेत पाउनेछन् ।

टेलिकमले दिएको जानकारी अनुसार सिमकार्ड लिएर एक्टिभेट गर्ने बित्तिकै विद्यार्थीहरूले १० रूपैयाँ बोनस, ६० एमबी डेटा, ४०  मिनेट भ्वाइस प्याक र ३० वटा एसएमएस सुविधा निः शुल्क पाउनेछन् ।

त्यसैगरी, प्रतिदिन १०० एमबिका दरले ३० दिनसम्म ३००० हजार एमबि डेटा, प्रतिदिन २० मिनेटका दरले ६०० मिनेट भ्वाइस प्याक र प्रतिदिन १० का दरले ३०० वटा एमसएस एक महिनासम्म पाउनेछन् ।

त्यस्तै, रिचार्ज बोनस अन्तर्गत ५०० एमबी डेटा, ५० मिनेट भ्वाइस प्याक र ५० वटा एसएमएस पाउनेछन् । तर, एक पटकमा ५० रूपैयाँ भन्दा बढी रिचार्ज गर्नु पर्ने जनाइएको छ ।

विद्यार्थीहरूले एसईई प्रवेश पत्रको प्रतिलिपी वा कक्षा १० को ग्रेड सीट, १ प्रति फोटो, आफ्नो परिचय पत्र वा अभिभावकको परिचयपत्र लिइ नजिकको टेलिकम कार्यालयमा गएर निः शुल्क सिम लिन सक्नेछन् ।

यो योजना २०२९ चैत्र २४ गतेदेखि ९० दिनसम्म मात्रै लागु हुने टेलिकमले प्रष्ट पारेको छ ।


प्रकाशित मिति: २४ चैत्र २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?