Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

एसईई दिएका विद्यार्थीहरूलाई निः शुल्क सिमकार्ड दिँदै टेलिकम, कसरी लिने ? के-के पाइन्छ सुविधा ?


२४ चैत, काठमाडाैँ । एसईई दिएका विद्यार्थीहरूलाई नेपाल टेलिकमले निः शुल्क सिमकार्ड उपलब्ध गराउने भएको छ । एसईई अफर-२०७९ अन्तर्गत टेलिकमले निः शुल्क सिमकार्ड उपलब्ध गराउने भएको हो ।

विद्यार्थीहरू निः शुल्क पाएको सिममा थप सुविधा समेत पाउनेछन् ।

टेलिकमले दिएको जानकारी अनुसार सिमकार्ड लिएर एक्टिभेट गर्ने बित्तिकै विद्यार्थीहरूले १० रूपैयाँ बोनस, ६० एमबी डेटा, ४०  मिनेट भ्वाइस प्याक र ३० वटा एसएमएस सुविधा निः शुल्क पाउनेछन् ।

त्यसैगरी, प्रतिदिन १०० एमबिका दरले ३० दिनसम्म ३००० हजार एमबि डेटा, प्रतिदिन २० मिनेटका दरले ६०० मिनेट भ्वाइस प्याक र प्रतिदिन १० का दरले ३०० वटा एमसएस एक महिनासम्म पाउनेछन् ।

त्यस्तै, रिचार्ज बोनस अन्तर्गत ५०० एमबी डेटा, ५० मिनेट भ्वाइस प्याक र ५० वटा एसएमएस पाउनेछन् । तर, एक पटकमा ५० रूपैयाँ भन्दा बढी रिचार्ज गर्नु पर्ने जनाइएको छ ।

विद्यार्थीहरूले एसईई प्रवेश पत्रको प्रतिलिपी वा कक्षा १० को ग्रेड सीट, १ प्रति फोटो, आफ्नो परिचय पत्र वा अभिभावकको परिचयपत्र लिइ नजिकको टेलिकम कार्यालयमा गएर निः शुल्क सिम लिन सक्नेछन् ।

यो योजना २०२९ चैत्र २४ गतेदेखि ९० दिनसम्म मात्रै लागु हुने टेलिकमले प्रष्ट पारेको छ ।


प्रकाशित मिति: २४ चैत्र २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?