Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

नेपाल विदेशी एयरलाइन्सहरुको लागि आकर्षक गन्तव्य बनिरहेको छः पूर्वसचिव थापा


काठमाडौँ। नेपाल सरकारका पूर्वसचिव किशोर थापाले नेपाल विदेशी एयरलाइन्सहरुको लागि आकर्षक गन्तव्य भइरहेको बताएका छन् ।

आईतवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका छन् । उनले अहिले पनि धेरै विदेशी एयरलाइन्सहरुले नेपालमा उडान भर्ने चाहना राखिरहेको र आइरहेको पनि उल्लेख गरेका छन् । विदेशी एयरलाइन्सहरुले उडानको संख्या बढाउन चाहिरकोे सन्दर्भमा नेपालले उनीहरुलाई अझै सहुलियतहरुको व्यवस्था गरी थप उडानका लागि प्रोत्साहित गर्नुपर्ने बताए । नेपालको सिभिल एभिइशनको वल्र्डबाइड मार्केट छिमेकी देशहरु नै रहेको बताउँदै युरोपमा ब्ल्याक लिस्टमा परेर कुनै असर नहुने बताएका छन् ।

उनले भने, ‘अहिले नेपाल विदेशी एयरलाइन्सहरुको लागि आकर्षक गन्तव्य भइरहेकै छ । धेरै विदेशी एयरलाइन्सहरु नेपालमा उडान भर्न चाहन्छन् । आइरहेका पनि छन् । उडानको संख्या बढाउन चाहन्छन् । त्यसले त हामीलाई केही फरक परेको छैन । अर्को कुरा हामी सिभिल एभिइशनको वल्र्डबाइड मार्केट हेर्दा पनि के देखिन्छ भने ज्यादा एभिएशनको मार्केट एशिया प्यासिफिक क्षेत्रमा नै छ । नेपाली एयरलाइन्सहरुलाई यो क्षेत्रमा अपरेट गर्न कुनै रोकतोक छैन । हाम्रो धेरै मार्केट भनेको ६ देखि सात घण्टाको डिस्टेन्समा छ । युरोपियन युनियनको ब्ल्याक लिस्टमा परेपनि कुनै समस्या छैन । क्यानको सेफ्टी अडिट र फंगसनमा सुधार गर्दा पनि ब्ल्याक लिस्टबाट हट्न सक्ने अवस्था छ ।’

उनले गैरसैनिक हवाई उडान ऐन, २०१५ रहेको तर अहिलेका विधेयकमा कतै उल्लेख भएको नपाइएको बताए ।


प्रकाशित मिति: १५ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?