Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

‘नेपाल नागरिक उड्डयन प्राधिकरण’ र ‘नेपाल हवाई सेवा प्राधिकरण’ लाई पूर्ण स्वतन्त्र बनाइनुपर्छः पूर्वमहानिर्देशक सुमन


काठमाडौँ। नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिश सुमनले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण’ र ‘नेपाल हवाई सेवा प्राधिकरण’ लाई स्वतन्त्र प्राधिकरणका रुपमा विकास गर्नुपर्ने बताएका छन् ।

आईतवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणमा ट्क्राएर नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई सेवा प्राधिकरण गरी दुई प्राधिकरण बनाउने गरी विधेयक ल्याएको छ । नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि विषय विज्ञहरूबाट प्रस्तुतिकरण र छलफलका क्रममा उनले दुई वटा प्राधिकरणलाई नै स्वतन्त्र बनाइनुपर्ने बताए । यो टुक्राएको नभइ दुई जना महानिर्देशक मात्रै राखेको तर त्यसको अध्यक्षमा एउटामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र अर्कोको अध्यक्ष पर्यटन सचिव रहने व्यवस्था रहेको बताए । यसलाई टुक्राएको भन्न नमिल्ने उनको तर्क छ । तर दुई वटा विभाग नै स्वतन्त्र हुनुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘कम्प्लिट इन्डिपेडेन्ट भयो भने राम्रो हो । हामी कहाँ डिभिजन गरिरहेका छौँ । दुई वटा डिजी बनाइरहेका छौँ । त्यति मात्रै त हो । मन्त्रीज्यु त एउटै हुनुहुन्छ । कहाँ हामीले डिभाइड गरेका छाँै । एउटामा मन्त्रीज्यु अध्यक्ष हुनुहुन्छ, अर्कोमा सचिवज्यु अध्यक्ष हुनुहुन्छ । दुई वटा कम्प्लिट इन्डिपेन्डेन्ट बनाउनुपर्छ । जो स्वतन्त्र होस् । होइन भने एउटै भएपनि स्वतन्त्र होस् । दुई वटै स्वतन्त्र हुनुपर्छ ।’

अहिले नागरिक उड्डयन प्राधिकरणको दुईथरी काम छ । पहिलो, नियमन तथा सुपरीवेक्षणको काम र दोस्रो, सञ्चालन र व्यवस्थापन । सरकारले ल्याएको उक्त विधेयकमा दुई प्राधिकरणमध्ये नेपाल नागरिक उड्डयन प्राधिकरण पहिलो अर्थात नियमन र सुपरिवेक्षणको अधिकार दिइएको छ । नेपाल हवाई सेवा प्राधिकरणलाई भने दोस्रो अर्थात सञ्चालन र व्यवस्थापनको जिम्मेवारी दिनेगरी व्यवस्था गरिएको छ । अहिले प्राधिकरणले दुवै कामलाई फरकफरक निर्देशनालयमार्फत सञ्चालन गर्दै आएको थियो । तर नियामक निकाय र नियमित हुने निकाय फरकफरक हुनुपर्ने आईकाओको प्रावधान रहेको भन्दै सरकारले दुईवटा निर्देशनालयलाई फरक फरक प्राधिकरण बनाउन लागेको हो ।


प्रकाशित मिति: १५ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?