Trending
>>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन >>   संसदीय अधिवेशन कानून निर्माण र जनजीविकामा केन्द्रित रह्योः सांसद ढकाल >>   ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित >>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

महकाली सन्धी कार्यान्वयन गर्दै पञ्चेश्वर परियोजना निकट भविष्यमै अघि बढाउँछुः प्रधानमन्त्री ओली


काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार अहिले पनि महाकाली परियोजनासम्बन्धी सम्झौता कार्यान्वयन गर्ने पक्षमा रहेको बताएका छन् ।

शनिवार काठमाडौंमा जननेता मदनकुमार भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा आयोजित जबजका तीन दशक विषयक राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले महकाली सन्धीको पक्षमा तत्कालीन समयमा धेरै विरोध भएपनि अहिले सबै राजनीतिक दलहरु महकाली सन्धी कार्यान्वयनको पक्षमा रहेको बताए । निकट भविष्यमै महकाली सन्धी सम्झौता कार्यान्वयन गर्दै पञ्चेश्वर परियोजना कार्यान्वयन गर्ने पक्षमा सरकार रहेको बताए । चाँदनी दोधारामा १० क्युमेक्स पानी ल्याउने कुरामा सरकारले फेरि अघि बढाउने बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘महाकाली इस्यु भनेको त्यसबेला राष्ट्रवादको झण्डा देखाएर महाकाली, महाकाली भन्दै कुद्ने स्थिति भयो । नक्कली, आडम्बरी, पाखण्डी कुरा थियो । त्यसमा कुनै दम थिएन । कुनै सहीपना थिएन । अब अहिले पनि म भन्न चाहन्छु, महाकाली परियोजनासम्बन्धी सम्झौता कार्यान्वयन गर्ने पक्षमा अहिले पनि सरकार छ । अहिले कार्यान्वयनको पक्षमा सबै छन् । म पनि छु । सम्भवतः सम्भव भएसम्म हामी निकट भविष्यमा महकाली सन्धी सम्झौता कार्यान्वयन गर्दै पञ्चेश्वर परियोजना कार्यान्वयन गर्दछौँ । यो गर्नपर्ने चिज छ । त्यस सम्झौताअन्तर्गत हामी बिजुलीको पैसा लिइरहेका छौँ । त्यससम्झौताअन्तर्ग पैसा लिन्छौँ, त्यस सम्झौताअन्तर्गत चाँदनी दोधारामा १० क्युमेक्स पानी पहिला म प्रधानमन्त्री हुँदा कुरा गरेको थिएँ, अब फेरि कुरा अघि बढाउँछु र त्यहाँ पानी हामी लिन्छौँ, चाँदनी दोधारामा । त्यो सन्धी ठिक छ । तर त्यसबेला देश बेचे, मासे, खाए, नदी बेचे भने । कुनै नदी खोला बेचेका थिएनन् । नेकपा एमाले राष्ट्रको सार्वभौमिक सत्ता, प्रभुत्व, भौगोलिक अखण्डता, देशको हित, स्वाधिनता, स्वाभिमान केहीलाई पनि बेच्ने त कल्पनै छोडौँ, अलिकति पनि तलमाथि हुन दिँदैन ।’

प्रधानमन्त्री ओलीले नेकपा एमालेले राष्ट्रको सार्वभौमिक सत्ता, प्रभुत्व, भौगोलिक अखण्डता, देशको हित, स्वाधिनता, स्वाभिमानलाई तलमाथि हुन नदिने बताए ।


प्रकाशित मिति: १४ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?