Trending
>>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह >>   जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) >>   टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम >>   सन् २०१३ को रेहानली बम विष्फोटका मुख्य योजनाकार टर्कीमा पक्राउ >>   किर्गिस्तानले अन्तरिक्षमा पठायो पहिलो राष्ट्रिय भू–उपग्रह >>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

एमालेलाई कसैले फुटाउन सक्दैन, पार्टीबाट त्यत्रो लाभ लिएकाहरु पार्टी फुटाउन लागेः अध्यक्ष ओली


काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले रक्तबीज झैँ भएको टिप्पणी गरेका छन् ।

शनिवार काठमाडौंमा जननेता मदनकुमार भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा आयोजित जबजका तीन दशक विषयक राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले एमाले रक्तबीज झैँ भएकाले एउटामाथि हमला गरे अरु धेरै राम्रा मान्छेहरु एमालेमा जन्मिने बताए । एमालेलाई फुटाउन कसैले खोजे त्यो सम्भव नरहेको चेतावनी दिए । एमालेले जबज जपेर बस्ने नभइ कार्यान्वयन गरिरहेको बताए । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालप्रति लक्षित गर्दै पार्टीले दिएको सुविधाहरु लिएर पार्टी फुटाउन लागेको बताए । पार्टीकै सुविधा लिएर पार्टी फुटाउन लाग्नेहरुलाई लाज हुनुपर्दैन ? उनको प्रश्न छ ।

प्रधानमन्त्री ओलीले भने, ‘नेकपा एमालेले सबै गलत प्रवृत्तिहरुलाई चिन्ने, तिनलाई पराजित गर्ने र सही विचार अघि बढाउने काम गर्दछ । त्यो सामथ्र्य नेकपा एमालेमा छ । यो रक्तबीज जस्तो छ । रक्तबीज एउटालाई काट्यो भने त्यसको रगत जति छरिन्छ, त्यति धेरै रक्तबीजहरु जन्मिन्थे । यो त्यस्तै हो । यसलाई दबाएर, यसलाई फुटाउँछु भन्ने पनि कसैले सोच्यो भने सम्भव छैन । किनभने ठूलाठूला महारथीहरु, फुटाउनेहरु देखिए, ति सबै असफल भए । जननेता मदन भण्डारीले अघि सार्नुभएका विचारहरुको कार्यान्वयनको तीन दशक हो । हामी जबज जपेर बसेका छैनौँ, कार्यान्वयन गरेर बसेका छौँ । त्यसको विकास गरेर बसेका छाँै । त्यत्रो लाभ सुविधा लिएका मानिसहरु पार्टी सिध्याउन लागे, शर्म हुनु पर्दैन ? त्यही पार्टीले के के बनायो, त्यही पार्टी सिध्याउन लाग्ने, लाज हुनुपर्दैन तिनलाई ?’

प्रधानमन्त्री ओलीले नेकपा एमाले भकिम्लाको काठ जस्तो कमजोर नभएको बताए ।


प्रकाशित मिति: १४ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?