Trending
>>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन >>   संसदीय अधिवेशन कानून निर्माण र जनजीविकामा केन्द्रित रह्योः सांसद ढकाल >>   ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित >>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

साधारण खर्चमा नभई पुँजी निर्माणमा ऋणको प्रयोग हुन जरुरीः सांसद महत


काठमाडौँ। नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले साधारण खर्चका लागि आन्तरिक ऋण लिने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताएका छन् ।

प्रतिनिधि सभाको शनिवारको बैठकमा बोल्दै सांसद पाण्डेले यस्तो बताएका हुन् । तलब, भत्ता, प्रशासनिक खर्चजस्ता निरन्तर दोहोरिने खर्चमा ऋण प्रयोग हुनु अर्थतन्त्रका लागि दीर्घकालीन जोखिम उनको भनाइ छ । उनले सरकारलाई खर्चको प्राथमिकता पुनःसंरचना गर्न र ऋणको सदुपयोग सुनिश्चित गर्न आग्रह गरे । उनले साधारण खर्चमा नभई पूँजी निर्माणमा ऋणको प्रयोग हुन जरुरी रहेको बताए ।

उनले भने, ‘हरेक वर्ष आन्तरिक ऋणको आकार बढ्दैछ । आन्तरिक ऋण लिनुपनि पर्छ । तर के का लागि लिने ? किन लिने ? भन्ने विषयमा सरकार गम्भिर हुनुपर्ने आवश्यकता छ । हाम्रो जुन खर्चको आकार बढ्दैछ । साधारण खर्च ठुलो छ । त्यो साधारण खर्चको लागि आन्तरिक ऋण लिँदै जाने हो र त्यसको आकार बढाउँदै जाने हो भने यो दिगो हुँदैन । यसको लागि आउने दिनमा हामीले गम्भिर रुपमा समिक्षा गर्नुपर्छ । अहिले नै हेर्ने हो भने हाम्रो आन्तरिक ऋणको ठूलो हिस्सा साधारण खर्चमा गइरहेको छ । तलबभत्ता लगायतका कुराको लागि हामीले ऋण उठाइरहेका छौँ । अहिले हाम्रो बाह्यभन्दा आन्तरिक ऋण बढिरहेको छ । यसतर्फ सरकारको गम्भिर ध्यान जानुपर्छ ।’

नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले ऋणको सदुपयोग गर्ने सवालमा सरकार गम्भिर बन्न जरुरी रहेको बताए
। उनले साधारण खर्चको लागि पनि जम्मै पैसा सरकारले लिएपछि निजी क्षेत्रले के पाउँछ ? उनको प्रश्न छ । हरेक वर्ष बजेट निर्माणको क्रममा ठुलो ब्याजदरमा आन्तरिक ऋण लिँदै जाने हो भने अर्थतन्त्र र उत्पादनमा गम्भिर प्रभाव पर्ने भन्दै उनले सरकारको ध्यानाकर्षण गराए । उनले पूँजी निर्माण गर्ने उत्पादन दिने कुरामा मात्र आन्तरिक वा बाह्य ऋणको प्रयोग हुनुपर्नेमा जोड दिए ।

उनले मिटरब्याजको समस्या गम्भिर बन्दै गएको उल्लेख गर्दै यसको समाधानका लागि सरकार गम्भिर हुन जरुरी रहेको बताए ।


प्रकाशित मिति: १४ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?