Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

साधारण खर्चमा नभई पुँजी निर्माणमा ऋणको प्रयोग हुन जरुरीः सांसद महत


काठमाडौँ। नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले साधारण खर्चका लागि आन्तरिक ऋण लिने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताएका छन् ।

प्रतिनिधि सभाको शनिवारको बैठकमा बोल्दै सांसद पाण्डेले यस्तो बताएका हुन् । तलब, भत्ता, प्रशासनिक खर्चजस्ता निरन्तर दोहोरिने खर्चमा ऋण प्रयोग हुनु अर्थतन्त्रका लागि दीर्घकालीन जोखिम उनको भनाइ छ । उनले सरकारलाई खर्चको प्राथमिकता पुनःसंरचना गर्न र ऋणको सदुपयोग सुनिश्चित गर्न आग्रह गरे । उनले साधारण खर्चमा नभई पूँजी निर्माणमा ऋणको प्रयोग हुन जरुरी रहेको बताए ।

उनले भने, ‘हरेक वर्ष आन्तरिक ऋणको आकार बढ्दैछ । आन्तरिक ऋण लिनुपनि पर्छ । तर के का लागि लिने ? किन लिने ? भन्ने विषयमा सरकार गम्भिर हुनुपर्ने आवश्यकता छ । हाम्रो जुन खर्चको आकार बढ्दैछ । साधारण खर्च ठुलो छ । त्यो साधारण खर्चको लागि आन्तरिक ऋण लिँदै जाने हो र त्यसको आकार बढाउँदै जाने हो भने यो दिगो हुँदैन । यसको लागि आउने दिनमा हामीले गम्भिर रुपमा समिक्षा गर्नुपर्छ । अहिले नै हेर्ने हो भने हाम्रो आन्तरिक ऋणको ठूलो हिस्सा साधारण खर्चमा गइरहेको छ । तलबभत्ता लगायतका कुराको लागि हामीले ऋण उठाइरहेका छौँ । अहिले हाम्रो बाह्यभन्दा आन्तरिक ऋण बढिरहेको छ । यसतर्फ सरकारको गम्भिर ध्यान जानुपर्छ ।’

नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले ऋणको सदुपयोग गर्ने सवालमा सरकार गम्भिर बन्न जरुरी रहेको बताए
। उनले साधारण खर्चको लागि पनि जम्मै पैसा सरकारले लिएपछि निजी क्षेत्रले के पाउँछ ? उनको प्रश्न छ । हरेक वर्ष बजेट निर्माणको क्रममा ठुलो ब्याजदरमा आन्तरिक ऋण लिँदै जाने हो भने अर्थतन्त्र र उत्पादनमा गम्भिर प्रभाव पर्ने भन्दै उनले सरकारको ध्यानाकर्षण गराए । उनले पूँजी निर्माण गर्ने उत्पादन दिने कुरामा मात्र आन्तरिक वा बाह्य ऋणको प्रयोग हुनुपर्नेमा जोड दिए ।

उनले मिटरब्याजको समस्या गम्भिर बन्दै गएको उल्लेख गर्दै यसको समाधानका लागि सरकार गम्भिर हुन जरुरी रहेको बताए ।


प्रकाशित मिति: १४ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?