Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

वाह्य ऋण पुँजी निर्माणमा खर्च गरिनेछः अर्थमन्त्री पौडेल


काठमाडौँ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वाह्य ऋण पुँजी निर्माणमा नै खर्च गरिने बताएका छन् ।

शनिवार प्रतिनिधि सभामा राष्ट्र ऋण उठाउने विधेयकमाथि उठेको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले वैदेशिक ऋण, अनुदानहरुलाई राष्ट्रिय पुँजी निर्माणमा लगाइने बताएका हुन् । उनका अनुसार वाह्य ऋण साधारण खर्चका निम्ति खर्च हुनुहुँदैन भन्ने पक्षमा सरकार छ ।

उनले भने–‘हामी स्पष्ट हुन जरुरी छ । साधारण खर्चका लागि ऋण लिने होइन । पुँजीगत खर्चका लागि लिनुपर्छ । उत्पादन उत्पादकत्व बढाउन ऋण लिनुपर्छ । यसका निम्ति आएका सुझावहरुप्रति सम्मान गर्न चाहन्छु । सरकारको दृष्टिकोण पनि त्यही नै हो । चालु र आगामी आवको राष्ट्र ऋणको तुलना गर्दा राजश्वले व्यहोर्ने दायित्व बढाएर प्रश्ताव गरिएको छ । यसको अर्थ हामी ऋणलाई पुँजी निर्माणको क्षेत्रमा खर्च गछौँ भन्ने नै हो ।’

अर्थमन्त्री पौडेलले ऋण लिएर तिर्ने अवस्था अहिले पनि रही रहेको बताए । विगतको दायित्व धेरै भएकाले अहिले संयमित तवरले नै ऋण लिइएको उनको भनाइ रहेको छ ।


प्रकाशित मिति: १४ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?