Trending
>>   पत्रकार महासंघले गर्‍यो आन्दोलनका कार्यक्रम घोषणा >>   मारवाडी सेवा समितिलाई सर्वोच्चको झट्का, गौशाला धर्मशाला पशुपतिमै फिर्ता >>   हिंसा र लुटपाटमार्फत सरकारबाट हटाइयो, आयोगहरुले निष्पक्ष छानविन गर्नुको सट्टा आरोपित गर्ने काम गरेः ओली >>   भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति >>   मोडिफाई गरेर चलाइएका ४०१ दुईपाङ्ग्रे सवारी कारबाहीमा >>   आन्दोलनको मानसिकता बनाएर बस्नू, कुनैपनि बेला आन्दोलनमा जानुपर्ने हुनसक्छ: केपी ओली >>   १९ विधामा उत्कृष्ट करदाता सम्मानित, सूर्य नेपालदेखि नबिल बैंकसम्म पुरस्कृत >>   ५० करोडसम्म कारोबार गर्ने कम्पनीमध्ये सर्वाधिक कर तिर्ने इम्पेरियल सेक्युरिटिज सम्मानित >>   मकवानपुरमा ६ किलो चरेससहित दुई जना पक्राउ >>   महाधिवेशनपछि बिग्रिएको खुलामञ्चको स्वरूप फर्काउँदै काँग्रेस, दुबो रोपेर दियो संरक्षणको सन्देश (तस्बिरसहित)
Logo
१ मंसिर २०८३, मंगलवार
१ मंसिर २०८३, मंगलवार

बजेटमा रहेका करसम्बन्धी केही प्रावधानहरु उद्योग, व्यवसाय र रोजगारीविरुद्ध छन्ः काँग्रेस सांसद महत


काठमाडौँ। नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले अगामी आर्थिक वर्षको बजेटमा रहेका करसम्बन्धी केही प्रावधानहरू उद्योग, व्यवसाय र रोजगारीमा प्रतिकूल असर पार्ने खालका रहेको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभाको शनिवारको बैठकमा बोल्दै सांसद महतले यस्तो बताएका हुन् । उनले वायर रडमा लाग्ने करलाई ५ प्रतिशतबाट १० प्रतिशत पुर्याइएकोप्रति आपत्ति जनाउँदै त्यसले उद्योग क्षेत्र कमजोर पार्ने र रोजगारी घटाउने खतरा टिप्पणी गरे । सांसद महतले सुन विलासी वस्तु नभएको कारण सुनचाँदीका गरगहनामा लगाइएको विलासी कर समेत खारेज गर्न माग गरे । उनले सुन आयातमा रहेको कोटा प्रणाली हटाउँदै सुन आयातलाई खुला बनाउनुपर्नेमा समेत जोड दिए । उनले आयुर्वेदिक औषधिमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने प्रस्ताव समेत पुनःविचार गर्न जरुरी रहेको बताए । कर नउठ्ने समस्या समाधान गर्न भ्याटको दायरा विस्तार गर्नुपर्ने भए पनि नस्वास्थ्यसँग जोडिएको क्षेत्रमा सावधानी अपनाउन आवश्यक रहेको सांसद महतको भनाइ छ ।

उनले भने, ‘वायर रडमा जुन ५ प्रतिशतबाट १० प्रतिशत कर पु¥याइरहेको छ त्यसले धेरै उद्योग व्यवसाय र रोजगारीमा असर पर्दैछ । त्यसलाई करेक्सन गर्न आवश्यक देख्दछु । त्यसैगरी सुन लक्जरी प्रोडक्ट होइन । बरु हामीले सुन आयात गर्दा नै छिमेकी देशहरुको तुलनामा कर लगाएर आयातलाई फ्रि गरौँ । कोटा सिस्टमलाई हटाऔँ । सुनलाई मान्छेले आवयक परेको बेला खर्च टार्छु भन्ने सोचले पनि राखेको हुन्छ । यसलाई पुर्नविचार गरौँ । त्यसैगरी आयुर्वेदिक औषधीहरुमा भ्याटका कुरा पनि आएका छन् । यसमा पनि के कसो गर्नुपर्ने गर्दा हुन्छ । कर नउठ्ने समस्या भएको कारण भ्याटको दायरा त हामीले विस्तार गर्नुपर्छ । जलविद्युत आयोजनाजस्तो पूर्वाधार विकासमा हामीले आयात गर्ने वस्तुमा एक प्रतिशत मात्र कर लगाउँछौँ । त्यसबाट पनि हामीले धरै राजश्व उठाउन सक्दैनौँ ।’

जलविद्युत आयोजनाजस्ता पूर्वाधार विकासका लागि आयात गरिने वस्तुमा मात्र १ प्रतिशत कर लगाइए पनि त्यसबाट पर्याप्त राजश्व उठ्न नसक्ने तर्फ पनि उनले सरकारको ध्यानाकर्षण गराए ।


प्रकाशित मिति: १४ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?