Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

मिसन ०८४ मा कसैले बाधा पुर्याउन खोजे हिसाव किताव हुन्छः अध्यक्ष ओली


काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको मिसन ०८४ मा कसैले बाधा पुर्याउन खोजे त्यसको हिसाव किताव हुने बताएका छन् ।

शनिवार जननेता मदनकुमार भण्डारीको ७४ औं जन्मजयन्तीका अवसरमा राष्ट्रिय युवा संघद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले एमालेले अर्जुनदृष्टिका साथ मिसन ०८४ लाई हेरिरहेको बताए । मिसन ०८४ मा बाधा कसैले पुर्याउन नसक्ने उनको भनाइ छ । पार्टीलाई एकतावद्ध, अनुशासित, वैचारिक हिसावले स्पष्ट, संगठानिक हिसावले एकतावद्ध, अनुशासित बनाएरु लिएर जाने कुरामा पार्टी नचुक्ने स्पष्ट पारे । महाधिवेशन आउनु भन्दा अगाडिदेखि कार्यकर्तालाई महाधिवेशन नलागे पनि केही स्वार्थ तत्वलाई लागिरहेको बताएका छन् । यस्ता खालका प्रवृत्तिहरुलाई कसैले पनि प्रोत्साहन नगर्न निर्देशन दिए ।

प्रधानमन्त्री ओलीले भने, ‘पार्टीलाई एकतावद्ध, अनुशासित, वैचारिक हिसावले स्पष्ट, संगठानिक हिसावले एकतावद्ध, अनुशासित बनाएरु लिएर जाने कुरामा पार्टी चुक्ने छैन । अुनशासनहिन ढंगले कोही पनि नेता, कार्यकर्ता एमालेका चल्ने छैनन् भन्ने मैले विश्वास लिएको छु । तर महाधिवेशन आउनु भन्दा अगाडिदेखि कार्यकर्तालाई नलागे पनि केही स्वार्थ तत्वलाई लाग्न सक्छ । महाधिवेशनको रडाको मच्चाउनसक्छन् । घोषणा केही हुन भन्दा अगाडि उनीहरुले आफ्ना आफ्ना घोषणा गर्नसक्छन् । यस्ता खालका प्रवृत्तिहरुलाई हामी कसैले पनि प्रोत्साहन गर्दैनौँ, गर्न हुँदैन । हामीले अनुशासनका साथ पार्टीलाई एकतावद्ध ढंगले अघि बढाउनुपर्छ । मिसन ०८४ हाम्रो अगाडि छ । द्रोणाचार्यले धनुर्विद्या सिकाउँदा चराको आँखो मात्रै देखे जस्तै हामी मिसन ०८४ देखिरहेका छौँ । मिसन ०८४ मा बाधा कसैले पुर्याउनसक्दैन, पुर्याउन खोजे त्यसको हिसाव किताव गरिनेछ । ’

प्रधानमन्त्री ओलीले अनुशासनका साथ पार्टीलाई एकतावद्ध ढंगबाट अघि बढाउन आग्रह गरेका छन ।


प्रकाशित मिति: १४ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?