Trending
>>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन >>   संसदीय अधिवेशन कानून निर्माण र जनजीविकामा केन्द्रित रह्योः सांसद ढकाल >>   ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित >>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

मिसन ०८४ मा कसैले बाधा पुर्याउन खोजे हिसाव किताव हुन्छः अध्यक्ष ओली


काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको मिसन ०८४ मा कसैले बाधा पुर्याउन खोजे त्यसको हिसाव किताव हुने बताएका छन् ।

शनिवार जननेता मदनकुमार भण्डारीको ७४ औं जन्मजयन्तीका अवसरमा राष्ट्रिय युवा संघद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले एमालेले अर्जुनदृष्टिका साथ मिसन ०८४ लाई हेरिरहेको बताए । मिसन ०८४ मा बाधा कसैले पुर्याउन नसक्ने उनको भनाइ छ । पार्टीलाई एकतावद्ध, अनुशासित, वैचारिक हिसावले स्पष्ट, संगठानिक हिसावले एकतावद्ध, अनुशासित बनाएरु लिएर जाने कुरामा पार्टी नचुक्ने स्पष्ट पारे । महाधिवेशन आउनु भन्दा अगाडिदेखि कार्यकर्तालाई महाधिवेशन नलागे पनि केही स्वार्थ तत्वलाई लागिरहेको बताएका छन् । यस्ता खालका प्रवृत्तिहरुलाई कसैले पनि प्रोत्साहन नगर्न निर्देशन दिए ।

प्रधानमन्त्री ओलीले भने, ‘पार्टीलाई एकतावद्ध, अनुशासित, वैचारिक हिसावले स्पष्ट, संगठानिक हिसावले एकतावद्ध, अनुशासित बनाएरु लिएर जाने कुरामा पार्टी चुक्ने छैन । अुनशासनहिन ढंगले कोही पनि नेता, कार्यकर्ता एमालेका चल्ने छैनन् भन्ने मैले विश्वास लिएको छु । तर महाधिवेशन आउनु भन्दा अगाडिदेखि कार्यकर्तालाई नलागे पनि केही स्वार्थ तत्वलाई लाग्न सक्छ । महाधिवेशनको रडाको मच्चाउनसक्छन् । घोषणा केही हुन भन्दा अगाडि उनीहरुले आफ्ना आफ्ना घोषणा गर्नसक्छन् । यस्ता खालका प्रवृत्तिहरुलाई हामी कसैले पनि प्रोत्साहन गर्दैनौँ, गर्न हुँदैन । हामीले अनुशासनका साथ पार्टीलाई एकतावद्ध ढंगले अघि बढाउनुपर्छ । मिसन ०८४ हाम्रो अगाडि छ । द्रोणाचार्यले धनुर्विद्या सिकाउँदा चराको आँखो मात्रै देखे जस्तै हामी मिसन ०८४ देखिरहेका छौँ । मिसन ०८४ मा बाधा कसैले पुर्याउनसक्दैन, पुर्याउन खोजे त्यसको हिसाव किताव गरिनेछ । ’

प्रधानमन्त्री ओलीले अनुशासनका साथ पार्टीलाई एकतावद्ध ढंगबाट अघि बढाउन आग्रह गरेका छन ।


प्रकाशित मिति: १४ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?