Trending
>>   गाजामा सहायता केन्द्रमा भएको आक्रमणबाट २१ जनाको मृत्यु >>   कलंकी–सातदोबाटो चक्रपथका कमजोरी नयाँ बन्ने क्षेत्रमा नदोहोरियोस्ः समिति सभापति सिंह >>   पाकिस्तानमा वर्षासँग सम्बन्धित दुर्घटनामा ५४ जनाको मृत्यु, २२७ जना घाइते >>   वातावरणमैत्री सडक संरचना बनाउन सरकार लागेको छः मन्त्री दाहाल >>   इराकको हाइपरमार्केटमा आगलागीः ६१ जनाको मृत्यु >>   दक्षिण कोरियामा मुसलधारे वर्षाबाट २ जनाको मृत्यु >>   पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगबाट सेटल गर्छौंः योगेश भट्टराई >>   उर्जा मन्त्रालयमा दीपक खड्काको एक वर्षः ६३१ मेगावाट विद्युत उत्पादन वृद्धि >>   तेस्रो स्थानमा उक्लियो संकटा, एपिएफ र श्रीभगवतीको दोस्रो जित >>   प्रधानमन्त्रीलाई गगनको आग्रहः सत्ता हस्तान्तरणको दिन गनेर नबस्नुस्
Logo
३ श्रावण २०८२, शुक्रबार
३ श्रावण २०८२, शुक्रबार

प्रगतिशील कर प्रणालीबिना सामाजिक न्याय सम्भव छैनः सांसद बस्नेत


काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले प्रगतिशील कर प्रणालीबिना नेपालजस्तो मुलुकमा सामाजिक न्याय सम्भव नभएको बताएका छन् ।

प्रतिनिधि सभाको शनिवारको बैठकमा बोल्दै सांसद बस्नेतले यस्तो बताएका हुन् । उनले मुलुकमा रहेको असमान विकासको अवस्था कर प्रणालीको कमजोरीसँग गाँसिएको टिप्पणी गरे । उनले प्राकृतिक व्यक्तिका लागि करयोग्य आय सात लाख र दम्पतीका हकमा आठ लाख र्पुयाउनुपर्ने प्रस्ताव गरे । यस्तो व्यवस्थाले प्रगतिशील कर प्रणाली विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त उनको विश्वास छ ।

उनले भने, ‘कर प्रणालीलाई प्रगतिशील नबनाईकन असमान विकासको अवस्था भएको हाम्रो समाज र हाम्रो जस्तो मुलुकले सामाजिक न्यायको कल्पना कसरी गर्नसक्छ ? त्यसैले हाम्रो कर प्रणालीलाई कम्तिमा प्रगतीशील कर प्रणालीका रुपमा विकास गरौँ । २०५८ सालको आयकर ऐनले गरेको पाँच लाखको व्यवस्थालाई प्राकृतिक व्यक्तिको हकमा ७ लाख र दम्पतीको हकमा ८ लाखको व्यवस्था गर्दा प्रगतिशील कर प्रणालीको विकास गर्नको लागि केही सघाउ पुर्याउछ भने मेरो विश्वास छ ।’

उनले पैठारीसम्बन्धी वस्तुको भन्सार दर बढाउनुपर्नेमा सरकारले निकासीजन्य वस्तुको भन्सार दर बढाएको समेत टिप्पणी गरे ।


प्रकाशित मिति: १४ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?