Trending
>>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन >>   संसदीय अधिवेशन कानून निर्माण र जनजीविकामा केन्द्रित रह्योः सांसद ढकाल >>   ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित >>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

प्रधानमन्त्रीको आह्वानः हरेक नागरिकले एउटा रुख रोपौँ


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय वृक्षारोपणको अवसर पारेर हरेक नागरिकले एउटा रुख रोप्न आह्वान गरेका छन् ।

प्रतिनिधि सभाको शनिवारको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले आज राष्ट्रिय वृक्षारोपण दिन पारेर भविष्यको सुरक्षाका लागि हरेक नागरिकले एउटा बिरुवा रोप्न आग्रह गरे । पृथ्वी, प्रकृति, भावी पुस्तालाई माया गर्न पनि एउटा बिरुवा रोप्नुपर्ने बताए । मदन भण्डारी देशका लागि विचार दिनसक्ने र राजनीतिको दिशालाई मोडेर नयाँ दिशामा अघि बढाउनसक्ने नेता भएको पनि बताएका हुन् ।

उनले भने, ‘म माननीयज्युहरु र माननीयज्युहरुमार्फत सिंगो देशलाई आग्रह गर्न चाहन्छु, सकेसम्म एउटा बिरुवा हरेकले राष्ट्रिय वृक्षारोपणका दिन सकेसम्म एउटा बिरुवा रोप्नुहोस् । पृथ्वी र प्रकृतिलाई माया गरौँ । भविष्यको पुस्तालाई माया गरौँ । भविष्य सुनिश्चित गरौँ । यो अभियान यसका लागि चलाउन आग्रह गर्दछु । मदन भण्डारी देशका लागि विचार दिनसक्ने र राजनीतिको दिशालाई मोडेर नयाँ दिशामा अघि बढाउनसक्ने नेता हो ।’

प्रधानमन्त्री ओलीले विपद्बाट भएका क्षतिको सम्बन्धमा सरकारले गम्भीरतापूर्वक काम गरिरहेको बताए ।


प्रकाशित मिति: १४ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?