Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

प्रधानमन्त्रीको आह्वानः हरेक नागरिकले एउटा रुख रोपौँ


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय वृक्षारोपणको अवसर पारेर हरेक नागरिकले एउटा रुख रोप्न आह्वान गरेका छन् ।

प्रतिनिधि सभाको शनिवारको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले आज राष्ट्रिय वृक्षारोपण दिन पारेर भविष्यको सुरक्षाका लागि हरेक नागरिकले एउटा बिरुवा रोप्न आग्रह गरे । पृथ्वी, प्रकृति, भावी पुस्तालाई माया गर्न पनि एउटा बिरुवा रोप्नुपर्ने बताए । मदन भण्डारी देशका लागि विचार दिनसक्ने र राजनीतिको दिशालाई मोडेर नयाँ दिशामा अघि बढाउनसक्ने नेता भएको पनि बताएका हुन् ।

उनले भने, ‘म माननीयज्युहरु र माननीयज्युहरुमार्फत सिंगो देशलाई आग्रह गर्न चाहन्छु, सकेसम्म एउटा बिरुवा हरेकले राष्ट्रिय वृक्षारोपणका दिन सकेसम्म एउटा बिरुवा रोप्नुहोस् । पृथ्वी र प्रकृतिलाई माया गरौँ । भविष्यको पुस्तालाई माया गरौँ । भविष्य सुनिश्चित गरौँ । यो अभियान यसका लागि चलाउन आग्रह गर्दछु । मदन भण्डारी देशका लागि विचार दिनसक्ने र राजनीतिको दिशालाई मोडेर नयाँ दिशामा अघि बढाउनसक्ने नेता हो ।’

प्रधानमन्त्री ओलीले विपद्बाट भएका क्षतिको सम्बन्धमा सरकारले गम्भीरतापूर्वक काम गरिरहेको बताए ।


प्रकाशित मिति: १४ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?