Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

नेपालमा एचआइभी संक्रमितको संख्या ३० हजार बढी, महिला भन्दा पुरुष धेरै


काठमाडौं। नेपालमा एचआइभी एड्स संक्रमितको अनुमानित संख्या ३० हजार भन्दा बढी रहेको सरकारी तथ्यांकले देखाएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा यसबारे जानकारी गराइएको हो । नेपालमा मुख्य जोखिम समूहमा मात्र एचआइभीको संक्रमण अवस्था रहेको छ । मुख्य जोखिम समूह पुरुषसँग यौन सम्पर्क गर्ने पुरुषहरु, लैङ्गिक अल्पसंख्यक व्यक्तिहरु, महिला यौनकर्मीहरु, लागुऔषध सुई प्रयोग गर्ने व्यक्तिहरु, आप्रवासी व्यक्तिहरु रहेका छन् । एचआइभी संक्रमितहरु महिला भन्दा पुरुष बढी रहेका छन् । नयाँ संक्रमणको वार्षिक दर पनि ६ सय १४ छ भने एड्ससँग मृत्युको संख्या ५६९ रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रकी जनस्वास्थ्य प्रशासक अस्मिता ओझाले बताए । उनका अनुसार नेपालमा एचआइभी संक्रमित गर्भवती महिलाको संख्या २ सय २७ रहेको छ ।

उनले भने, ‘अहिले नेपालमा मुख्य जोखिम समूहमा मात्र एचआइभीको संक्रमण अवस्था छ । मुख्य जोखिम समूह मेल ह्याभिङ सेक्स विथ मेल, ट्रान्सजेण्डर, फिमेल सेक्स वर्कर, ड्रग्स युजर, आप्रवासी व्यक्तिहरुमा मुख्य गरेर एचआइभीको अवस्था अरु सामान्य पपुलेसन भन्दा धेरै छ । नेपालमा जम्मा एचआइभी संक्रमितको संख्या अनुमानित ३४ हजार ३ सय ३७ रहेको छ । मुख्य गरी पुरुषहरुमा अझ बढी रहेको छ । नयाँ संक्रमणको वार्षिक दर पनि ६ सय १४ छ भने एड्ससँग मृत्युको संख्या ५६९ रहेको छ । एचआइभी संक्रमित गर्भवती महिलाको संख्या २ सय २७ छ । विगतका तथ्यांक र अहिलेको अवस्थाका बारेमा गरिएको विभिन्न अध्ययनलाई लिएर यो सार्वजनिक गर्दछौँ । जोखिम समूहमा बढी एचआइभि छ भन्दा सरकारले यसमा के कति कार्यक्रम बनाएर अघि बढेको छ । हाम्रो नीति र बजेट कसरी राख्नुपर्छ भनेर अध्ययन गरिएको थियो । विशेष गरी सेक्सवर्करहरु, फिमेल सेक्स वर्कर १ लाख १५ हजार ९ सय १९ जना हुनुहुन्छ भने मेल ह्याभिङ सेक्स विथ मेल उहाँहरु ७७ हजार ३ सय ४० जना हुनुहुन्छ । ट्रान्सजेण्डर व्यक्तिहरु ३२ हजार ८ सय ९५ जना, जेलमा भएको व्यक्तिहरु २७ हजार ८ सय ३९ जना हामीले मुख्य जोखिम समूहका रुपमा हामीले गरेको स्टडीले देखाएको छ ।’

यौन व्यवसायमा संलग्न व्यक्तिहरु १ लाख १५ हजार ९ सय १९ जनामा, पुरुषसँग यौन सम्पर्क गर्ने पुरुष ७७ हजार ३ सय ४० जना र लैङ्गिक अल्पसंख्यक व्यक्तिहरु ३२ हजार ८ सय ९५ जना, जेलमा भएको व्यक्तिहरु २७ हजार ८ सय ३९ र लागुऔषध सुई प्रयोग गर्ने व्यक्तिहरु ४४ हजार ३ सय ५० जनामा यो अध्यन गरिएको हो । निःशुल्क साधन अभाव परीक्षण सेवा विस्तारमा रोक र दातृ निकायमा निर्भरता बढ्दै जाँदा नेपालले सन् २०३० भित्र एचआईभी नियन्त्रण गर्ने अन्तर्राष्ट्रिय प्रतिवद्धता पूरा गर्न निकै चुनौती खेप्नुपर्ने विज्ञहरुले बताएका छन् ।


प्रकाशित मिति: १३ असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?