Trending
>>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

नेपालमा एचआइभी संक्रमितको संख्या ३० हजार बढी, महिला भन्दा पुरुष धेरै


काठमाडौं। नेपालमा एचआइभी एड्स संक्रमितको अनुमानित संख्या ३० हजार भन्दा बढी रहेको सरकारी तथ्यांकले देखाएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा यसबारे जानकारी गराइएको हो । नेपालमा मुख्य जोखिम समूहमा मात्र एचआइभीको संक्रमण अवस्था रहेको छ । मुख्य जोखिम समूह पुरुषसँग यौन सम्पर्क गर्ने पुरुषहरु, लैङ्गिक अल्पसंख्यक व्यक्तिहरु, महिला यौनकर्मीहरु, लागुऔषध सुई प्रयोग गर्ने व्यक्तिहरु, आप्रवासी व्यक्तिहरु रहेका छन् । एचआइभी संक्रमितहरु महिला भन्दा पुरुष बढी रहेका छन् । नयाँ संक्रमणको वार्षिक दर पनि ६ सय १४ छ भने एड्ससँग मृत्युको संख्या ५६९ रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रकी जनस्वास्थ्य प्रशासक अस्मिता ओझाले बताए । उनका अनुसार नेपालमा एचआइभी संक्रमित गर्भवती महिलाको संख्या २ सय २७ रहेको छ ।

उनले भने, ‘अहिले नेपालमा मुख्य जोखिम समूहमा मात्र एचआइभीको संक्रमण अवस्था छ । मुख्य जोखिम समूह मेल ह्याभिङ सेक्स विथ मेल, ट्रान्सजेण्डर, फिमेल सेक्स वर्कर, ड्रग्स युजर, आप्रवासी व्यक्तिहरुमा मुख्य गरेर एचआइभीको अवस्था अरु सामान्य पपुलेसन भन्दा धेरै छ । नेपालमा जम्मा एचआइभी संक्रमितको संख्या अनुमानित ३४ हजार ३ सय ३७ रहेको छ । मुख्य गरी पुरुषहरुमा अझ बढी रहेको छ । नयाँ संक्रमणको वार्षिक दर पनि ६ सय १४ छ भने एड्ससँग मृत्युको संख्या ५६९ रहेको छ । एचआइभी संक्रमित गर्भवती महिलाको संख्या २ सय २७ छ । विगतका तथ्यांक र अहिलेको अवस्थाका बारेमा गरिएको विभिन्न अध्ययनलाई लिएर यो सार्वजनिक गर्दछौँ । जोखिम समूहमा बढी एचआइभि छ भन्दा सरकारले यसमा के कति कार्यक्रम बनाएर अघि बढेको छ । हाम्रो नीति र बजेट कसरी राख्नुपर्छ भनेर अध्ययन गरिएको थियो । विशेष गरी सेक्सवर्करहरु, फिमेल सेक्स वर्कर १ लाख १५ हजार ९ सय १९ जना हुनुहुन्छ भने मेल ह्याभिङ सेक्स विथ मेल उहाँहरु ७७ हजार ३ सय ४० जना हुनुहुन्छ । ट्रान्सजेण्डर व्यक्तिहरु ३२ हजार ८ सय ९५ जना, जेलमा भएको व्यक्तिहरु २७ हजार ८ सय ३९ जना हामीले मुख्य जोखिम समूहका रुपमा हामीले गरेको स्टडीले देखाएको छ ।’

यौन व्यवसायमा संलग्न व्यक्तिहरु १ लाख १५ हजार ९ सय १९ जनामा, पुरुषसँग यौन सम्पर्क गर्ने पुरुष ७७ हजार ३ सय ४० जना र लैङ्गिक अल्पसंख्यक व्यक्तिहरु ३२ हजार ८ सय ९५ जना, जेलमा भएको व्यक्तिहरु २७ हजार ८ सय ३९ र लागुऔषध सुई प्रयोग गर्ने व्यक्तिहरु ४४ हजार ३ सय ५० जनामा यो अध्यन गरिएको हो । निःशुल्क साधन अभाव परीक्षण सेवा विस्तारमा रोक र दातृ निकायमा निर्भरता बढ्दै जाँदा नेपालले सन् २०३० भित्र एचआईभी नियन्त्रण गर्ने अन्तर्राष्ट्रिय प्रतिवद्धता पूरा गर्न निकै चुनौती खेप्नुपर्ने विज्ञहरुले बताएका छन् ।


प्रकाशित मिति: १३ असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?