Trending
>>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर >>   भक्तपुरको दुवाकोटमा पनि काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पताल >>   विशेष महाधिवेशनको नाममा भएको ५ महिने झगडा नै काँग्रेस पराजयको मुख्य कारकः नेता घिमिरे >>   राष्ट्रिय परिचय पत्र र नागरिकता प्रणालीबीच अन्तरआवद्धता शुरु, अब छुट्टाछुट्टै फारम भर्नु नपर्ने
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

प्रकाशमानको प्रश्नः पटक—पटक परीक्षणमा पास भएकामाथि त प्रश्न छ, नयाँले के गर्न सक्छन् ?


काठमाडौं। उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री एवं नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नयाँ राजनीतिक दलहरुले केही पनि गर्न नसक्ने बताएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले विभिन्न चरणका परीक्षणहरुमा पास भएर आएका पुराना राजनीतिक दलहरुलाई जनताले अहिले पनि प्रश्न गरिरहेको भन्दै नयाँ र परीक्षण नै नभएका राजनीतिक दलहरुले केही गर्न नसक्ने बताए । उनले नेपाली काँग्रेस जनताबाट पटक पटक परीक्षण भएर आएको पार्टी रहेको बताए । उनीहरुले भनेको मात्रै कुरा मान्दै जाने हो भने देश कहाँ पुग्छ ? भन्दै प्रश्न गरे । जनताको अधिकारका लागि लडेका पार्टीलाई नजरअन्दाज गरेर केही नगरेकाहरुबाट केही हुन्छ भनेर आश गरेर पछि लाग्नु तर्कसंगत नहुने उनको भनाइ छ । काँग्रेस पार्टीका भ्रातृ संगठन, नेपाली काँग्रेस पार्टीका शुभेच्छुक संघसंस्थाहरु बलियो भएको खण्डमा मात्रै सन्तोषको शास फेर्न सकिने बताएका छन् ।

उपप्रधानमन्त्री सिंहले भने, ‘नेपाली काँग्रेस पार्टी, नेपाली काँग्रेस पार्टीका भ्रातृ संगठन, नेपाली काँग्रेस पार्टीका शुभेच्छुक संघसंस्थाहरु बलियो भएको खण्डमा मात्रै तपाईं हामीले सन्तोषको शास फेर्न सक्छौँ । होइन भने धेरै अफ्ठ्यारो हुन्छ । समय र परिस्थितिलाई राम्रोसँग बुझेर अघि बढ्नुपर्छ । २००३ सालमा स्थापना भएको नेपाली काँग्रेस पार्टीलाई यत्रो परिवर्तन ल्याउन सफल भयो । अहिले पनि जनताले प्रश्न गर्दछ, नेपाली काँग्रेस पार्टीले गर्नुपर्ने काम गरेन भनेर भन्छ भने भर्खर जन्मिएका पार्टीले के गर्छ ? टेस्ट नै केही भएको छैन । हामी त पटक पटक जनताको माझमा गएर परीक्षणमा पास भएर आएका छौँ । पटक पटक परीक्षामा पास भएका पार्टीलाई त प्रश्न गर्छन् भने परीक्षामा केही भएकै छैन, तिनीहरुले मात्रै कुरा यहाँ हुने भयो भने यसरी देश कहाँ पुग्छ ? २००३ मा स्थापना भइ जनताको अधिकारका लागि लडेका पार्टीलाई नजरअन्दाज गरेर केही नगरेकाहरुबाट केही हुन्छ भनेर आश गरेर पछि लाग्नु कत्तिको तर्कसंगत हुन्छ । यसमा विचार गर्न जरुरी छ ।’

उपप्रधानमन्त्री सिंहले सबैको कुरा सुन्नुपर्ने तर जनतालाई हित हुने र जनताले चाहेको कुरा गर्नुपर्ने बताए । जनतालाई दीर्घकालीन फाइदा हुने कुरामा अघि बढ्न जरुरी रहेको बताएका हुन् ।


प्रकाशित मिति: १३ असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?