Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

बजेट कार्यान्वनयको विषय अर्थ मन्त्रालयको मात्रै होइनः उपप्रधानमन्त्री पौडेल


काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट कार्यान्वनयको विषय अर्थ मन्त्रालयको मात्रै नभएको बताएका छन् ।

बिहीवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले बताएका हुन् । उनले बजेट कार्यान्वनयको विषय अर्थ मन्त्रालयको मात्रै नभएर समग्र मन्त्रालयहरुको साझा जिम्मेवारी भएको बताए । अर्थ मन्त्रालयले आफ्नो तर्फबाट गर्नुपर्ने काम प्रभावकारी रुपमा गर्ने बताए । सम्बन्धित मन्त्रालयले पनि आफ्नो जिम्मेवारीका काम प्रभावकारी रुपमा बजेट कार्यान्वयन गर्नुपर्ने बताए । बजेट कार्यान्वयनसँग सम्बन्धित विद्यमान मापदण्डहरु, निर्देशिकाहरु आदि चिजलाई तदनुकुल नै अपडेट गर्न लागिएको उल्लेख गरे ।

अर्थमन्त्री पौडेलले भने, ‘बजेट कार्यान्वनयको विषय अर्थ मन्त्रालयको मात्रै नभएर समग्र मन्त्रालयहरुको साझा जिम्मेवारी हो । अर्थ मन्त्रालयले आफ्नो तर्फबाट गर्नुपर्ने काम प्रभावकारी रुपमा गर्नुपर्छ । त्यसरी नै सम्बन्धित मन्त्रालयले पनि आफ्नो जिम्मेवारीका काम प्रभावकारी रुपमा गरेर बजेट कार्यान्वयन गर्नुपर्छ । हामीले के कस्ता प्रवन्धहरु गर्दा बजेट कार्यान्वयन सहज ढंगले हुनसक्छ भन्नेमा यो बजेट केन्द्रित छ । हाम्रा बजेट कार्यान्वयनसँग सम्बन्धित विद्यमान मापदण्डहरु, निर्देशिकाहरु आदि चिजलाई तदनुकुल नै अपडेट गर्दैछौँ ।’

अर्थमन्त्री पौडेलले बजेट प्रश्तुत भएको भोलिपल्टैदेखि बजेट कार्यान्वयनको प्रतिवद्धता व्यक्त गरिएको बताएका छन् ।


प्रकाशित मिति: १२ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?