Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

बजेट कार्यान्वनयको विषय अर्थ मन्त्रालयको मात्रै होइनः उपप्रधानमन्त्री पौडेल


काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट कार्यान्वनयको विषय अर्थ मन्त्रालयको मात्रै नभएको बताएका छन् ।

बिहीवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले बताएका हुन् । उनले बजेट कार्यान्वनयको विषय अर्थ मन्त्रालयको मात्रै नभएर समग्र मन्त्रालयहरुको साझा जिम्मेवारी भएको बताए । अर्थ मन्त्रालयले आफ्नो तर्फबाट गर्नुपर्ने काम प्रभावकारी रुपमा गर्ने बताए । सम्बन्धित मन्त्रालयले पनि आफ्नो जिम्मेवारीका काम प्रभावकारी रुपमा बजेट कार्यान्वयन गर्नुपर्ने बताए । बजेट कार्यान्वयनसँग सम्बन्धित विद्यमान मापदण्डहरु, निर्देशिकाहरु आदि चिजलाई तदनुकुल नै अपडेट गर्न लागिएको उल्लेख गरे ।

अर्थमन्त्री पौडेलले भने, ‘बजेट कार्यान्वनयको विषय अर्थ मन्त्रालयको मात्रै नभएर समग्र मन्त्रालयहरुको साझा जिम्मेवारी हो । अर्थ मन्त्रालयले आफ्नो तर्फबाट गर्नुपर्ने काम प्रभावकारी रुपमा गर्नुपर्छ । त्यसरी नै सम्बन्धित मन्त्रालयले पनि आफ्नो जिम्मेवारीका काम प्रभावकारी रुपमा गरेर बजेट कार्यान्वयन गर्नुपर्छ । हामीले के कस्ता प्रवन्धहरु गर्दा बजेट कार्यान्वयन सहज ढंगले हुनसक्छ भन्नेमा यो बजेट केन्द्रित छ । हाम्रा बजेट कार्यान्वयनसँग सम्बन्धित विद्यमान मापदण्डहरु, निर्देशिकाहरु आदि चिजलाई तदनुकुल नै अपडेट गर्दैछौँ ।’

अर्थमन्त्री पौडेलले बजेट प्रश्तुत भएको भोलिपल्टैदेखि बजेट कार्यान्वयनको प्रतिवद्धता व्यक्त गरिएको बताएका छन् ।


प्रकाशित मिति: १२ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?