Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

नेपाल संस्कृतको उद्गम र उर्वरा भूमि होः राष्ट्रपति


काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल संस्कृतको उद्गम र उर्वरा भूमि भएको बताएका छन् ।

१९ औं विश्व संस्कृत सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले मल्ल र शाह कालमा पनि हजारौँ हजार संस्कृतिका ग्रन्थहरु रचना भएबाट र वर्तमानमा पनि संस्कृतिका अनेक ग्रन्थ रचना भएबाट पनि यस कुराको पुष्टि हुने उल्लेख गरे । उनले नेपाल प्राचिनकालदेखि नै ऋषि महर्षिहरुको जन्मभूमि, तपोभूमि यज्ञभूमि, साधना भूमि रहेको बताए । महर्षि याज्ञवल्क्यले यसै पावन भूमिमा शुक्ल यजुर्वेदका मन्त्रहरुको दर्शन पाएको बताए । वाल्मिकीको जीवन र वेदव्यासको जन्म यसै भूमिमा भएको कुरा अनेक ग्रन्थहरुमा पाउन सकिने बताए । राजर्षि जनक, पाणिनी, वेदव्यास, बाबा गोरक्षनाथ यसै धर्तीका सुगन्ध भएको बताएका छन् ।

उनले भने, ‘मल्ल र शाह कालमा पनि हजारौँ हजार संस्कृतिका ग्रन्थहरु रचना भएबाट र वर्तमानमा पनि संस्कृतिका अनेक ग्रन्थ रचना भएबाट नेपाल संस्कृतको उद्गम भूमि मात्र होइन, उर्वरा भूमि हो भन्नेकुरा सिद्ध हुन्छ । नेपाल प्राचिनकालदेखि नै ऋषि महर्षिहरुको जन्मभूमि, तपोभूमि यज्ञभूमि, साधना भूमि र हो । महर्षि याज्ञवल्क्यले यसै पावन भूमिमा शुक्ल यजुर्वेदका मन्त्रहरुको दर्शन पाएका थिए । वाल्मिकीको जीवन र वेदव्यासको जन्म यसै भूमिमा भएको कुरा अनेक ग्रन्थहरुमा पाउन सकिन्छ । राजर्षि जनक, पाणिनी, वेदव्यास, बाबा गोरक्षनाथ यसै धर्तीका सुगन्ध हुन् ।’

राष्ट्रपति पौडेलले संस्कृत नेपाल र भारतको मात्र नभइ विश्वकै सम्पती बनेको बताए । संस्कृत भाषालाई सीमाकरण गर्दा विस्तार हुनबाट रोकिएको बताएका छन् । संस्कृतमा रहेका पुँजी विश्वले खोजिरहेको बताए ।


प्रकाशित मिति: १२ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?