Trending
>>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर >>   भक्तपुरको दुवाकोटमा पनि काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पताल >>   विशेष महाधिवेशनको नाममा भएको ५ महिने झगडा नै काँग्रेस पराजयको मुख्य कारकः नेता घिमिरे >>   राष्ट्रिय परिचय पत्र र नागरिकता प्रणालीबीच अन्तरआवद्धता शुरु, अब छुट्टाछुट्टै फारम भर्नु नपर्ने
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

पहिलोपल्ट फ्रेन्चाइज इन्डोर प्रिमियर लिग हुने


काठमाडौं। स्पोट्र्स इभेन्ट्स प्रालीको आयोजनामा नेपालमा पहिलोपटक फ्रेन्चाइज इन्डोर प्रिमियर लिग क्रिकेट हुने भएको छ ।

आगामी भदौ २३ गतेदेखि २८ गतेसम्म काठमाडौंको चुनिखेलमा पे्रन्चाइज प्रिमियर इन्डोर क्रिकेट लिग हुन लागेको हो । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिता निर्देशक ज्योति भण्डारीले जानकारी दिए । कुल १० ओभरमा हुने लिगमा १० वटा फ्रेन्चाइज टिमको प्रतिष्पर्धा हुनेछ । बुढानीलकण्ठ नगरपालिकास्थित चुनिखेलमा रोयल स्पोट्र्स पार्क उक्त लिग हुनेछ । सिंगल राउन्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा हुनेछन् । लिगको शीर्ष चार टोलीले सेमिफाइनलमा पुग्नेछन् । विजेताका लागि इन्डोर क्रिकेटको सर्वाधिक पुरस्कार राशि पुरस्कार व्यवस्था गरिएको छ । यद्यपि, यसबारे आयोजकले केही दिनमा सार्वजनिक गर्ने आयोजकले जनाएको छ । लिगको टेक्निकल डाइरेक्टर रवीन्द्र गुप्ताले टिम खरिद र खेलाडीको अक्सन हुने बताए ।

एक जना मार्कीका साथै क्याटगोरी ‘ए’, ‘बी’ र ‘सी’ वर्गीकरण गरी खेलाडीले आफ्नो नाम दर्ता गर्न पाउनेछन् । राष्ट्रिय खेलाडीलाई मार्कीमा राख्नुपर्ने आयोजकले जनाएको छ । क्याटगोरीको ‘ए’ खेलाडीले १५ देखि २५ हजार, ‘बी’ खेलाडीले १०–१५ हजार र ‘सी’ क्याटगोरीको खेलाडीले ५ देखि १० हजार रुपैयाँ मूल्य तय गरिएको छ । हरेक खेलाडीले आफ्नो नाम दर्ता गराउनु पर्नेछ । लिगमा एउटा फ्रेन्चाइज टिमले कुल एक लाख ५० हजार खर्च गर्न पाउनेछ । टिम खरिद गर्न न्युनतम एक लाख ५० हजारसम्म तोकिएको निर्देशक भण्डारीले बताए । प्रतियोगिताका डाइरेक्टर ज्योति भण्डारीले यो लिगलाई व्यावसायिक रूपमा अगाडि बढाउने लक्ष्यसहित यो फरम्याटको प्रतिष्पर्धा शुरु गरिएको बताए ।


प्रकाशित मिति: १२ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?