Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

सर्वोच्चमा प्रश्तावित तीन न्यायाधीश र एक न्याय परिषद् सदस्यमाथि सात वटा उजुरी


काठमाडौँ। सर्वोच्च अदालतको न्यायाधीशमा प्रश्तावित तीन न्यायाधीश र एक जना न्याय परिषद्को सदस्यमा प्रश्तावित सदस्यहरुमाथि ७ वटा उजुरी परेका छन् ।

बिहीवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले यसबारे जानकारी गराएको हो । बैठकमा बोल्दै समिति सभापति ईश्वरीदेवी न्यौपानेले सर्वोच्चच अदालतको न्यायाधीश पदमा प्रश्तावित मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापा र न्यायपरिषद्को सदस्य पदमा प्रश्तावित महेशकुमार नेपाल उपर सात जनाले उजुरी दिनुभएको जानकारी दिएकी छिन् । सातै जना उजुरीकर्ताहरुलाई १३ गतेको समितिको बैठकमा बोलाएर जानकारी लिने सभापति न्यौपानेले बताईन् । त्यस्तै १५ गतेको समितिको बैठकमा प्रश्तावित न्यायाधीशहरु पोखरेल, पौडेल र थापाका कार्यायोजना सुन्ने र सुनुवाई गर्ने कार्यसूचि रहेको बताएकी छिन् ।

उनले भनिन् ‘१३ गतेको बैठकमा उजुरीकर्ताहरुलाई बोलाएर उजुरी सुन्ने र १५ गते न्यायपरिषद्मा सिफारिस सदस्य र सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस हुनुभएका व्यक्तिहरुलाई बोलाएर उहाँहरुका कार्ययोजना सुन्ने र त्यसैदिन निर्णय हुन्छ । त्यो दिन निर्णय हुन नसके अर्को दिन पनि हुनसक्छ ।’

न्यायपरिषद्को सदस्य पदमा प्रश्तावित महेशकुमार नेपालमाथि ५ वटा उजुरी परेका छन् । अन्य दुुई वटा उजुरी भने प्रश्तावित न्यायाधीशउपर परेका हुन् । प्रश्तावित न्यायाधीशहरु पोखरेल, पौडेल र थापाका कार्यायोजना र न्याय परिषद् सनस्य नेपालका कार्ययोजनाको प्रति समिति सदस्यहरुलाई वितरण समेत गरिएको छ ।


प्रकाशित मिति: १२ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?