Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
२० माघ २०८२, मंगलवार
२० माघ २०८२, मंगलवार

कमजोर पूर्वाधारका कारण अपेक्षित पर्यटक भित्र्याउन सकिएको छैनः कार्यकारी निर्देशक जोशी


काठमाडौ। नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले पूर्वाधारको कमजोर अवस्थाका कारण अपेक्षित पर्यटक भित्र्याउन नसकेको बताएका छन् ।

नेपाल पर्यटक यातायात व्यवसायी संघ र नेपाल टुरिजम बोर्डद्वारा आयोजित पर्यटक सवारी चालक तथा सहचालक अभिमुखीकरण प्रशिक्षण कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक जोशीले यस्तो बताएका हुन् । उनले पछिल्लोे समय मुल सडकबाहेक भित्री सडकहरुको अवस्थामा सुधार भइसकेको र आगामी दुई वर्ष भित्रमा मुख्य गन्तव्यहरु जोड्ने सडकपनि सम्पन्न हुने अवस्थामा रहेकोले पर्यटक आगमनको संख्यापनि राम्रो हुँदै जाने दाबी गरे । कार्यकारी निर्देशक जोशीले फ्रन्टलाइनमा भेटिने पर्यटक सवारी चालक र सहचालकको व्यवहारले नेपालको छवि संसारको सबैभन्दा राम्रो र सबैभन्दा राम्रा नेपाली भनेर चिनिएको स्पष्ट गरेका छन् । पूर्वाधारमा यतिधेरै कमजोरी भइरहँदा पनि आतिथ्यताले नेपालको बनेको छविलाई बचाउने काम गर्न उनले सरोकारवालालाई आग्रह गरे ।

उनले भने, ‘आजको दिनमा पर्यटकहरुको संख्या हामीले सोचेजति छैन । लगानी एकदम धेरै छ, यातायातको क्षेत्रमा पनि, होटलको क्षेत्रमा पनि र किन हुन सकिरहेको छैन भन्ने कुरापनि तपाई हामी सबैले बुझेकै छौं । हाम्रो आधारभूत पूर्वाधारको अवस्था कमजोर हुँदा हामीले अपेक्षितमात्रामा पर्यटक भित्र्याउन सकिरहेका छैनौं । तरपनि पछिल्लो समयमा नेपाल सरकार र स्थानीय तहको पनि पूर्वाधारमा निकै ठूलो जोड रहेको छ । मूल सडकबाहेक भित्री सडकहरु सबै ठीक भइसकेका छन् । मूल सडकपनि आगामी डेढदेखि २ वर्षमा हाम्रा मुख्य गन्तव्यहरु जोडिने सडकहरु सम्पन्न हुँदैछन् । त्यसपछि हाम्रो पर्यटक आगमनको संख्या पनि राम्रो हुँदै जानेछ । संसारभरि निरन्तर बृद्धि भइरहेको एउटा क्षेत्र कुनै हो भने पर्यटन क्षेत्रमात्रै हो । आजको दिनमा राम्रो छैन भनेर निराश हुनुभन्दा पनि केही समयमै हाम्रो भविष्य राम्रो छ भनेर आशावादी बन्नुपर्छ । हामीले यातायात क्षेत्रको कुरा गर्नुपर्दा गुणस्तरीयता, सफाई त छँदै छ त्योबाहेक पर्यटकलाई दिने आतिथ्यता छ त्यसलाई हामीले मेन्टेन गरिरहनुपर्ने छ । त्यही कारण हो जसले गर्दा नेपालमा आउने पर्यटकहरु एकपटक आएपछि पटक पटक आइरहेका छन् । करिब करिब ३६ प्रतिशत पर्यटकहरु एकपटक आएपछि आइरहनुहुन्छ । त्यो आइरहने बनाउनुभएको चाहिँ तपाईहरुले नै हो । फ्रन्टलाइनमा भेटिने तपाईहरु नै हो, तपाईहरुले गर्दा नेपालको छवि संसारको सबैभन्दा राम्रो र सबैभन्दा राम्रा नेपाली भन्ने छवि बनेको तपाईहरुकै व्यवहारले हो । त्यो व्यवहार बढाउनु त छँदैछ जोगाएर राख्नुपनि चुनौतिपूर्ण छ । दिनदिनै व्यावसायिकता बढ्दैछ, त्यसैले तपाईहरु आशावादी भइदिनुस् छिटै हाम्रो पर्यटन साँच्चिकै राम्रो हुनेछ । हामीले आजका दिनसम्म राम्रो आतिथ्यता दिएर पूर्वाधारमा यति धेरै कमजोरी भइरहँदा पनि नेपालको छवि बचाउने जुन काम गर्नुभएको छ त्यो बचाइरहनुहोला ।’

उनले पर्यटक यातायातको गुणस्तरीयता, सफाईलगायत पर्यटकलाई दिइने आतिथ्यताले एकपटक आएका पर्यटक पटकपटक आउने गरेको दाबी गरे ।


प्रकाशित मिति: ११ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?