Trending
>>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह >>   जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) >>   टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम >>   सन् २०१३ को रेहानली बम विष्फोटका मुख्य योजनाकार टर्कीमा पक्राउ >>   किर्गिस्तानले अन्तरिक्षमा पठायो पहिलो राष्ट्रिय भू–उपग्रह >>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

संसदीय समितिमा एमाले सांसद राईको प्रश्नः ‘पीएसओ सबैसँग किन ? चौकी खाली छ !’


काठमाडौ। नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले पर्सनल सेक्युरिटी अफिसर (पीएसओ)को व्यवस्थाबारे आपत्ति जनाएका छन् ।

बुधवार सिंहदरबारमा “नेपाल प्रहरीसम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल गर्न बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सबैसँग पीएसओ भएको बताउँदै प्रहरी चौकी खाली हुने र नेताहरू पीएसओ बोकेर हिँड्ने प्रवृत्ति बढेको बताए । उनले दौरा शुरुवाल लगाउने सबैसँग पीएसओ रहेको भन्दै व्यङ्ग्यात्मक टिप्पणी गरे । उनले पूर्व तथा निःवर्तमान प्रहरीका आइजिपी र एआइजीको घरमा समेत प्रहरीहरूलाई कामकाजमा राखिएको भन्दै आपत्ति जनाए । उनले सेवा निवृत्त भएका प्रहरी अधिकारीले पनि पीएसओ राख्ने व्यवस्था लोकतन्त्रको खिलाफमा रहेको बताएका हुन् । उनले आफूहरूले जनतालाई सुशासन दिनुपर्ने बताउँदै जनताले देख्ने गरी काम गर्नुपर्नेमा जोड दिए ।

उनले भने, “गृहमन्त्रीज्युलाई मेरो एउटा निवेदन गर्न पर्यो । यो पीएसओ भनेको के हो मैले बुझिन । सबैसँग छ अहिले हेर्नुस् । सबैले पुलिस लिएर कुदेको कुद्यै छ । चौकी खाली छ । के भएर यस्तो भएको हो ? सबै मान्छेसँग पीएसओ । जो दौरा सुरुवाल लगाएको छ, उसैसँग पीएसओ । यो के भएर यस्तो हुन्छ ? मैले बुझ्दै छु, हिजोका आइजिपी भएको, हिजो एआईजी भएको घरमा पनि राखिएको छ । यसो गर्नु हुँदैन । यो लोकतन्त्रको खिलाफमा छ । जनतालाई हामीले सुशासन दिने हो । जनताले देख्ने गरी काम गर्नुपर्यो ।”

उनले प्रहरीहरूले सांसदको लोगो लगाउँदा पनि नचिनेको भन्दै गुनासो गरे ।


प्रकाशित मिति: ११ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?