Trending
>>   हिमालको संरक्षण र आदिवासी जनजातिका आवश्यकता सम्बोधन गर्न सरकार प्रतिवद्ध छः मन्त्री पाण्डे >>   काँग्रेसले खुट्टा डग्मगाए आदिवासी–जनाजातिका मुद्दा सकिन्छन्ः महामन्त्री थापा >>   आदिवासी जनजातिहरुलाई बढी भन्दा बढी पार्टीमा आवद्ध गराउनुपर्छः सभापति देउवा >>   गत आर्थिक वर्षमा ८ लाख ३९ हजार नेपालीले लिए वैदेशिक रोजगारका लागि श्रम स्वीकृति >>   सुरक्षाकर्मीलाई रासनको अभाव छ, गुणस्तरीय पोशाक समेत किन्न सकेका छैनौँः महानिरीक्षक अर्याल >>   महिला कबड्डी विश्वकपमा पदक जितेर फर्कन्छौं– कप्तान मानमति बिष्ट >>   वामदेवको दाबीः मैले नेतृत्व लिएको आन्दोलन अहिलेसम्म असफल भएको छैन >>   सरकारवादी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयलाई ६८ प्रतिशत सफलता >>   सम्पूर्ण वामपन्थीहरुलाई एकतावद्ध गर्नु आजको आवश्यकताः झलनाथ खनाल >>   एमालेसँग एकताको कुनै सम्भावना छैनः माधव नेपाल
Logo
३ श्रावण २०८२, शुक्रबार
३ श्रावण २०८२, शुक्रबार

संसदीय समितिमा एमाले सांसद राईको प्रश्नः ‘पीएसओ सबैसँग किन ? चौकी खाली छ !’


काठमाडौ। नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले पर्सनल सेक्युरिटी अफिसर (पीएसओ)को व्यवस्थाबारे आपत्ति जनाएका छन् ।

बुधवार सिंहदरबारमा “नेपाल प्रहरीसम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल गर्न बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सबैसँग पीएसओ भएको बताउँदै प्रहरी चौकी खाली हुने र नेताहरू पीएसओ बोकेर हिँड्ने प्रवृत्ति बढेको बताए । उनले दौरा शुरुवाल लगाउने सबैसँग पीएसओ रहेको भन्दै व्यङ्ग्यात्मक टिप्पणी गरे । उनले पूर्व तथा निःवर्तमान प्रहरीका आइजिपी र एआइजीको घरमा समेत प्रहरीहरूलाई कामकाजमा राखिएको भन्दै आपत्ति जनाए । उनले सेवा निवृत्त भएका प्रहरी अधिकारीले पनि पीएसओ राख्ने व्यवस्था लोकतन्त्रको खिलाफमा रहेको बताएका हुन् । उनले आफूहरूले जनतालाई सुशासन दिनुपर्ने बताउँदै जनताले देख्ने गरी काम गर्नुपर्नेमा जोड दिए ।

उनले भने, “गृहमन्त्रीज्युलाई मेरो एउटा निवेदन गर्न पर्यो । यो पीएसओ भनेको के हो मैले बुझिन । सबैसँग छ अहिले हेर्नुस् । सबैले पुलिस लिएर कुदेको कुद्यै छ । चौकी खाली छ । के भएर यस्तो भएको हो ? सबै मान्छेसँग पीएसओ । जो दौरा सुरुवाल लगाएको छ, उसैसँग पीएसओ । यो के भएर यस्तो हुन्छ ? मैले बुझ्दै छु, हिजोका आइजिपी भएको, हिजो एआईजी भएको घरमा पनि राखिएको छ । यसो गर्नु हुँदैन । यो लोकतन्त्रको खिलाफमा छ । जनतालाई हामीले सुशासन दिने हो । जनताले देख्ने गरी काम गर्नुपर्यो ।”

उनले प्रहरीहरूले सांसदको लोगो लगाउँदा पनि नचिनेको भन्दै गुनासो गरे ।


प्रकाशित मिति: ११ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?