Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

टीकापुर साहित्य महोत्सव शनिबारदेखि


२४ चैत ,टीकापुर । कैलालीको टीकापुरमा पहिलो पटक शनिबारदेखि ‘टीकापुर साहित्य महोत्सव’ हुुँदैछ । टीकापुर साहित्य समाज उक्त महोत्सव आयोजना गरेको हो । टीकापुरस्थित सिद्धार्थ होटलमा तीन दिनसम्म चल्ने महोत्सवमा कला, साहित्य, शिक्षा, विकास, समाज, राजनीतिलगायत २० सत्रमा छलफल हुने छ ।

छलफलमा सहभागी हुने सहजकर्ता र वहसकर्ताको टुङ्गो लागिसकेको टीकापुर साहित्य समाजका अध्यक्ष महेशविक्रम शाहले जानकारी दिए । महोत्सवको उद्घाटन सत्रमा लेखक तथा विश्लेषक डा सिके लालको ‘सामाजिक सद्भाव’ विषयमा प्रस्तुती रहनेछ ।

टीकापुर साहित्य महोत्सव हरेक वर्ष गरिने अध्यक्ष शाह बताउछन्‌ । महोत्सवमा देशभरका चर्चित साहित्यकार, लेखक, पत्रकारलगायत सहभागी हुनेछन् । महोत्सवको उद्घाटन सत्रमा तीन विधामा पुरस्कार प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।

रु एक लाख राशिको ‘खड्ग स्मृति राष्ट्रिय गौरव पुरस्कार, २०७८’ थोमस वर्गिज र मेरी वर्गिजलाई प्रदान गरिने छ । उक्त पुरस्कार टीकापुर योजनाबद्ध सहरका परिकल्पनाकार पूर्व मन्त्री स्व खड्गबहादुर सिंहको सम्झानामा स्थापना गरिएको हो ।

वर्गिज दम्पतीले टीकापुरमा आवासीय विद्यालय (हाल वीरेन्द्र विद्या मन्दिर मावि) स्थापना गरी यहाँको शैक्षिक क्षेत्रमा योगदान दिएका थिए । यस्तै रु ५० हजार राशिको ‘टीकापुर साहित्य समाज प्रतिभा पुरस्कार’ गायिका अनु चौधरीलाई प्रदान गरिने छ ।

सुदूरपश्चिमका प्रतिभालाई प्रदान गरिने यो पुरस्कार नेपाली, खस र थारु भाषामा गीत गाएर भाषा र कलाको उन्नयन तथा प्रवद्र्धन गरेकाले उनलाई प्रदान गर्न लागिएको हो । यस्तै रु २५ हजार राशिको ‘टीकापुर साहित्य समाज जेहेन्दार विद्यार्थी पुरस्कार’ टीकापुर उच्च माविबाट उत्कृष्ट नतिजा ल्याउनुभएका गणेश बाबा बोर्डिङ स्कुलका छात्र प्रवेश रावललाई दिइने भएको छ ।

यस क्षेत्रका लागि पहिलो अनुभव भएकाले यस क्षेत्रका विद्वत वर्गले उत्साहका रुपमा लिएका छन् । “कार्यक्रम सफल बनाउनु सबैको कर्तव्य हो, टीकापुरका लागि अवसर हो”, स्थानीय साहित्यकार कान्तिप्रसाद ज्ञवालीले भन्नुभयो, “टीकापुरलाई चिनाउने कार्यक्रम भएकाले सामाजिक अगुवाहरुले पनि यो कार्यक्रमप्रति चासो दिन जरुरी छ”, उनले साहित्य समाजले गरेको प्रयास सह्रानीय भएको भन्दै सबैको उपस्थिति आवश्यक छ भने बाहिरबाट आएका पाहुनालाई स्वागत तथा सम्मानको वातावरण बनाउन जरुरी छ ।

कार्यक्रममा हाम्रो देशको प्रधानमन्त्री कस्तो हुनेछ भन्ने बारेमा यस क्षेत्रका विद्यार्थीले बहस गर्ने छन् । साहित्यमार्फत सामाजिक सद्भाव कायम गर्ने उद्देश्य साहित्य कार्यक्रमको हुनेछ । बीस वटा सत्रमा विभिन्न शीर्षकमा छलफल र बहस हुने छन् ।

अन्तमा सांस्कृतिक कार्यक्रम गरी कार्यक्रम समापन हुने जनाइएको छ । कार्यक्रम बिहान १० बजेदेखि ५ बजेसम्म हुनेछ । केही अतिथि शुक्रबार नै टीकापुर आउने कार्यक्रम छ । यसरी आउने अतिथिको स्वागतका लागि बनाना एग्रो रिसोर्टमा सांस्कृतिक कार्यक्रम गरिने भएको छ ।

टीकापुर आउने अतिथिलाई कर्णाली चिसापानीदेखि टीकापुर पार्कसम्म कर्णाली नदीमा ¥याफ्टिङको आनन्द लिने व्यवस्थासमेत गरिएको छ ।


प्रकाशित मिति: २४ चैत्र २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?