Trending
>>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

जिपी कोइराला स्मृति हक्की प्रतियोगिता : आज तीन खेल हुने


२४ चैत ,मोरङ । गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताअन्तर्गत आज तीन खेल हुने भएका छन् ।

पहिलो खेल सुदूरपश्चिम प्रदेश र कोशी प्रदेशबीच, दोस्रो खेल साविक विजेता त्रिभुवन आर्मी क्बल र गण्डकी प्रदेशबीच तथा तेस्रो खेल नेपाल पुलिस क्लब र कर्णाली प्रदेशबीच हुनेछ ।

बिहीबार पनि तीन खेल सम्पन्न भएका थिए । विराटनगरको शहीद रङ्गशालामा भएको खेलमा पुलिसले गण्डकी प्रदेशलाई ८–० गोलअन्तरले पराजित गरेको थियो ।

पुलिसका लागि महेश धामीले पाँच तथा आयुष साह, केशव जोशी र रोहित लामाले एक/एक गोल गरेका थिए । यस्तै अर्को खेलमा त्रिभुवन आर्मीले कर्णाली प्रदेशलाई १३–० गोलअन्तरले हरायो ।

आर्मीका लागि रोमन रानाले छ, प्रदीप राजवंशीले तीन, अमरबहादुर गुरुङले दुई तथा रञ्जित राउत र देवसिंह धामीले एक/एक गोल गरेका थिए । यस्तै तेस्रो खेलमा कोशी प्रदेश र मधेस प्रदेशले बराबरी खेलेका थिए ।

दुवै टोलीका तर्फबाट दुई/दुई गोल भएको थियो । कोशीका लागि विसु घिमिरे र मनोज चौधरीले गोल गरे भने मधेसका लागि पङ्कज दाहाल र राहुल साहले गोल गरेका थिए ।

यही चैत २७ गतेसम्म चल्ने प्रतियोगितामा दुई विभागिय टोली आर्मी र पुलिस क्लबका साथै कोशी, मधेस, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।

नेपाल हक्की सङ्घद्वारा आयोजित उक्त प्रतियोगिताको विजेताले रु ७५ हजार, उपविजेताले रु ४१ हजार र तेस्रो हुने टोलीले रु २५ हजार पुरस्कार प्राप्त गर्ने छन् ।


प्रकाशित मिति: २४ चैत्र २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?