Trending
>>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह >>   जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) >>   टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम >>   सन् २०१३ को रेहानली बम विष्फोटका मुख्य योजनाकार टर्कीमा पक्राउ >>   किर्गिस्तानले अन्तरिक्षमा पठायो पहिलो राष्ट्रिय भू–उपग्रह >>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

रास्वपा र रविमाथि अन्याय नहोस् भनेर अन्तिमसम्म लागेँ, अझै लाग्छुः अध्यक्ष दाहाल


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसका सभापति रवि लामिछानेमाथि अन्याय नहोस् भन्नका लागि आफूले अन्तिमसम्म प्रयास गरेको बताएका छन् ।

सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको भेटपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् । भिजिट भिसाबारे रास्वपाले असहमति जनायो तपाईंहरुले सहमति जनाएका हुन् भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले आफूले रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भन्नका निम्ति अन्तिमसम्म प्रयास गरेको बताए । अझ पनि त्यही प्रयासमा आफू रहेको बताए । रास्वपाका नेताहरुले यो कुरा पछि ब्झ्ने उनको भनाइ छ ।

अध्यक्ष दाहालले भने, ‘सदनको अहिले भइरहेको परिस्थितिको बारेमा समीक्षा गरिएको छ । समाजवादी मोर्चालाई कसरी लैजाने र दुई पार्टीको सम्बन्धको बारेमा पनि सामान्य छलफल हो । गम्भीर विषयमा होइन । अहिले पनि रास्वपालाई धरै भन्न चाहन्न । रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भन्नका निम्ति मैले अन्तिमसम्म प्रयास गरेको हो । अझै गर्दैछु । रास्वपाका साथीहरुले पछि बुझ्नुहुन्छ ।’

अध्यक्ष दाहालले बैठकमा सदनको अहिले भइरहेको परिस्थितिको बारेमा समीक्षा गरिएको पनि बताए । समाजवादी मोर्चालाई कसरी लैजाने र दुई पार्टीको सम्बन्धको बारेमा पनि सामान्य छलफल भएको बताएका छन् ।


प्रकाशित मिति: १० असार २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?