Trending
>>   राष्ट्रिय सभा अध्यक्षले गरे समिति सभापतिहरुसँग छलफल >>   जेन–जी आन्दोलनका नाममा भएको तोडफोड र आगजनी अपराधिक र षड्यन्त्रपूर्णः ईश्वर पोखरेल >>   राजतन्त्र स्थापना हुने सम्भावना प्रवल छ,कोही उपेक्षित नहुने गरी नयाँ समझदारी गरेर अघि बढौँ :… >>   जेन–जी आन्दोलनको उपलब्धि अन्तरिम सरकार र निर्वाचनको घोषणामा सिमित रह्योः अध्यक्ष दाहाल >>   सरकार र निजी क्षेत्रको सहकार्यमा पुनर्निर्माणः मुख्यसचिव अर्याल >>   प्रधानमन्त्री कार्कीसँग अमेरिकी र चिनियाँ राजदुतको शिष्टाचार भेट >>   अन्तरिम सरकारको मुख्य काम समयमै निष्पक्ष निर्वाचनः गृहमन्त्री अर्याल >>   समयमै निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोग तयार छः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी >>   जेन जीको नाममा भएको आगजनी र तोडफोड गर्नेमाथि निष्पक्ष छानविन गरी कारबाही गरियोस्ः प्रकाशमान सिंह >>   जेन-जी आन्दोलनको प्रभावः २० अर्ब ७० करोड रुपैयाँभन्दा बढीको बीमा माग दाबी
Logo
३ आश्विन २०८२, शुक्रबार
३ आश्विन २०८२, शुक्रबार

अध्यागमन र भिजिट भिसा समस्या समाधान गर्न सरकारद्वारा उच्चस्तरीय छानविन समिति गठन


काठमाडौँ। गृहमन्त्री रमेश लेखकले अध्यागमन र भिजिट भिसा सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन एवं छानविन समिति गठन गरिएको जानकारी प्रतिनिधि सभामा गराएका छन् ।

मंगलवार प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री लेखकले पूर्वमुख्यसचिव शंकरदार बैरागीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको जानकारी गराएका हुन् । पूर्वमुख्यसचिव बैरागीको संयोजकत्वको समितिमा अर्थमन्त्रालयका सहसचिव तीर्थराज चिलवाल, कानून न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका सहसचिव अरुणा जोशी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रामकृष्ण लामिछाने, परराष्ट्र मन्त्रालयका सहसचिव मणिरत्न शर्मा र श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव प्रदीप कोईराला सदस्य रहेका छन् । समितिको सदस्य सचिवमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले रहेका छन् । समितिलाई अध्यागमन र भिजिट भिसामा देखिएका सबै समस्याको समाधानका लागि सदनमा उठेका विषयहरुलाई समावेश गर्नेगरि समिति गठन गरिएको उनले दाबी गरे । गृहमन्त्री लेखकले अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न आवश्यक अध्ययन एवं छानविन गरी नीतिगत, कानूनी र संरचनागत सुधारका लागि उपयुक्त व्यवस्थाका लागि सरकारले ठोस पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले भने, ‘अध्यागमन व्यवस्थापनका क्रममा केही समस्याहरु देखापरेका छन् । केही आज सतहमा आएका होलान्, कुनै हिजोदेखि नै देखापरेका थिए समस्याहरु छन् । ती समस्याहरु विगतदेखि नै रहेका, भिजिट भिषाका सम्बन्धमा समेत देखापरेका अरुपनि समस्याहरु देखा परेका छन् । विदेश प्रस्थान गर्न चाहने नेपाली नागरिक अथवा देशभित्र प्रवेश गर्ने व्यक्तिहरुको प्रस्थान, आवतजावतलाई कसरी सहजीकरण गर्ने भन्ने एउटा प्रमुख विषय रहेको छ । भिजिट भिषाको विषयपनि त्यसमा छ । त्यसैभएकोले यी सबै समस्याको समग्रतामा कसरी समाधान हुनसक्छ भन्नेतर्फ सरकारले गम्भीर रुपले ध्यानाकृष्ट गरेर सम्मानित सदनमा उठेका विषयहरुलाई समावेश गरेर हिजो नेपाल सरकारले एउटा निर्णय गरेका छौं । मैले नै प्रश्ताव गरेर एउटा निर्णय गरेका छौं । अध्यागमन र भिजिट भिषाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न नेपाल सरकारले आवश्यक अध्ययन एवं छानविन गरि नीतिगत कानुनी र संरचनागत सुधारका लागि उपयुक्त व्यवस्था गर्न ठोस पहल गर्ने प्रतिबद्धता नेपाल सरकारले गर्ने भनी सम्मानित सदनमा भएको सहमति बमोजिम अध्यागमन र भिजिट भिषासँग सम्बन्धित विषयमा अदुअआबाट हाल भइरहेको अनुसन्धानको कार्यमा असर नपर्ने गरी नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार देहायबमोजिमको कार्यादेशसहितको उच्चस्तरीय अध्ययन एवं छानविन समिति गठन गरिएको छ भन्ने म निवेदन गर्न चाहन्छु । हिजो मन्त्रिपरिषद्ले २०८२ असार ९ गते हिजो उच्चस्तरीय एउटा समिति गठन गरेको छ । सम्मानित सदनमा उठेका विषयहरु, सबै राजनीतिक दलका आदरणीय नेता, माननीय सदस्यहरुले उठाउनुभएका विषयहरु, माननीय सदस्यहरुका भावनाहरुलाई समेटेर समस्याको पहिचान गरेर दीर्घकालिन रुपले समस्याको समाधान हुन सकोस् भन्ने उद्देश्यका साथ कार्यादेश दिएर यो उच्चस्तरीय समिति गठन गरिएको छ । म आग्रह गर्न चाहन्छु सदनभित्र उठेका सबै भावनाहरुलाई समेटिएको छ । यसमा कुनै एउटा पार्टी वा अर्को पार्टी अथवा एउटा एउटा माननीय सदस्यमात्र होइन । समस्या छ, यो हाम्रो समस्या हो यो समस्यालाई हामी सबैले मिलेर समाधान गर्ने हो । त्यसका लागि उठेका सबै विषयलाई सम्मान गर्दै सबैलाई समेटेर यो कार्यादेश र समिति बनेको निवेदन गर्न चाहन्छु । यो समितिले हाम्रा अध्यागमनका समग्र विषयमा देखापरेका समस्या, समाधान हुनसक्ने गरि सुझाव प्रतिवेदन पेश हुनेछ र त्यसअनुरुप हामी अगाडि बढ्नेछौं भन्ने पनि म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । तत्काल गर्नुपर्ने सुधारका केही कामहरु अगाडि बढाएका छौं ।’

उनले सदनमा उठेका विषयलाई सम्मान गर्दै सबैलाई समेटेर कार्यादेशसहित समिति बनेको बताउँदै अध्यागमनका समग्र विषयमा देखापरेका समस्या समाधान हुनसक्ने गरी सुझाव प्रतिवेदन पेश हुने र सोही अनुरुप सरकार अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।


प्रकाशित मिति: १० असार २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?