Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२४ माघ २०८२, शनिबार
२४ माघ २०८२, शनिबार

विपद्पछिको उद्धारका लागि काठमाडौं, पोखरा र सुर्खेतमा नेपाली सेनाको हेलिकप्टर तैनाथ


काठमाडौँ। गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्युनिकरण र उद्धारका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायहरुलाई निर्देशन दिइसकेको बताएका छन् ।

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । विपद् जोखिम न्युनिकरणका लागि सरकारले आफ्नो तर्फबाट गर्नुपर्ने काम गरिरहेको बताए । अहिले मनसुनको प्रारम्भमा रहेको बताउँदै आफूले सुरक्षा निकायहरुलाई विपद् न्युनिकरण र उद्धारका लागि तयारी अवस्थामा रहन निर्देशन दिइसकेको बताएका छन् । जिल्ला विपद् कोषमा आवश्यक रकम पठाइसकेको र विपद् भएको खण्डमा जिल्लाले तत्काल सम्बोधन गर्नेगरी आवश्यक रकम पठाउने काम भएको जानकारी दिएका हुन् । आपत्कालीन मानवीय सहायता कक्ष भनेर सात वटै प्रदेशमा गोदामहरु बनाइ प्रदेश सरकारलाई जिम्मा लगाइएको बताए ।

गृहमन्त्री लेखकले भने, ‘सरकारले आफ्नो ठाउँबाट गर्ने तयारी गरिरहेको छ । हामी मनसुनको प्रारम्भमा छौँ । मनसुन शुरु भइसकेको छ । अहिले सबैभन्दा पहिला केही दिन पहिला नेपाल प्रहरीको पनि हेड क्वार्टरमा गएर, सशस्त्र प्रहरी बलको मुख्यालयमा गएर देशभर नै सशस्त्र प्रहरी बल र नेपाल प्रहरी बल नेपालको तयारीको बारेमा हेरेका छु, छलफल गरेको छु । देशभर नेपाल प्रहरी, सशस्त्र प्रहरी बललाई तयारी रहनका लागि निर्देशन गरिएको छ । सुरक्षाकर्मीहरुः नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग आफ्नो ठाउँमा विपद् जोखिमको विषयमा तयारी अवस्थामा बसेका छन् । जिल्ला विपद् कोषमा आवश्यक रकम पठाइसकेका छौँ तत्कालका लागि । अहिले कतै विपद् आयो भने जिल्लाले तत्काल सम्बोधन गर्नेगरी आवश्यक रकम पठाउने काम भएको छ । सात वटै प्रदेशमा ह्युमेटेरियन स्टोरेज सेन्टर भनेर गोदामहरु छन् । आपत्कालीन मानवीय सहायता कक्ष भनेर सात वटै प्रदेशमा गोदामहरु छन् । तर त्यो गोदामको स्थिति मैले हेर्दा कस्तो थियो भने साँचो प्राधिकरणसँग छ । प्रदेश सरकार वा सम्बन्धित प्रदेशले त्यो गोदामबाट १० ब्ल्यांकेट झिक्न प्राधिकरणलाई लेखर पत्र पठाउनुपर्ने । प्राधिकरणले चिठी पठाएमात्रै झिक्न मिल्ने अवस्था छ । सबै गोदामहरु काठमाडौंको बाहेक प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ ।’

गृहमन्त्री लेखकले काठमाडौं, पोखरा र सुर्खेतमा नेपाली सेनाको हेलिकप्टर विपद् सुरक्षार्थ खटाइएको बताए । सरकारसँग सिमित श्रोत र साधन रहेको बताउँदै ठूलो विपद्को व्यवस्थापन गर्न सरकारले मात्रै गर्छ भनेर बस्न नहुने बताएका छन् ।


प्रकाशित मिति: १० असार २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?