Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

विपद्पछिको उद्धारका लागि काठमाडौं, पोखरा र सुर्खेतमा नेपाली सेनाको हेलिकप्टर तैनाथ


काठमाडौँ। गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्युनिकरण र उद्धारका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायहरुलाई निर्देशन दिइसकेको बताएका छन् ।

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । विपद् जोखिम न्युनिकरणका लागि सरकारले आफ्नो तर्फबाट गर्नुपर्ने काम गरिरहेको बताए । अहिले मनसुनको प्रारम्भमा रहेको बताउँदै आफूले सुरक्षा निकायहरुलाई विपद् न्युनिकरण र उद्धारका लागि तयारी अवस्थामा रहन निर्देशन दिइसकेको बताएका छन् । जिल्ला विपद् कोषमा आवश्यक रकम पठाइसकेको र विपद् भएको खण्डमा जिल्लाले तत्काल सम्बोधन गर्नेगरी आवश्यक रकम पठाउने काम भएको जानकारी दिएका हुन् । आपत्कालीन मानवीय सहायता कक्ष भनेर सात वटै प्रदेशमा गोदामहरु बनाइ प्रदेश सरकारलाई जिम्मा लगाइएको बताए ।

गृहमन्त्री लेखकले भने, ‘सरकारले आफ्नो ठाउँबाट गर्ने तयारी गरिरहेको छ । हामी मनसुनको प्रारम्भमा छौँ । मनसुन शुरु भइसकेको छ । अहिले सबैभन्दा पहिला केही दिन पहिला नेपाल प्रहरीको पनि हेड क्वार्टरमा गएर, सशस्त्र प्रहरी बलको मुख्यालयमा गएर देशभर नै सशस्त्र प्रहरी बल र नेपाल प्रहरी बल नेपालको तयारीको बारेमा हेरेका छु, छलफल गरेको छु । देशभर नेपाल प्रहरी, सशस्त्र प्रहरी बललाई तयारी रहनका लागि निर्देशन गरिएको छ । सुरक्षाकर्मीहरुः नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग आफ्नो ठाउँमा विपद् जोखिमको विषयमा तयारी अवस्थामा बसेका छन् । जिल्ला विपद् कोषमा आवश्यक रकम पठाइसकेका छौँ तत्कालका लागि । अहिले कतै विपद् आयो भने जिल्लाले तत्काल सम्बोधन गर्नेगरी आवश्यक रकम पठाउने काम भएको छ । सात वटै प्रदेशमा ह्युमेटेरियन स्टोरेज सेन्टर भनेर गोदामहरु छन् । आपत्कालीन मानवीय सहायता कक्ष भनेर सात वटै प्रदेशमा गोदामहरु छन् । तर त्यो गोदामको स्थिति मैले हेर्दा कस्तो थियो भने साँचो प्राधिकरणसँग छ । प्रदेश सरकार वा सम्बन्धित प्रदेशले त्यो गोदामबाट १० ब्ल्यांकेट झिक्न प्राधिकरणलाई लेखर पत्र पठाउनुपर्ने । प्राधिकरणले चिठी पठाएमात्रै झिक्न मिल्ने अवस्था छ । सबै गोदामहरु काठमाडौंको बाहेक प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ ।’

गृहमन्त्री लेखकले काठमाडौं, पोखरा र सुर्खेतमा नेपाली सेनाको हेलिकप्टर विपद् सुरक्षार्थ खटाइएको बताए । सरकारसँग सिमित श्रोत र साधन रहेको बताउँदै ठूलो विपद्को व्यवस्थापन गर्न सरकारले मात्रै गर्छ भनेर बस्न नहुने बताएका छन् ।


प्रकाशित मिति: १० असार २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?