Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

मिसन ०८४ लाई गन्तव्य बनाएर अघि बढ्न अध्यक्ष ओलीको निर्देशन


काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मिसन ०८४ लाई गन्तव्य बनाएर अघि बढ्न निर्देशन दिएका छन् ।

सोमवार ललितपुरमा राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रिय कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले युवा संगठनलाई योजनावद्ध ढंगले मिसन ०८४ मा लाग्न निर्देशन दिएका हुन् । उनले संगठनको युवाको हक हित, रोजगारीका कुराहरुका साथसाथै मिसन ०८४ लाई प्रमुख लक्ष्य बनाएर अघि बढ्नुपर्ने बताए । मिसन ०८४ भुल्न नहुने बताउँदै यसका लागि एकीकृत हुनु जरुरी रहेको बताए । कुनै प्रकारको विकृत कुराबाट विचलित नहुन आग्रह गरे ।

प्रधानमन्त्री ओलीले भने, ‘योजनावद्ध ढंगले अघि बढ्नुस् । मिसन ०८४ हामी सबैको मुख्य कुरा हो । तपाईंहरुको आफ्नो संगठनको कुरा छ । युवाको हक हित, रोजगारीको कुरा भयो । यावत कुराहरु होलान् । एन्टरनिपनरसिपका कुराहरु होलान् । थुप्रै कुराहरु होलान् । ति सबै गर्दै गर्दा हामीले फेरि मिसन ०८४ भुल्यौँ भने सबै कुरा भुल्छौँ । मिसन ०८४ भुल्न हुँदैन । मिसन ०८४ मा केन्द्रित भएर अघि बढौँ । यही आग्रह गर्न चाहन्छु । यसका लागि युनिटको आवश्यक छ । युनिटी पार्टी र आन्दोलनभित्र चाहिन्छ । कुनै प्रकारको विकृत कुराबाट हामी कोही पनि विचलित हुँदैनौँ भन्ने हाम्रो पार्टीको मुख्य कुरा हो ।’

अध्यक्ष ओलीले सही ढंगले नेतृत्व गर्न सक्ने व्यक्तिप्रति युवाहरु असहिष्णु हुनु हुँदैन भन्दै इनोभेटिभ तरिकाले गर्ने खोजका कामहरु विश्वमा युवाहरुले नै गरेकाले आफ्नो क्षेत्रमा दक्षता हासिल र नयाँ उपलब्धि हासिल गर्न अग्रसर हुन आह्वान गरे ।


प्रकाशित मिति: ९ असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?