Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

सांसद अमरेशकुमार सिंहले बोल्नुभएको शब्द संसदको रेकर्डबाट हटाउन निर्देशन


काठमाडौँ। प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंह बोल्दाबोल्दै नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले नियमापत्ति जनाएका छन् ।

आईतवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । सांसद सिंहले सरकारले ५ वटा जिल्लालाई मात्रै प्राथमिकतामा राखेर बजेट ल्याएको भन्दै आपत्ति जनाएका हुन् । साथै, उनले ५ जिल्लालाई नेपालमा राखेर अन्य जिल्लालाई अमेरिका, भारत वा चीनलाई लिजमा दिनुपर्ने बताएका थीए । सांसद अमरेशको भनाइ रोक्दै एमालेका प्रमुख सचेतक बर्तौलाले बीचमा रोक्दै नियमापत्ति जनाए ।

बर्तौलाले संसदको रोष्टमबाट आपत्तिजनक र देशद्रोही अभिव्यक्ति दिएको भन्दै कारबाही गर्न माग गरे । उनले उक्त अभिव्यक्ति राष्ट्रघाती भएको भन्दै संसदको रेकर्डबाट हटाउन मात्रै नभएर अन्य कारबाही गर्नुपर्ने बताए ।

त्यसपछि, सभामुख देवराज घिमिरेले सांसद सिंहले अरु मुलुकको नाम लिएर नेपालको भूमीलाई दिए हुन्छ भनेर बोलेको विषयलाई संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका हुन् । सो पश्चात संसदमा सभामुख घिमिरे, सांसद सिंह र एमाले सचेतक बर्तौलाबीच सवाफजवाफ चलेको थियो ।


प्रकाशित मिति: ८ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?