Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

राज्यले जनता भड्काएको कारण तीनकुनेमा आतंक मच्चियोः धवल शमशेर जबरा


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर राणाले गत चैत १५ गतेको तीनकुने घटनाको जिम्मेवारी राज्यले लिनुपर्ने टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै सांसद राणाले तीनकुने घटना आफूहरुको कारण नभई राज्यको कारण भएको उल्लेख गर्दै सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्ने टिप्पणी गरेका हुन् । सांसद राणाले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पनि बचाउ गरेका छन् । प्रसाईं निमुखा जनताको सेवा गर्न लागि परेको व्यक्ति भएको जिकिर गर्दै सांसद राणाले राज्यले जनता भड्काएको कारण तीनकुने आतंक भएको जिकिर गरे ।

उनले भने, ‘चैत १५ गतेको तीनकुने घटना हाम्रो कारणले नभई राज्यको कारणले भएको हो । दुर्गा प्रसाईंजी पनि निमुखा जनताको सेवा गर्न लाग्नु भएको छ, उहाँले पनि होइन । राज्यले जनता भड्काएको कारणले त्यो आतंक भएको हो । सभामुख महोदय त्यसको लागि पनि हामीले छानविनको माग गरेका छौँ । सरकार छानविन गर्न किन डराइरहेको छ ?’

उनले घटनाको निष्पक्ष छानविनका छानविन समिति बनाउन समेत माग गरे ।


प्रकाशित मिति: ८ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?