Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

काठमाडौं – दिल्ली इकोनोमिक क्लासको टिकट मूल्य बढी भयोः सांसद महासेठ


काठमाडौँ। नेकपा एमाले सांसद रघुवीर महासेठले हवाई टिकटको मूल्य महंगो भएको भन्दै मूल्य घटाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहल गर्नुपर्ने बताएका छन् ।

आईतवारको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले नेपालीहरुले दिल्ली जानलाई ६० हजारदेखि ८० हजार रुपैयाँ इकोनोमिक क्लासका लागि तिर्ने कुरा दुःखद् भएको बताए । उनले यसलाई कसरी नियन्त्रण गर्ने भन्नेमा गम्भीर हुनुपर्ने बताए । यस्ता कुराहरुको ब्रेक उड्डयनमन्त्रालयले गर्नुपर्ने उनको भनाइ छ । नेपाल- भारत हवाई मात्रा बढाउनुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘हाम्रो एयरलाइन्स धेरै कम हामी इण्डिया रुटमा प्रवेश गर्छौं । एउटा सामान्य नेपालीले दिल्ली जानलाई ६० हजार रुपैयाँ , ८० हजार रुपैयाँ एक इकोनोमिक क्लासमा तिर्नु भनेको त यो दुःखद् कुरा हो । यसलाई कसरी हामी नियन्त्रण गर्दछौँ ? अर्को कुरा ४० हजारमा एक साइडको टिकट लिनुस्, ३० हजारमा एक साइडको टिकट लिनुपर्छ । अब कुन सिट रोज्ने ? अगाडिको सिटलाई पाँच हजार रुपैयाँ छुट्टै तिर्नुपर्छ । यस्तो अरु देशमा त देख्दैनौँ । त्यो चिज ब्रेक गर्ने काम हाम्रो मन्त्रालयले गर्नुपर्छ । हाम्रो एयरलाइन्स कम होलान् तर मात्रा बढाऔँ ।’

समितिको बैठकमा आईतवार नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि समितिमा सैद्धान्तिक छलफल भएको हो ।


प्रकाशित मिति: ८ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?