Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

काठमाडौं – दिल्ली इकोनोमिक क्लासको टिकट मूल्य बढी भयोः सांसद महासेठ


काठमाडौँ। नेकपा एमाले सांसद रघुवीर महासेठले हवाई टिकटको मूल्य महंगो भएको भन्दै मूल्य घटाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहल गर्नुपर्ने बताएका छन् ।

आईतवारको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले नेपालीहरुले दिल्ली जानलाई ६० हजारदेखि ८० हजार रुपैयाँ इकोनोमिक क्लासका लागि तिर्ने कुरा दुःखद् भएको बताए । उनले यसलाई कसरी नियन्त्रण गर्ने भन्नेमा गम्भीर हुनुपर्ने बताए । यस्ता कुराहरुको ब्रेक उड्डयनमन्त्रालयले गर्नुपर्ने उनको भनाइ छ । नेपाल- भारत हवाई मात्रा बढाउनुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘हाम्रो एयरलाइन्स धेरै कम हामी इण्डिया रुटमा प्रवेश गर्छौं । एउटा सामान्य नेपालीले दिल्ली जानलाई ६० हजार रुपैयाँ , ८० हजार रुपैयाँ एक इकोनोमिक क्लासमा तिर्नु भनेको त यो दुःखद् कुरा हो । यसलाई कसरी हामी नियन्त्रण गर्दछौँ ? अर्को कुरा ४० हजारमा एक साइडको टिकट लिनुस्, ३० हजारमा एक साइडको टिकट लिनुपर्छ । अब कुन सिट रोज्ने ? अगाडिको सिटलाई पाँच हजार रुपैयाँ छुट्टै तिर्नुपर्छ । यस्तो अरु देशमा त देख्दैनौँ । त्यो चिज ब्रेक गर्ने काम हाम्रो मन्त्रालयले गर्नुपर्छ । हाम्रो एयरलाइन्स कम होलान् तर मात्रा बढाऔँ ।’

समितिको बैठकमा आईतवार नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि समितिमा सैद्धान्तिक छलफल भएको हो ।


प्रकाशित मिति: ८ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?