Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

ब्रिटिश गोरखाहरुलाई वंशजको आधारमा नै नागरिकता दिनुपर्छः अध्यक्ष भट्टराई


काठमाडौँ। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ब्रिटिश गोरखाहरुलाई वंशजको आधारमा नै नागरिकता दिनुपर्ने बताएका छन् ।

शनिवार ललितपुरमा आयोजित सुगौली सन्धि र नेपालमा नागरिकता पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् । उनले रगतको आधारमा प्राप्त गर्ने अधिकार कसैले खोस्न नसक्ने बताए । नागरिकलाई सेनामा भर्ती हुन पठाउने र आवासीय अधिकार दिँदैमा नेपालमा वंशजको आधारमा पाउने नागरिकताबाट वञ्चित गर्नेकुरा राम्रो नभएको बताए । हिम्मत र शाहस भए ब्रिटिश गोरखा भर्ती बन्द गर्न आग्रह गरे । नत्र भने आफ्नै देशका नागरिकमाथि अन्याय गर्ने अधिकार कसैलाई नरहेको जिकिर गरे । नेपालमा नागरिकताको विषयमा बुझाइको अल्पता रहेको बताए । संसारमा राष्ट्रिय राज्य रहेसम्म प्रत्येक मानिसको नागरिकता हुने बताए ।

अध्यक्ष भट्टराईले भने, ‘नागरिकताको विषयमा नेपालमा असाध्यै बुझाईको अल्पता छ । हाम्रो गहिराईमा गएर कुनैपनि चिजलाई बुझ्ने, विश्वको पछिल्लो प्रवृृत्तिसँग आत्मसाथ गर्ने र त्यसअनुसार आफ्नो पदचाप मिलाउने कुरामा हामी हमेसा चुकेका छौँ । नागरिकता भनेको चिज सबैभन्दा महत्वपूर्ण विषय हो । राष्ट्रिय राज्य नै भएनन् भने बेग्लै कुरा । जतिबेलासम्म संसारमा राष्ट्रिय राज्य रहन्छन्, तबसम्म प्रत्येक मानिसको नागरिकता हुन्छ । उसले रगतको आधारमा जुन प्राप्त गर्ने अधिकार हुन्छ, त्यो कसैले खोज्न सक्दैन । एलन मस्कको तीन वटा देशको नागरिकता छ । बाउ दक्षिण अप्रिmकाको भएकाले वंशजको आधारमा नागरिकता छ, आमा क्यानडेली भएकाले वंशजको आधारमा नागरिकाता छ । पछि अमेरिकामा गएर बसोवास गरे, त्यहाँ उनको अंगीकृत नागरिकता छ । वंशजको नागरिकता खारेज हुन सक्दैन, उसले स्वेच्छाले छोड्यो भने मात्रै हो भन्ने बहस भयो । तर हामी हाम्रै नागरिकहरुलाई अर्काको सेनामा भर्ती हुन पठाउँछौँ । सुगौली सन्धीको बेलादेखि हो । कि त हामीले पठाउनु भएन, पठाउने, तिनले ल्याएको पैसाले हाम्रो अर्थतन्त्र मौद्रिकीकरण भएकै तिनीहरुले ल्याएको पैसाले हो । एकातिर हामीले आफ्नो देशको नागरिकलाई पठाउने, कि त पठाउनै हुँदैन थियो । हाम्रो हिम्मत र शाहस छ भने गरौँ त्यस्तो । होइन भने उनीहरु त्यहाँ जाने, त्यत्रो योगदान गर्ने, उनीहरुले प्रकारान्तले नागरिकता खोस्नेकुरा भएको छ । त्यसलाई सच्याऔँ । नत्र भने हाम्रै देशका नागरिकमाथि अन्याय गर्ने अधिकार हामीलाई छैन । यो लोकतन्त्र हो । सबैले लडेर ल्याएको । संविधानमै कसैलाई पनि नागरिकताबाट वञ्चित गर्न सकिँदैन भनेर लेखिएको छ । ’

अध्यक्ष भट्टराईले नेपालकै नागरिकको नागरिकता खोस्ने अधिकार कसैलाई नरहेको बताए ।


प्रकाशित मिति: ७ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?